• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
एन्सेलोटीको आशीर्वादका साथ सुरु हुँदै अलोन्सो युग
खेलपाटी संवाददाता
५ घण्टा अगाडि खेलपाटी संवाददाता
एन्सेलोटीको आशीर्वादका साथ सुरु हुँदै अलोन्सो युग

काठमाडौं। हो उनी फर्किए। खेलाडीको रूपमा रियल मड्रिडका महान् पूर्व मिडफिल्डर साबित भएका जाबी अलोन्सो अब प्रशिक्षकको भूमिकामा क्लब फर्किएका छन्।

स्पेनी जायन्ट रियलले आइतबार अलोन्सोले आगामी जुन १ देखि क्लबको नेतृत्व सम्हाल्ने घोषणा गरेको हो। उनलाई सन् २०२८ सम्मको सम्झौता दिइएको छ।

अलोन्सोलाई सोमबार औपचारिक रूपमा प्रशिक्षकको भूमिकामा प्रस्तुत गरिनेछ। ६५ वर्षीय कार्लो एन्सेलोटीले चार सिजनको सफल कार्यकालपछि क्लब छाड्दै छन्।

शनिबार लिगको अन्तिम खेलमा उनले आँखा भिजाउँदै रियलबाट बिदाइ लिए। यद्यपि, उनको सम्झौता अर्को सिजनसम्म थियो। ब्राजिल राष्ट्रिय टिमको प्रशिक्षक बन्ने तयारीसँगै रियलले शुक्रबार उनलाई बिदा दिएको हो।

यो सिजन रियलले युइएफए सुपर कप जित्दै सुरु गरे पनि त्यसपछिको प्रदर्शन निराशाजनक रह्यो। टोलीले कुनै ठूलो उपाधि जित्न सकेन र चारवटै क्लासिको खेलमा बार्सिलोनासँग हार बेहोर्न पुग्यो। बार्सिलोनाले लिग र कोपा डेल रे दुवै जित्दै डबल टाइटल जित्यो।

एन्सेलोटीले दिए शुभकामना
‘जाबी धेरै भाग्यशाली छन्, अब उनी रियलका प्रशिक्षक बन्नेछन्,’ एन्सेलोटीले भने, ‘उनीसँग यो टोली सम्हाल्ने सबै गुण छ। उनीलाई शुभकामना दिन चाहन्छु। मलाई लाग्छ, उनले रमाइलो गराउँछन्।’

फिफा टिभी च्यानलले अलोन्सोको खेलाडी र प्रशिक्षकको यात्रा समेटिएको भिडियो सार्वजनिक गर्दै भनेको छ, ‘अब उहाँको अगाडि विश्व फुटबलकै सबैभन्दा ठूलो चुनौती छ, रियलको बेन्चमा बस्ने।’

४३ वर्षीय अलोन्सो अब परिचित ठाउँमा फर्किँदै छन्। सन् २००९ देखि २०१४ सम्म उनले रियलका लागि २३६ खेल खेले। यस अवधिमा उनले १०औं युरोपियन कप (च्याम्पियन्स लिग), युरोपियन सुपर कप, एक ला लिगा, दुई कोपा डेल रे र एक स्पेनिस सुपर कप जिते।

रियलले भनेको छ, ‘लिभरकुजेनसँग इतिहास रचिसकेपछि अब उनी प्रशिक्षकका रूपमा फर्किएका छन्।’

लिभरकुजेनमा ऐतिहासिक सफलता
प्रशिक्षकको रूपमा अलोन्सोले लिभरकुजेनलाई पहिलोपटक बुन्डेसलिगा र जर्मन कपको डबल जिताएका छन्। २०२२ मा क्लबलाई रेलिगेसन जोनबाट उकास्दै उनले पहिलो पूर्ण सिजनमै लिग अपराजित बनाएका थिए।

उनको टिम सन् २०२३–२४ को बुन्डेसलिगा सिजनमा अपराजित रह्यो। लिगको इतिहासमा यो पहिलो घटना भएको थियो। एक मात्र हार युरोपा लिगको फाइनलमा एट्लान्टासँग भएको थियो। त्यसपछि लिभरकुजेनले तुरुन्तै जर्मन कप जितेर पुनरागमन गर्‍यो।

कप्तान ग्रानिट जाखाले भने, ‘अलोन्सोले हामीलाई प्रशिक्षित मात्र गर्नुभएन, हामीलाई प्रेरित गर्नुभयो।’

खेलाडीका रूपमा पनि उत्कृष्ट
खेलाडीका रूपमा अलोन्सोले खेलको बौद्धिकता र प्रविधिक क्षमताबाट धेरै प्रभावित पारेका थिए। रियल सोसिडाड, लिभरपुल, रियल र बायर्न म्युनिख सबै क्लबमा उनले सफलता हात पारे। उनले लिभरपुललाई सन् २००५ मा च्याम्पियन्स लिग जिताउन मद्दत गरे।

