• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
५० वर्षमा एकपटक मात्र जन्मिने प्रतिभा यमल !
खेलपाटी संवाददाता
बिहीबार, वैशाख १८, २०८२ खेलपाटी संवाददाता
५० वर्षमा एकपटक मात्र जन्मिने प्रतिभा यमल !

काठमाडौं। इन्टर मिलानका प्रशिक्षक सिमोने इन्जाघीले लामिन यमलको प्रदर्शन देखेपछि भने,‘यस्ता प्रतिभा ५० वर्षमा एकपटक मात्र जन्मिन्छन्।’

च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा बार्सिलोनासँग ३–३ को रोमाञ्चक बराबरी खेलपछि उनले १७ वर्षीय बार्सिलोनाका खेलाडीको प्रशंसा गरेका हुन्। ‘मैले उनलाई पहिले कहिल्यै प्रत्यक्ष देखेको थिइनँ, तर आज साँच्चै प्रभावित भएँ,’ इन्जाघीले भने, ‘पहिलो हाफको अन्तिम २५ मिनेटमा उनले हाम्रा लागि ठूलो समस्या खडा गरे।’

बार्सिलोनाका प्रशिक्षक हान्सी फ्लिकले यमललाई प्रतिभाशाली खेलाडी मान्छन्। उनले क्लबका लागि खेलेको १००औं खेलमा देखाएको प्रदर्शनलाई समेत फ्लिक खुलेर तारिफ गर्न पछि परेनन्। ‘उनी एक जिनियस हो भनेर मैले पहिल्यै भनेको छु,’ फ्लिकले भने, ‘ठूला खेलहरूमा उनी चम्किन्छन्। मलाई खुसी लाग्छ ५० वर्षमा एकपल्ट आउने खेलाडी बार्सिलोनामा अहिल्यै आएको छ।’

इन्टरविरुद्धको खेलअघि पत्रकार सम्मेलनमा यमलले आफूलाई अर्जेन्टिनी कप्तान तथा बार्सिलोनाका पूर्वस्टार लिओनल मेसीसँग तुलना नगर्न आग्रह गरेका थिए। तापनि मैदानमा उनले देखाएको प्रदर्शनले मेसीलाई सम्झायो। दायाँ भागबाट बल लिएर अघि बढ्ने, पास दिने र डिफेन्डरहरूलाई छलाउने उनको शैली दर्शनीय रह्यो।

उनले गरेको गोल भने ‘युट्युब कम्पाइलेसन’को लागि योग्य थियो। इन्टरले मार्कस थुराम र डेन्जेल डुम्फ्रिजको गोलमा २–० को अग्रता लिएको थियो। तर, २४औं मिनेटमा यमलले एक डिफेन्डरलाई छलाउँदै चुनौतीलाई पार गरे। बललाई आफ्नो बायाँ खुट्टामा राखे र अर्को दुई डिफेन्डरको अगाडि कर्ल गर्दै गरेको प्रहार पोस्टमा लागेर गोल भयो।

उनी १७ वर्ष २९१ दिनको उमेरमा च्याम्पियन्स लिग सेमिफाइनलमा गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बने। केही बेरपछि उनले फेरि दुई डिफेन्डर छलाउँदै प्रहार गरे, जुन बल क्रसबारमा लागेर फर्कियो। ‘यो केटा अविश्वसनीय छ,’ म्यानचेस्टर सिटीका स्ट्राइकर एर्लिङ हालान्डले स्न्यापच्याटमा लेखे।

त्यसपछि यमलले फेरान टोरेस र डानी ओल्मोलाई पास दिए, जसको प्रहार इन्टरका गोलकिपर यान सोमरले रोके। त्यसपछि राफिन्हाले हेडरमार्फत टोरेसलाई पास दिए र उनले गोल गर्दै स्कोर २–२ बनाए।

डुम्फ्रिजले इन्टरलाई फेरि अग्रता दिलाए पनि राफिन्हाको लामो दूरीको प्रहार गोल भएपछि खेल ३–३ मा टुंगियो। तर, यमल भने अन्तिम समयमा विजयी गोल नआएकोमा अलि निराश देखिए।

‘सारा संसारले देख्न सक्छ, ऊ कति उत्कृष्ट खेलाडी हो,’ इन्टरका मिडफिल्डर हेनरिक म्खितार्यानले भने, ‘हामीले उसलाई रोक्न खोज्यौं, तर, त्यो धेरै गाह्रो भयो। आशा छ अर्को साता उसलाई यति धेरै खेल्न दिने छैनौं।’

खेलपछि यमालले सबैको प्रशंसा सुन्दा खुसी लागेको प्रतिकृया दिए।, तर, उनी दोस्रो लेगमा केन्द्रित छन्। ‘सबैको प्रशंसा सुन्दा खुसी लागेको छ। तर, म अब दोस्रो लेगमा केन्द्रित छु। हामीले यो खेल जित्न सक्थ्यौं भन्ने थाहा थियो, अब हाम्रो ध्यान दोस्रो खेलमा जितेर फाइनल पुग्नेमा छ,’ उनले भने।

बार्सिलोना सन् २०१५ पछि पहिलोपटक च्याम्पियन्स लिगको फाइनलमा पुग्ने प्रयासमा छ। इन्टरले सन् २०१० मा बार्सिलोनालाई हराएर अन्तिमपटक उपाधि जितेको थियो। फाइनल खेल मे ३१ मा म्युनिखमा हुनेछ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
रोड्रीले नयाँ सिजनको सुरुआती खेल गुमाउने सम्भावना
रोड्रीले नयाँ सिजनको सुरुआती खेल गुमाउने सम्भावना
ला लिगामा नयाँ सामरिक युद्धको तयारी
ला लिगामा नयाँ सामरिक युद्धको तयारी
छिरिङ अस्ट्रेलिया पलायन
छिरिङ अस्ट्रेलिया पलायन
बार्सिलोनाले टेर स्टेगनलाई पुनः टोलीको कप्तान बनायो
बार्सिलोनाले टेर स्टेगनलाई पुनः टोलीको कप्तान बनायो
इजरायलले चलाएको गोली लागेर ‘प्यालेस्टिनी पेले’ को मृत्यु
इजरायलले चलाएको गोली लागेर ‘प्यालेस्टिनी पेले’ को मृत्यु
खुकुरी नेपालीज फुटबल प्रतियोगिता अगस्ट १६ देखि
खुकुरी नेपालीज फुटबल प्रतियोगिता अगस्ट १६ देखि
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
रोड्रीले नयाँ सिजनको सुरुआती खेल गुमाउने सम्भावना
रोड्रीले नयाँ सिजनको सुरुआती खेल गुमाउने सम्भावना
स्प्रिङ भ्याली र ज्ञान मन्दिर प्रिक्वाटरफाइनलमा
स्प्रिङ भ्याली र ज्ञान मन्दिर प्रिक्वाटरफाइनलमा
ला लिगामा नयाँ सामरिक युद्धको तयारी
ला लिगामा नयाँ सामरिक युद्धको तयारी
कोहली ५ महिनापछि अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किँदै
कोहली ५ महिनापछि अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किँदै
छिरिङ अस्ट्रेलिया पलायन
छिरिङ अस्ट्रेलिया पलायन
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP