काठमाडौं। अस्ट्रेलियाले जापानविरुद्ध १६ वर्षपछि पहिलो जित निकालेको छ।
पर्थ स्टेडियममा बिहीबार राति भएको फिफा विश्वकप छनोटमा घरेलु टोली अस्ट्रेलियाले १–० को जित निकालेको हो। अस्ट्रेलियाको जितमा ९०औं मिनेटमा अजिज बेहिचले निर्णायक गोल गरे।
राइली म्याक्ग्रीले दायाँ विङबाट बल अघि बढाउँदै बेहिचलाई पास दिएका थिए। उनले सानदार ‘कर्लिङ सटमार्पत गोल गरे। ‘अझै विश्वास गर्न गाह्रो छ। तर, अन्तिम सिठीपछि जुन अनुभूति भयो त्यो अविस्मरणीय रह्यो,’ बेहिचले भने।
अब अस्ट्रेलियाले विश्वकप सुनिश्चित गर्न तेस्रो स्थानको साउदी अरबविरुद्ध फराकिलो हार टार्नुपर्नेछ। साउदीले बहराइनलाई २–० ले पराजित गरिसकेको छ।