बिहिबार, १७ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

‘रोनाल्डोले २०२६ मै विश्वकप जित्न सक्छन्’

बिहिबार, २२ जेठ २०८२खेलपाटी संवाददाता
‘रोनाल्डोले २०२६ मै विश्वकप जित्न सक्छन्’
Loading ad...
mustang rice ad

काठमाडौं। पोर्चुगलका ४० वर्षीय स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले बुधबार राति एउटा यस्तो अनुभूति महसुस गरे, जुन उनले यसअघि कहिल्यै महसुस गरेका थिएनन्। त्यो हो जर्मनीवरुद्धको जित।

पाँच पटक उनले जर्मनीविरुद्ध खेलेका थिए। तर, ती सबै खेलमा पोर्चुगलले हार बेहोर्‍यो। पोर्चुगलले अन्तिमपल्ट सन् २००० को युरोकपमा सर्जियो कन्सेसेओको ह्याट्रिकको मद्दतले जर्मनीलाई ३–० ले पराजित गरेको थियो। त्यसयता पोर्चुगल यस्तै जितको पर्खाइमा थियो। त्यो पर्खाइ अन्तत: २५ वर्षपछि समाप्त भएको छ। नेसन्स लिगको सेमिफाइनलमा उनै रोनाल्डोको कप्तानीमा मैदान उत्रिएको टोलीले जर्मनीलाई २–१ ले हराउँदै फाइनलमा स्थान सुरक्षित गर्न सफल भएको छ।

पोर्चुगलका लागि निर्णायक गोल रोनाल्डोले गरे। त्यो खाली पोस्टमा सजिलो ‘ट्याप–इन’ थियो। यो उनको १३७औं अन्तर्राष्ट्रिय र करिअरको ९३७औं गोल हो। जर्मनका पूर्वखेलाडी जर्गेन क्लिन्समनले रोनाल्डोको यो प्रयासको खुलेर प्रशंसा गरेका छन्। भन्छन्,‘यो अद्वितीय हो। ४० वर्षको उमेरमा उनले जुन स्तरमा खेलेका छन्, यस्तो लाग्छ अब उमेरले उनलाई रोक्न सक्दैन। 

रोनाल्डोले आफूलाई टिमप्रति समर्पित गरेका छन्। फर्केर डिफेन्समा सहयोग गरेका छन्। टोलीका अन्य सहकर्मीसँग उनले निरन्तर सहकार्य गरेका छन्। यो उनको असली नेतृत्वको परिचय हो। बक्सभित्र उनी अझै पनि टोलीको उत्कृष्ट फिनिसरमध्ये एक हुन्। उनको ‘एटिच्युड’ नै टिममा फरक ल्याउने तत्व हो। यदि उनले आफ्नो टिमलाई यसरी नै सकारात्मक बनाइराखे आउँदो वर्ष अमेरिका, क्यानडा र मेक्सिकोमा हुने विश्वकपसम्म पनि जित्न सक्ने क्लिन्समन बताउँछन्।

‘कतारमा लिओनल मेसीले आफ्नो करिअरको उत्तरार्धमा चमत्कार देखाएका थिए (अर्जेन्टिनालाई आफ्नो कप्तानीमा विश्वकप दिलाएको)। अब त्यस्तै सम्भावना रोनाल्डोमा पनि देखिएको छ। यो असाधारण पुर्तगाली टिम हो,’ उनी भन्छन्।

पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले जर्मनीविरुद्ध जितलाई ऐतिहासिक मान्छन्। साथै, उनले मिडफिल्डर भिटिन्हालाई यस वर्षको ‘बालोन डी’ओर’ को मुख्य दाबेदार मानेका छन्। ‘पिएसजीले जितेका सबै उपाधिहरूमा भिटिन्हाको ठूलो योगदान छ। उनको शैली र प्रभावकारिताका कारण उनी यस वर्षको बलोन डी’ओरका योग्य दाबेदार हुन्,’ मार्टिनेजले भने।

