बिहिबार, १७ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

फर्किएको ‘मेसी म्यानिया’

आइतबार, ११ जेठ २०८२खेलपाटी संवाददाता
फर्किएको ‘मेसी म्यानिया’
Loading ad...
mustang rice ad

काठमाडौं। कप्तान लिओनल मेसीले पछिल्ला केही कमजोर नतिजापछि आफ्ना टिममेटहरूलाई एकजुट भएर खेल्नुपर्ने प्रेरणात्मक सन्देश दिएका थिए। र, आइतबार बिहान फिलाडेल्फिया युनियनविरुद्धको खेलमा उनले आफ्नै शब्दलाई मैदानमा उतारे।

आठपल्टका बलोन डी’ओर विजेता मेसीले खेलको ८७औं मिनेटमा फ्रिकिकमार्फत गोल गर्दै इन्टर मियामीलाई ३–२ मा फर्काए। त्यसपछि इन्जुरी समयको ९५औं मिनेटमा उनले टेलास्को सेगोभियाको बराबरी गोलमा असिस्ट प्रदान गरे। खेल ३–३ को रोमाञ्चक बराबरीमा टुंगियो।

अर्लान्डोसँगको हारपछि मेसीले दुर्लभ टेलिभिजन अन्तर्वार्तामा टिमलाई मिलेर अघि बढ्न आग्रह गरेका थिए। र, यो खेलमा उनले आफैंले नेतृत्व गरेर टिमलाई त्यसैअनुसार प्रदर्शन गराए।

१९ वर्षीय युनियन गोलकिपर एन्ड्र्यु रिकलाई अन्ततः मेसीले अन्त्यतिर छक्याउँदै गोल गरे। सुवारु पार्क रंगशालामा उपस्थित हजारौं दर्शकका लागि त्यो क्षण अविस्मरणीय बन्यो।

युनियनका क्विन सुलिभानले पहिलो गोल गरे। ताइ बारिबोले दुई गोल थपे। जारी सिजनमा उनको यो १३औं गोल हो। मियामीका तादेओ एल्लेन्देले दोस्रो हाफमा गोल गर्दै खेललाई २–१ मा ल्याए।

फर्किएको ‘मेसी म्यानिया’
सन् २०२३ को भ्रमणमा टिकेटको मूल्य एक हजार डलर नाघेको थियो। तर, यसपटक त्यो जति जोश देखिएन। खेल सुरु हुनु केही मिनेटअघि पनि एक सयभन्दा कम मूल्यमा टिकटहरू पाइरहेको थियो।

तर, स्टेडियमबाहिर भने अझै पनि मेसीको क्रेज स्पष्ट देखिन्थ्यो। बियर लाइन, हट डग लाइन वा बाथरुम लाइन सबै ठाउँमा मेसीको जर्सी र टी-शर्टमा सजिएका समर्थक देखिन्थे।

यो उनको सुवारु पार्कमा दोस्रो खेल थियो। अघिल्लो सिजन उनले यही पार्कमा अर्जेन्टिनाबाट कोपा अमेरिका खेल्न्नुपर्ने थियो। तर, उनले फिलाडेल्फिया यात्रा गरेनन्।

मेसीले आफ्नो नाम घोषणा हुँदा ठूलो ताली र हुटिङ पाए। तर, जब उनले गोल गरे, ‘सन्स अफ बेन’ समर्थक समूह पूरै शान्त भयो। ‘हामीले हाम्रो चरित्र र व्यक्तित्व देखायौं,’ प्रशिक्षक जाभियर मास्केरानोले भने।

पछिल्लो सिजन मियामीले एमएलएस इतिहासकै उत्कृष्ट नियमित सिजन खेलेको थियो। त्यसमा २२ जित, चार हार र आठ बराबरीको नतिजा थियो। तर, यस सिजन त्यस्तो नतिजा दोहर्‍याउन सकेको छैन।

‘हामी केही खराब नतिजाबाट गुज्रिरहेका छौं,’ मेसीले अर्लान्डोसँगको हारपछि एप्पल टिभीसँग भनेका थिए, ‘तर हामीले काम गर्न जारी राख्नुपर्छ र बाँकी खेलमा ध्यान दिनुपर्छ। मे महिनाका बाँकी ३–४ खेल सकेसम्म राम्रोसँग टुंग्याउनुपर्छ। यसपछि क्लब विश्वकपको तयारी गर्नुपर्छ।’

क्लब विश्वकप जुन १४ देखि सुरु हुँदैछ। केही खेल सुपर बाउल विजेता इगल्सको होम ग्राउन्ड लिंकन फाइनान्सियल फिल्डमा हुनेछन्। युनियनका लागि पनि यो रात निराशाजनक भएन। उसको अपराजित यात्रा नौ खेलमा पुगेर टुंगियो। यद्यपि, १५ खेलपछि ३० अंकसहित क्लब इतिहासको सबैभन्दा राम्रो सुरुआत गर्न युनियन सफल भएको छ।

खेलअघि इगल्सका स्टार कर्नरब्याक कूपर डेजिनले ड्रम बजाएर स्टेडियममा उत्सवको सुरुआत गराएका थिए। युनियनका सुलिभान र बारिबोले पहिलो हाफमा गोल गर्दै टिमलाई उत्कृष्ट लयमा राखे। तर, मेसीले सबै योजना उल्टाइदिए। अब मेसी र मियामीको ध्यान क्लब विश्वकपतिर मोडिएको छ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

रियल फर्किन चाहँदैनन् मोरिन्हो

रियल फर्किन चाहँदैनन् मोरिन्हो

नेयमारको इच्छा– विश्वकपको फाइनल अर्जेन्टिना भर्सेस ब्राजिल

नेयमारको इच्छा– विश्वकपको फाइनल अर्जेन्टिना भर्सेस ब्राजिल

अन्तिम घरेलु च्याम्पियन्स लिग खेलमा चम्किएका ग्रिजम्यान

अन्तिम घरेलु च्याम्पियन्स लिग खेलमा चम्किएका ग्रिजम्यान

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
रियल फर्किन चाहँदैनन् मोरिन्हो

रियल फर्किन चाहँदैनन् मोरिन्हो

नेयमारको इच्छा– विश्वकपको फाइनल अर्जेन्टिना भर्सेस ब्राजिल

नेयमारको इच्छा– विश्वकपको फाइनल अर्जेन्टिना भर्सेस ब्राजिल

अन्तिम घरेलु च्याम्पियन्स लिग खेलमा चम्किएका ग्रिजम्यान

अन्तिम घरेलु च्याम्पियन्स लिग खेलमा चम्किएका ग्रिजम्यान

पहिलो लेगमै फाइनल पक्का गर्ने योजनामा आर्सनल

पहिलो लेगमै फाइनल पक्का गर्ने योजनामा आर्सनल

रेनुका र सरु किकस्टार्टमा अनुबन्ध

रेनुका र सरु किकस्टार्टमा अनुबन्ध

पासपोर्ट कालोसूचीमा, अध्यक्षलाई छाडेर सुटुक्क क्यानडा पुगे इन्द्रमान !

पासपोर्ट कालोसूचीमा, अध्यक्षलाई छाडेर सुटुक्क क्यानडा पुगे इन्द्रमान !

टिकेन्द्रले ट्रान्सपोर्टबाट खेल्ने

टिकेन्द्रले ट्रान्सपोर्टबाट खेल्ने

जितेन्द्रको शतकसँगै नेपाललाई ३०६ रनको लक्ष्य

जितेन्द्रको शतकसँगै नेपाललाई ३०६ रनको लक्ष्य