काठमाडौं। लुम्बिनी प्रदेशका रैनक श्रीवास्तवले यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा कीर्तिमानी २१७ रन बनाएका छन्।
वीरेन्द्रनगर क्रिकेट मैदानमा जारी खेलमा उनले गण्डकी प्रदेशविरुद्ध उक्त रन बनाएका हुन्। उमेर समूहमा सम्भवत यो कीर्तिमानी व्यक्तिगत रन हो।
११७ बल खेलेका उनले समान १६ चौका र छक्का प्रहार गरे। उनको यो विशाल इनिङ्ससँगै लुम्बिनीले गण्डकीलाई ४०४ रनको लक्ष्य दिएको छ।
लुम्बिनीका लक्ष्मण कुमालले ७३ बलमा ६ चौकासहित ६० रन बनाए। आसिफ खान २५ र समीर अली १७ रनमा आउट भए। गण्डकीले ४७ रन त अतिरिक्त नै दिएको थियो।
गण्डकीका करण गैरेले सर्वाधिक ३ विकेट लिए। ६ ओभर बलिङ गरेका उनले ५० रन खर्चिए।