रोनाल्डोबारे बोल्दै उनले थपे, ‘उनी सधैं सुधार गर्न चाहन्छन्। उनको भोक अझै मरेको छैन र त्यो ऊर्जा टिममा फैलिएको छ। उनलाई रेकर्डले होइन, प्रत्येक दिन आफैंलाई सुधार्ने चाहनाले अघि बढाउँछ। त्यो निकै दुर्लभ कुरा हो।’ जर्मनीले पहिलो गोल गरेर अग्रता लिएको थियो। तर, पोर्चुगलले उत्कृष्ट पुनरागमन गर्‍यो। 

सर्जियो कन्सेसेओका छोरा फ्रान्सिस्कोले मैदान छिरेको ५ मिनेटमै गोल गरे। त्यसको अर्को ५ मिनेटपछि रोनाल्डोले। प्रशिक्षक मार्टिनेजका अनुसार यो खेल शारीरिकभन्दा पनि मनोवैज्ञानिक रूपमा जित्न चुनौतीपूर्ण थियो।

‘जर्मनीजस्तो टिमविरुद्ध त्यो पनि उनीहरूको घरेलु मैदानमा। यो टोलीसँग खेल्न स्पष्ट सोच र उच्च तीव्रता आवश्यक हुन्छ। उनीहरूले जोखिम मोलेर खोल्छन्, वान–अन–वान स्थिति सिर्जना गर्छन्। हामी मनोवैज्ञानिक रूपमा तयार हुनुपर्‍यो,’ उनी भन्छन्,‘
यो दुई दिनको तयारीले होइन, दुई वर्षभन्दा बढीको सामूहिक परिश्रमले सम्भव भएको हो। म टिमप्रति गर्व गर्छु।’

अब पोर्चुगलले नेसन्स लिगको फाइनल खेल्नेछ। यो टोलीसँग खेल्न फ्रान्स र स्पेन भिड्दैछन्।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पहिलो लेगमै फाइनल पक्का गर्ने योजनामा आर्सनल

पहिलो लेगमै फाइनल पक्का गर्ने योजनामा आर्सनल

रेनुका र सरु किकस्टार्टमा अनुबन्ध

रेनुका र सरु किकस्टार्टमा अनुबन्ध

पासपोर्ट कालोसूचीमा, अध्यक्षलाई छाडेर सुटुक्क क्यानडा पुगे इन्द्रमान !

पासपोर्ट कालोसूचीमा, अध्यक्षलाई छाडेर सुटुक्क क्यानडा पुगे इन्द्रमान !

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
पहिलो लेगमै फाइनल पक्का गर्ने योजनामा आर्सनल

पहिलो लेगमै फाइनल पक्का गर्ने योजनामा आर्सनल

रेनुका र सरु किकस्टार्टमा अनुबन्ध

रेनुका र सरु किकस्टार्टमा अनुबन्ध

पासपोर्ट कालोसूचीमा, अध्यक्षलाई छाडेर सुटुक्क क्यानडा पुगे इन्द्रमान !

पासपोर्ट कालोसूचीमा, अध्यक्षलाई छाडेर सुटुक्क क्यानडा पुगे इन्द्रमान !

टिकेन्द्रले ट्रान्सपोर्टबाट खेल्ने

टिकेन्द्रले ट्रान्सपोर्टबाट खेल्ने

जितेन्द्रको शतकसँगै नेपाललाई ३०६ रनको लक्ष्य

जितेन्द्रको शतकसँगै नेपाललाई ३०६ रनको लक्ष्य

पीएसजी भर्सेस बायर्न : क्लासिकको रूपमा सम्झिने खालको खेल !

पीएसजी भर्सेस बायर्न : क्लासिकको रूपमा सम्झिने खालको खेल !

एक दशकपछि सिटीबाट बिदा लिँदै स्टोन्स

एक दशकपछि सिटीबाट बिदा लिँदै स्टोन्स

मिलिताओले विश्वकप गुमाउने

मिलिताओले विश्वकप गुमाउने