• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
कहिले आइपुग्छन् महिला टोलीको विदेशी प्रशिक्षक ?
खेलपाटी संवाददाता
बुधबार, जेठ १५, २०८२ खेलपाटी संवाददाता
कहिले आइपुग्छन् महिला टोलीको विदेशी प्रशिक्षक ?

काठमाडौं। नेपाली महिला राष्ट्रिय फुटबल टोली हाल नयाँ मोडमा उभिएको छ।

डेढ दशकसम्म साफ च्याम्पियन बन्ने सपनामा अल्झिएको यो टोली अहिले एएफसी महिला एसियन कप २०२६ छनोट हुँदै विश्वकप २०३१ सम्म पुग्ने महत्वाकांक्षामा ढल्दैछ।

यस महत्त्वपूर्ण संक्रमणकालमा टोलीको जिम्मेवारी सम्हालिरहेका छन्– मुख्य प्रशिक्षक राजेन्द्र तामाङले। अनुभवका हिसाबले खारिएका मानिए पनि तामाङको नेतृत्वमा टोलीले हालसम्म कुनै उपाधि हात लाग्न सकेको छैन।

उनले वाफ च्याम्पियनसिप, साफ महिला च्याम्पियनसिप र चारदेशीय आमन्त्रण प्रतियोगितामा टोलीको नेतृत्व गरे। तर, अहिलेसम्मको चुनौतीले उपलब्धिको स्वाद चाख्न भने सकेको छैन। त्यसैले नेपाली टोली उनको विकल्प खोज्ने तयारीमा छ।

यो विकल्प उनले नै सुझाएका हुन्। उनको योजनाअनुसार नै अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रो–लाइसेन्स प्रशिक्षकको आह्वान गरिसकेको छ। तर, राजेन्द्रकै प्रशिक्षणमा नेपालले थाइल्यान्डसँग दुई मैत्रीपूर्ण खेल खेल्दै छ।

यसमा पनि तामाङले नै टोली सम्हाल्ने छन्। यो खेल सकिएसँगै नेपालले एएपसी एसियन कप छनोटका लागि २५ दिनको समय पाउने छ। तर, एन्फाले ल्याउने भनेको नयाँ विदेशी प्रशिक्षकको भन्ने अझै टुंगो लाग्न सकेको छैन। हालसम्म २१ जनाले नेपाली टोलीको प्रशिक्षक बन्न आवेदन हालेका छन्। तीबाट दुई जनालाई सर्ट लिस्टमा राखिएको छ।

एन्फा प्रवक्ता सुरेश शाह अब छिट्टै प्रशिक्षक टुंगो लाग्ने बताउँछन्। ‘चाँढै प्रशिक्षक फाइनल गर्छौं,’ उनले भने। एएफसीले सार्वजनिक गरेको खेलतालिका अनुसार नेपालले पहिलो खेलमै लाओस प्रतिद्वन्द्वी पाएको छ।

यी दुईबीचको खेल २९ जुनमा हुनेछ। नेपाल र लाओस समूह ‘एफ’ मा परेका छन्। यो समूहमा उज्बेकिस्तान र श्रीलंका पनि छन्।

यो समूहको खेल उज्बेकिस्तानमा हुने तय छ। नेपाल फिफा वरीयतामा ९९औं स्थानमा छ। लाओस भने आठ स्थान तल अर्थात् १०७औं स्थानमा छ। नेपालले दोस्रो खेल श्रीलंका र अन्तिम खेल घरेलु टोली उज्बेकिस्तानसँग खेल्नेछ। समूहको शीर्ष स्थानमा रहने टोलीले अस्ट्रेलियामा हुने एसिया कपमा स्थान बनाउने छ।

एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङले पनि छनोटअघि नै प्रशिक्षकको टुंगो लाग्ने बताए। ‘प्रशिक्षक छनोट समितिले काम गरिरहेको छ। अहिले राजेन्द्र तामाङकै प्रशिक्षणमा खेले पनि एसियन कप छनोट भने नेपालले नयाँ प्रशिक्षकको अन्डरमा खेल्नेछ,’ उनले भने।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एनिस अफगानिस्तानको मुख्य प्रशिक्षक
एनिस अफगानिस्तानको मुख्य प्रशिक्षक
बंगलादेशको टोलीमा इङ्ल्यान्ड, क्यानडा र इटालीमा जन्मिएका खेलाडी
बंगलादेशको टोलीमा इङ्ल्यान्ड, क्यानडा र इटालीमा जन्मिएका खेलाडी
नेपाल एएफसी यु–२३ एसियन कप छनोटमा समूह ‘के’ मा
नेपाल एएफसी यु–२३ एसियन कप छनोटमा समूह ‘के’ मा
 यु–२० महिला राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा ४० खेलाडी
 यु–२० महिला राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा ४० खेलाडी
पुनर्निर्माणको सुरुआतमा बंगलादेशी टोली
पुनर्निर्माणको सुरुआतमा बंगलादेशी टोली
मियामीको जितमा मेसी र सुआरेजको ४ गोल
मियामीको जितमा मेसी र सुआरेजको ४ गोल
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
बैंग्लोर ९ वर्षपछि आइपिएलको फाइनलमा
बैंग्लोर ९ वर्षपछि आइपिएलको फाइनलमा
एनिस अफगानिस्तानको मुख्य प्रशिक्षक
एनिस अफगानिस्तानको मुख्य प्रशिक्षक
पथरीशनिश्चरे सेमिफाइनलमा प्रवेश
पथरीशनिश्चरे सेमिफाइनलमा प्रवेश
गोल्डेनगेटले टाइम्सलाई हरायो
गोल्डेनगेटले टाइम्सलाई हरायो
पाँचौं एसइई बास्केटबल सात खेल सम्पन्न
पाँचौं एसइई बास्केटबल सात खेल सम्पन्न
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP