काठमाडौं। एसिसी महिला इमर्जिङ टिम्स एसिया कप स्थगित गरिएको छ।
प्रतियगिता आगामी जुन ६ देखि श्रीलंकामा सुरु हुने तय गरिएको थियो। तर, एसियन क्रिकेट काउन्सिल (एसिसी) ले सोमबार श्रीलंकामा जारी असहज मौसम अवस्था र चिकनगुनिया रोगको बढ्दो संक्रमणका कारण प्रतियोगिता स्थगित गर्नुपर्ने जानकारी दिएको हो।
प्रतियोगितामा नेपालले पनि सहभागिता जनाउँदै थियो। एसिसीका अनुसार श्रीलंकन क्रिकेट बोर्डका अध्यक्ष शम्मी सिल्वाबाट आएको पत्रको आधारमा छलफलपछि प्रतियोगिता स्थगित गरिएको हो।
‘यो प्रतियोगिता एसियाली महिला क्रिकेटको भविष्य निर्माणमा रणनीतिक रूपमा अत्यन्त महत्त्वपूर्ण छ भन्ने कुरा हामी बुझ्दछौं,’ एसिसी अध्यक्ष मोहसिन रजा नकवीले भने।
एसिसीले प्रतियोगिताको नयाँ मिति चाँडै घोषणा गरिने जनाएको छ।