• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
सुआरेज र मेसीले क्लब चलाउने
खेलपाटी संवाददाता
बुधबार, जेठ १५, २०८२ खेलपाटी संवाददाता
सुआरेज र मेसीले क्लब चलाउने

काठमाडौं। वर्षौंसम्म मैदानमा सहयात्री बनेका लुइस सुआरेज र लिओनल मेसी अब व्यवसायिक साझेदारीमा पनि एकसाथ अघि बढ्ने भएका छन्।

सुआरेजले मंगलबार आफ्नो जन्मदेश उरुग्वेमा नयाँ व्यावसायिक फुटबल क्लब सुरु गरेको जानकारी दिएका छन्। उक्त क्लबमा इन्टर मियामीका उनका साथी मेसीको पनि लगानी हुनेछन्।

उरुग्वे राष्ट्रिय टोलीका इतिहासकै सबैभन्दा बढी गोल गर्ने सुआरेजले सामाजिक सञ्जालमार्फत भिडियो सेयर गर्दै जानकारी दिएका डिपोर्टिभो एलस नामक क्लबलाई अब एलएसएम भनेर चिनिने बताए। उनका अनुसार क्लबले उरुग्वेको चौथो डिभिजनबाट व्यावसायिक फुटबल यात्रा सुरु गर्नेछ।

‘डिपोर्टिभो एलस एउटा पारिवारिक सपना हो, जुन सन् २०१८ मा सुरु भएको थियो। अहिले यस क्लबमा तीन हजारभन्दा बढी सदस्य छन्,’ सुआरेजले भने,‘म मेरो देश उरुग्वेका किशोर र बालबालिकालाई फुटबलको माध्यमबाट अवसर दिन चाहन्छु।’

३८ वर्षीय सुआरेजले गत सेप्टेम्बरमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका थिए। उनले बार्सिलोनामा मेसीसँग ६ वर्ष सँगै खेलेका थिए। पछिल्ला दुई सिजनदेखि अमेरिकास्थित इन्टर मियामी क्लबमा यी दुई खेलाडी एकसाथ खेलिरहेका छन्।

उक्त भिडियोमा मेसीले भनेका छन्,‘तिमीले मलाई रोजेकोमा म गर्व गर्छु र खुसी पनि। म जे–जति सक्दो योगदान दिन्छु। हामी सँगै अगाडि बढ्दै छौं।’

हाललाई मेसीको भूमिका खुलाइएको छैन। तर, स्थानीय सञ्चारमाध्यमले उनी क्लबका साझेदार रहने बताएका छन्। उरुग्वे र इन्टर मिलानका पूर्व स्टार अल्भारो रेकोबा क्लबको प्रशिक्षक हुने बताइएको छ।

सन् २०१८ मै सुआरेज र उनको परिवारले उरुग्वेको राजधानी मोन्टेभिडियोबाहिर सियुदाद दे ला कोस्टामा २० एकड क्षेत्रफलमा खेलकुद कम्प्लेक्स स्थापना गरेका थिए। सो कम्प्लेक्समा तीन हजारभन्दा बढी खेलाडीका लागि विविध खेल र गतिविधिहरू गरिन्छन्।

क्लबसँग १४ सय दर्शक अट्ने क्षमताको कृत्रिम मैदानसहित अन्य प्रशिक्षण मैदान पनि छन्। यही आधारमा सुआरेज र मेसीले उरुग्वेमा नयाँ फुटबल यात्रा सुरु गर्न लागेका हुन्।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एनिस अफगानिस्तानको मुख्य प्रशिक्षक
एनिस अफगानिस्तानको मुख्य प्रशिक्षक
बंगलादेशको टोलीमा इङ्ल्यान्ड, क्यानडा र इटालीमा जन्मिएका खेलाडी
बंगलादेशको टोलीमा इङ्ल्यान्ड, क्यानडा र इटालीमा जन्मिएका खेलाडी
नेपाल एएफसी यु–२३ एसियन कप छनोटमा समूह ‘के’ मा
नेपाल एएफसी यु–२३ एसियन कप छनोटमा समूह ‘के’ मा
 यु–२० महिला राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा ४० खेलाडी
 यु–२० महिला राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा ४० खेलाडी
पुनर्निर्माणको सुरुआतमा बंगलादेशी टोली
पुनर्निर्माणको सुरुआतमा बंगलादेशी टोली
मियामीको जितमा मेसी र सुआरेजको ४ गोल
मियामीको जितमा मेसी र सुआरेजको ४ गोल
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
बैंग्लोर ९ वर्षपछि आइपिएलको फाइनलमा
बैंग्लोर ९ वर्षपछि आइपिएलको फाइनलमा
एनिस अफगानिस्तानको मुख्य प्रशिक्षक
एनिस अफगानिस्तानको मुख्य प्रशिक्षक
पथरीशनिश्चरे सेमिफाइनलमा प्रवेश
पथरीशनिश्चरे सेमिफाइनलमा प्रवेश
गोल्डेनगेटले टाइम्सलाई हरायो
गोल्डेनगेटले टाइम्सलाई हरायो
पाँचौं एसइई बास्केटबल सात खेल सम्पन्न
पाँचौं एसइई बास्केटबल सात खेल सम्पन्न
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP