काठमाडौं। फुटबल सबैभन्दा ‘आइकोनिक’ प्रतिद्वन्द्वीता भनेको लिओनल मेसी र क्रिस्टियानो रोनाल्डोबीचको थियो। विशेष गरी मेसी बार्सिलोना र रोनाल्डो रियल मड्रिडमा रहेको बेला।
दुई विश्वका उत्कृष्ट खेलाडी जुन बेला यी क्लबका लागि प्रतिस्पर्धा गर्थे एक अर्काका कट्टर प्रतिस्पर्धी थिए। यी दुईले १३ बलोन डी’ओर पुरस्कार जितेका छन्, ९ च्याम्पियन्स लिग ट्रफी हात पारिसकेका छन्, हजारौं गोल गरेका छन् र को उत्कृष्ट भन्ने विवाद आजसम्म अन्त्य भएको छैन।
यद्यपि, यी दुईबीच धेरै समयदेखि सिधा प्रतिस्पर्धा भएको छैन। तर, अहिले फेरि सम्भावना उच्च देखिएको छ। सिबिएस स्पोर्ट्का अनुसार रोनाल्डोलाई खेलाउन विश्व फुटबलको सर्वोच्च निकाय फिफा अध्यक्ष जियानी इन्फेन्टिनोले क्लब विश्वकप खेल्ने ३२ टोलीलाई दबाब दिइरहेका छन्। फिफाले पहिलोपल्ट आयोजना गर्न लागेको यो प्रतियोगिता संयुक्त राज्य अमेरिकामा १४ जुनदेखि १३ जुलाईसम्म हुँदैछ।
साउदी क्लब अल–नासर र रोनाल्डोबीचको सम्झौता जुनमा सकिँदैछ। उनले सामाजिक सञ्जाल ‘एक्स’ मा लेखेका छन्– यो अध्याय समाप्त भयो। कथा अझै लेखिँदैछ। सबैलाई धन्यवाद।
उनको यो सन्देशले आगामी गन्तव्यबारे धेरै अनुमानहरू सुरु भएका छन्। सिबिएसले क्लब विश्वकप खेल्ने ब्राजिलका केही क्लब रोनाल्डोका लागि विकल्प हुन सक्ने बताएको छ। यस्तै, मेजर सकर लिग (एमएलएस) को इन्टर मियामी पनि यो प्रतियोगितामा सहभागी हुँदैछ।
रोनाल्डो र मेसीले विपक्षी भएरभन्दा एकै क्लबबाट खेल्ने योजना बनाएको भए खेलकुद इतिहासकै ठूलो ‘ट्विस्ट’ हुन सक्थ्यो। तर, ‘ले बाटार्ड शो’का माइक रयानका अनुसार त्यो सम्भावना निकै कम छ।
उनी भन्छन्, ‘फिफा अध्यक्षले क्लब विश्वकपमा रहेका क्लबहरूलाई रोनाल्डोलाई साइन गर्न दबाब दिइरहेका छन्। यसकारण सबै क्लबहरूमा दबाब छ। इन्टर मियामी पनि क्लब विश्वकपमा छ। तर, मियामीले यो प्रतियोगिताका लागि मात्र रोनाल्डोलाई ऋणमा लिन इच्छुक होला भन्ने कुरा सोच्न सकिँदैन।’
यदि यस्तो भयो भने त्यो साँच्चै फुटबल इतिहासमा ठूलो घटना हुने थियो। यद्यपि, रोनाल्डोलाई अन्य ३१ मध्ये कुनै क्लबबाट खेल्ने विकल्प खुला छ। उनी खेलमा फुटबल समर्थकले फेरि दुबैलाई प्रतिद्वन्द्वीको रूपमा पुनः देख्न सक्थे कि?