काठमाडौं। आइसिसी क्रिकेट विश्वकप लिग २ मा स्कटल्यान्डविरुद्धको खेलमा ओपनर कुशल भुर्तेलले अर्धशतक पूरा गरेका छन्।
पहिला ब्याटिङ थालेको घरेलु टोलीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २९६ रन बनाएको थियो। अहिले नेपालले २९७ रनको विशाल लक्ष्य पछ्याइरहेको छ।
कुशलले ४१ बलमा अर्धशतक पूरा गरेका हुन्। उनले ११ चौका प्रहार गरे। यद्यपि, तीन रन थप्दा उनी ज्याक जार्भिसको बलमा बोल्ड हुन पुगे। एकदिवसीय क्रिकेटमा कुशलको यो नवौं अर्धशतक हो।
उनीभन्दा अगाडि ओपनर आसिफ शेख र कप्तान रोहितकुमार पौडेल छन्। आसिफले सर्वाधिक १३ अर्धशतक प्रहार गरेका छन्।
उनलाई रोहितले ११ अर्धशतकसहित पछ्याइरहेका छन्।