• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
आइपिएलले ३ वर्षपछि नयाँ च्याम्पियन पाउँदै
खेलपाटी संवाददाता
मंगलबार, जेठ २१, २०८२ खेलपाटी संवाददाता
आइपिएलले ३ वर्षपछि नयाँ च्याम्पियन पाउँदै

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल)ले ३ वर्षपछि नयाँ च्याम्पियन पाउने भएको छ। मंगलबार हुने फाइनलमा पञ्जाब किंग्स र रोयल च्यालेन्जर्स बैंग्लोर भिड्दैछन्। 

दुवै टोली १८ वर्षदेखि उपाधि पर्खिरहेका छन्। खेल अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा साँझ ७:४५ बजे हुनेछ। आइपिएलले अन्तिम पटक सन् २०२२ मा नयाँ च्याम्पियन पाएको थियो। उक्त फाइनलमा गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई पराजित गरेको थियो।

बैंग्लोर चौथो पटक र पञ्जाब दोस्रो पटक फाइनलमा पुगेको हो। तर, यो दुई टोलीबीच पहिलो फाइनल हुन लागेको हो। बैंग्लोरले सन् २००९, २०११ र २०१६ मा फाइनल हारेको थियो। पञ्जाबले भने सन् २०१४ मा एक मात्र फाइनल हारेको थियो।

आइपिएलको इतिहासमा हालसम्म बैंग्लोर र पञ्जाबबीच ३६ खेल खेलिएका छन्। दुवैले १८–१८ खेल जितेका छन्। दुवै टोली नरेन्द्र मोदी स्टेडियममा दोस्रो पटक भिड्नेछन्। दुवै यस सिजनको क्वालिफायर–१ मा पनि भिडेका थिए। उक्त खेल बैंग्लोरले ८ विकेटले जितेको थियो। यो सिजनमा यी दुई बीचको चौथो खेल हुनेछ। बैंग्लोरले २ र पञ्जाबले १ खेल जितेको छ।

कप्तान श्रेयस अय्यर पञ्जाब टोलीका सर्वाधिक स्कोरर हुन्। उनले १६ खेलमा ६०३ रन बनाएका छन्। यस सिजनमा उनको उत्कृष्ट स्कोर अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा अविजित ९७ रन रहेको छ। श्रेयसले क्वालिफायर–२ मा मुम्बई इन्डियन्सविरुद्ध ८७ रनको अविजित इनिङ्स खेलेका थिए। उनी प्लेयर अफ द म्याच पनि चुनिएका थिए। बलिङमा अर्शदीप सिंह टोलीका लागि सर्वाधिक विकेटकर्ता हुन्। उनले १६ खेलमा १८ विकेट लिएका छन्।

बैंग्लोरका सर्वाधिक स्कोरर विराट कोहली हुन्। उनले १४ खेलमा ६१४ रन बनाएका छन्। यस अवधिमा उनले ८ अर्धशतक पनि बनाएका छन्। उनका ओपनिङ पार्टनर फिल साल्टले लगभग हरेक खेलमा टोलीलाई उत्कृष्ट सुरुआत दिएका छन्। तेस्रो नम्बरमा देवदत्त पडिकल र मयंक अग्रवालले पनि आफ्नो जिम्मेवारी राम्रोसँग बुझेका छन्। कप्तान रजत पाटीदार पनि चौथो नम्बरमा प्रभावकारी साबित भएका छन्।

यस सिजनमा बैंग्लोरका फिनिशर पनि उत्कृष्ट फर्ममा छन्। शीर्षक्रम असफल भए पनि जितेश शर्मा, रोमारियो शेफर्ड र टिम डेभिडले महत्त्वपूर्ण खेलमा ब्याटिङबाट योगदान दिएका छन्। जितेशले क्वालिफायरअघि अविजित ८५ रन बनाएर बैंग्लोरलाई जित दिलाएका थिए।

अघिल्ला हरेक सिजनमा बैंग्लोरको बलिङलाई टोलीको सबैभन्दा ठूलो कमजोरी मानिन्थ्यो, विशेष गरी डेथ ओभरमा। यद्यपि, भुवनेश्वर कुमार, जोश हेजलवुड र यश दयालको यो कमजोरीलाई पूर्ण रूपमा हटाएका छन्। हेजलवुडले यस सिजनमा २१ विकेट लिएका छन् भने भुवनेश्वरले १५ विकेट लिएका छन्। 

यश दयालले पनि १२ विकेट लिएका छन्। मध्य ओभरमा सुयश शर्मा र कृणाल पाण्ड्या टोलीको सबैभन्दा ठूलो शक्ति बनेर उभिएका छन्।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल र नेदरल्यान्ड्सबीचको खेल वर्षाले प्रभावित
नेपाल र नेदरल्यान्ड्सबीचको खेल वर्षाले प्रभावित
क्यानलाई आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयरको अवार्ड
क्यानलाई आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयरको अवार्ड
रोहितको अलराउन्ड प्रदर्शनमा बागमतीको विशाल जित
रोहितको अलराउन्ड प्रदर्शनमा बागमतीको विशाल जित
अभयले लिए एकै इनिङ्समा ७ विकेट
अभयले लिए एकै इनिङ्समा ७ विकेट
नेदरल्यान्ड्ससँग भिड्दै नेपाल
नेदरल्यान्ड्ससँग भिड्दै नेपाल
पहिलोपटक बैंग्लोरले जित्यो आइपिएल
पहिलोपटक बैंग्लोरले जित्यो आइपिएल
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
एरिका सम्मानित
एरिका सम्मानित
हम्जाको गोलमा बंगलादेशको सहज जित
हम्जाको गोलमा बंगलादेशको सहज जित
थाइल्यान्डसँग भारत पराजित
थाइल्यान्डसँग भारत पराजित
एचजेबिएल : हाउण्ड्सलाई हराउँदै गोल्डेनगेट फाइनलमा
एचजेबिएल : हाउण्ड्सलाई हराउँदै गोल्डेनगेट फाइनलमा
चेयरम्यान कप चेसमा ३१९ खेलाडीको चुनौती
चेयरम्यान कप चेसमा ३१९ खेलाडीको चुनौती
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP