सिराहा। तेस्रो सहिद हेमनारायण गोल्डकपअन्तर्गत शुक्रबार दुई खेल सम्पन्न भएका छन्।
पहिलो खेलमा आयोजक सलहेस युथ क्लबले गाईघाट फुटबल क्लबलाई १–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो।
दोस्रो खेलमा चत्यासा झापाले ३–० गोलले गोलबजार स्पोर्ट्स क्लबलाई पराजित गर्दै फाइनलको यात्रा तय गर्यो।
पहिलो खेलको निर्णायक गोल खेलको २५औं मिनेटमा सलहेसका दीपेश चाम्लिङ राईले गरे। खेलको म्यान अफ द म्याच बिजेताका कुलदीप कार्की घोषित भए।
बुधबार मैदानमा पानी जमेपछी आयोजक र गाईघाटको खेल शुक्रबारका लागि तय गरिएको थियो।
शुक्रबार नै भएको पहिलो सेमिफाइनलमा झापाको चत्यासा क्लब दमकले गोलबजार स्पोर्ट्स क्लब, सिरहालाई ३–० ले हराउँदै फाइनलमा प्रवेश गर्यो।
चत्यासाका लागि अभिषेक गुरुङले पहिलो हाफको चौथो मिनेटमा गोल गरे भने राजेश दाहालले दोस्रो हाफको दोस्रो र २४औं मिनेटमा दुई गोल गर्दै टिमलाई सहज जित दिलाए। उनी म्यान अफ द म्याच घोषित भए।
शनिबार आयोजक सलहेस युथ क्लब र चित्लाङ फुटबल क्लबबीच दोस्रो सेमिफाइनल हुनेछ।