काठमाडौं। बिक्की राईको निर्णायक गोलसँगै बाँसबारी क्लब स्मारक ‘बी’ डिभिजन लिगको अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा बाँसबारीले श्री टुसाल युथ क्लबलाई १–० ले पराजित गरेको हो।
यो नतिजासँगै नौ खेलमा १५ अंक पुर्याएको बाँसबारी तेस्रो स्थानमा उक्लिएको छ।
समान खेलबाट सात अंक भएको टुसाल रेलिगेसन क्षेत्रमा छ।
बाँसबारीलाई जित दिलाउन बिक्कीले ७६औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो।