वालिङ। निशान थापामगरको ह्याट्रिकसँगै पायोनियर्स एजुकेसन एकेडेमीले नवौं अर्हान्त स्मृति कप फुटबल प्रतियोगितामा सानदार सुरुआत गरेको छ।
वालिङ युनाइटेड क्लबको आयोजनामा भइरहेको प्रतियोगितामा पायोनियर्सले भुम्रे माविलाई ४–० ले पराजित गरेको हो।
पायोनियर्सलाई जित दिलाउन निशानले दोस्रो हाफको ५, १० र १३औं मिनेटमा गोल गरे। अर्को गोल भने दीप्सन आलेले थपे।
अर्को खेलमा भूपू सैनिक चापकोटले आरम्दी इङ्लिस बोर्डिङ स्कुललाई ५–० ले पाखा लगायो।
चापकोटको जित पुस्कर रेग्मीले दुई गोल गरे। यस्तै, गोपाल विके, दर्शन श्रेष्ठ र स्वीकार डोटेलले समान एक गोल गरे।
अन्य खेलमा सगरमाथा बोर्डिङ स्कुलले बाल विद्यालय वालिङसँग गोलरहित बराबरी खेल्दा भूपू सैनिका बयरघारीले शाइन भ्यालीमाथि २–१ को पुनरागमन जित हात पार्यो।