स्वदेश फर्किइन् अञ्जिला

काठमाडौं। नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बा स्वदेश फर्किएकी छन्।
उनी शनिबार बिहान स्वदेश फर्किएकी हुन्। नेपालले थाइल्यान्डको बैंककमा दुई खेल खेल्ने तय छ। पहिलो खेल मे ३० तारिखमा बन्द रंगशालमा हुनेछ। यो खेललाई प्रशिक्षण खेलका रूपमा लिइएको छ।
दोस्रो खेल जुन २ मा हुनेछ। यो खेलले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्नेछ। अञ्जिला उक्त खेल खेल्न ग्रीसबाट नेपाल फर्किएकी हुन्। थाइल्यान्डविरुद्धको खेललाई सन् २०२६ मा अस्ट्रेलियामा हुने एएफसी महिला एसियन कप छनोटको तयारीस्वरुप लिइएको छ।
नेपाल रहेको समूह ‘एफ’ मा लाओस, श्रीलंका र उज्बेकिस्तान छन्। छनोट चरण मे ४ बाट सुरु हुनेछ।
नेपाली टोली
गोलकिपरः अञ्जिला तुम्बा पोसुब्बा, अञ्जना रानामगर, उषा नाथ
डिफेन्डरः गीता राना, निशा थोकर, अमृता जैसी, पूजा राना, विमला विक, मनमाया दमाई, समीक्षा घिमिरे
मिडफिल्डरः रेणुका नगरकोटे, प्रीति राई, सरु लिम्बू, सरस्वती हमाल, विमला चौधरी, अनिता बस्नेत, सविता रानामगर, सुष्मा तामाङ
फरवार्डः सावित्रा भण्डारी, रेखा पौडेल, रश्मीकुमारी घिसिङ, अनिता केसी, चन्द्रा भण्डारी