रियललाई जहिल्यै लाग्थ्यो — एक दिन अलोन्सोले फर्कन्छन्। क्लब आफ्ना महान् पूर्व खेलाडीलाई व्यवस्थापन वा प्रशिक्षकको भूमिकामा ल्याउनुमा गर्व गर्छ। जिनेदिन जिदान वा जोर्ज वाल्डानो यसका उदाहरण हुन्।

प्रशिक्षकको यात्राको सुरुआत अलोन्सोले रियलकै यूथ टिमबाट गरेका हुन्। त्यसपछि रियल सोसिडाडको बी टिमलाई प्रमोसन दिलाए।

लिभरकुजेनको खेल निर्देशक साइमन रोल्फेस र प्रमुख कार्यकारी फर्नान्डो कारोले उनलाई सन् २०२२ मा मुख्य प्रशिक्षकको जिम्मा दिएका थिए। त्यहाँ उनले सबैको अपेक्षाको सीमा क्रस गरे।

अब नयाँ चुनौती
अब उनीसँग फरक खालको दबाब हुनेछ। एकदमै बलियो बार्सिलोना (लामिन यमल, राफिन्हा, पेड्री, गाभी) को चुनौतीसँग जुध्नुपर्नेछ। रियलका ठूला स्टार किलियन एम्बाप्पे, जुड बेलिङ्घम र भिनिसियस जुनियरलाई पुन: उच्च स्तरमा लैजाने उनीसँग जिम्मेवारी हुनेछ।

खेलाडी स्वतन्त्रता दिने शैलीभन्दा फरक, बढी संरचित र रणनीतिक दृष्टिकोण अपनाउने उनीबाट अपेक्षा गरिएको छ। गत सिजनको डिफेन्स लाइनमा चोटका कारण समस्या आएको थियो। त्यो समाधान पहिलो प्राथमिकता हुनेछ।

त्यसको लागि रियलले बर्नमाउथबाट डीन ह्युसेन साइन गरिसकेको छ। थप खेलाडी आउने सम्भावना छ। यी जे भए पनि अलोन्सोले सामना गर्नुपर्ने मुख्य चुनौती भनेको रियललाई फेरि स्पेनको शीर्ष क्लबमा उभ्याउने र युरोपको १६औं उपाधिका लागि प्रतिस्पर्धी बनाउने हुनेछ।

यो उनको दोस्रो मात्र मुख्य प्रशिक्षकको जिम्मेवारी हो। अब हेर्न बाँकी छ– उनी रियलमा प्रशिक्षकको रूपमा पनि त्यतिकै महान् साबित हुन्छन् या हुँदैनन्।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सिटी, चेल्सी र न्यूक्यासल च्याम्पियन्स लिगमा
सिटी, चेल्सी र न्यूक्यासल च्याम्पियन्स लिगमा
यमप्रसाद यु-२० राष्ट्रिय महिला टोलीको मुख्य प्रशिक्षक
यमप्रसाद यु-२० राष्ट्रिय महिला टोलीको मुख्य प्रशिक्षक
रोनाल्डोले क्लब विश्वकप खेल्ने सम्भावना उच्च
रोनाल्डोले क्लब विश्वकप खेल्ने सम्भावना उच्च
फर्किएको ‘मेसी म्यानिया’
फर्किएको ‘मेसी म्यानिया’
१८ वर्षपछि आर्सनलले जित्यो महिला च्याम्पियन्स लिग
१८ वर्षपछि आर्सनलले जित्यो महिला च्याम्पियन्स लिग
कार्लो र मोड्रिचलाई बिदाई
कार्लो र मोड्रिचलाई बिदाई
umbro nepal
  • ताजा समाचार
  • खेल आज
सिटी, चेल्सी र न्यूक्यासल च्याम्पियन्स लिगमा
सिटी, चेल्सी र न्यूक्यासल च्याम्पियन्स लिगमा
राष्ट्रपति रनिङ शिल्ड ६८६ खेलाडी
राष्ट्रपति रनिङ शिल्ड ६८६ खेलाडी
ब्रदर्श ११ झापा सुपर ओभरमा विजयी
ब्रदर्श ११ झापा सुपर ओभरमा विजयी
अन्तिम खेलमा चेन्नईको सानदार जित
अन्तिम खेलमा चेन्नईको सानदार जित
एन्सेलोटीको आशीर्वादका साथ सुरु हुँदै अलोन्सो युग
एन्सेलोटीको आशीर्वादका साथ सुरु हुँदै अलोन्सो युग
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP