दक्षिण एसियाली युथ जुडोमा ६ खेलाडीले प्रतिस्पर्धा गर्ने
-1746514742.jpeg&w=3840&q=75)
काठमाडौं। प्रथम दक्षिण एसियाली युथ जुडो डेभलोप्मेन्ट प्रतियोगितामा ६ नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्। भुटानको थिम्पुमा मे ७ देखि १२ तारिखसम्म हुने प्रतियोगितामा बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्र (एमएमएसी) का चार पुरुष र दुई महिला गरी ६ खेलाडीले प्रतिस्पर्धा गर्न लागेका हुन्।
पुरुष ४० केजीमुनि विसाज महर्जन र सदिन तामाङ, ५० केजीमुनि जुविन महर्जन तथा ३६ केजीमुनि साइमन तामाङले खेल्ने छन्। महिला ५७ केजीमुनि श्रष्टा नापित तथा ३६ केजीमुनि जेनिशा वाइबा सहभागी हुने छन्।
प्रशिक्षकमा योगन्द्र विष्ट, अफिसियलमा नवीन महर्जन, आईटी अफिसियलमा लखनराज थापा मगर र कुलबहादुर कुँवर तथा निर्णायकमा किरण गडेल रहेका छन्।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्य, नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यलगायतले मंगलबारै एक कार्यक्रमबीच बिदाइ गरे। प्रतियोगितामा नेपालसहित भारत, भुटान र बंगलादेशका ८ टिमको सहभागिता रहने एमएमएसीका मुख्य प्रशिक्षक धर्मकुमार श्रेष्ठले जनाएका छन्।






-1748333590.jpeg&w=3840&q=75)

-1746894755.jpeg&w=3840&q=75)



-1763794837011.jpeg&w=3840&q=75)


-1763772456514.webp&w=3840&q=75)
