ब्राजिलका पूर्वप्रशिक्षक कोरिन्थियन्सको प्रशिक्षकमा नियुक्त

काठमाडौं। ब्राजिल राष्ट्रिय टिमका पूर्व प्रशिक्षक डोरिवाल जुनियर स्थानीय क्लब कोरिन्थियन्समा नियुक्त भएका छन्। उनी सन् २०२६ को अन्त्यसम्मका लागि कोरिन्थियन्समा भित्रिएका हुन्।
ब्राजिलको राष्ट्रिय टोलीबाट बर्खास्त भएपछि उनले पहिलो जिम्मेवारी सम्हाल्न लागेका हुन्। मार्चमा अर्जेन्टिनासँग ४–१ ले ब्राजिल पराजित भएसँगै पद गुमाएका थिए।
कोरिन्थियन्सका लागि जुनियरको पहिलो खेल बुधबार ब्राजिलियन कपमा नोभोरिजोन्टिनोविरुद्ध हुनेछ।
उनी अर्जेन्टिनी प्रशिक्षक रामोन डियाजको स्थानमा आएका हुन्, जसलाई क्लबले यसै महिनामा बर्खास्त गरेको थियो। डच स्ट्राइकर मेम्फिस डिपे समावेश रहेको टोली अहिले रक्षात्मक समस्याबाट ग्रस्त देखिएको छ।
६ खेलपछि कोरिन्थियन्स ब्राजिलियन लिगको तालिकामा १२औं स्थानमा छ र सात अंक मात्रै जोड्न सकेको छ। आइतबार फ्लामेङ्गोसँग ४–० को लज्जास्पद हार बेहोरेको थियो।
ब्राजिल राष्ट्रिय टिमबाट बर्खास्त हुँदा जुनियरले १४ महिना काम गरेका थिए। तर, निराशाजनक नतिजा र कमजोर प्रदर्शनकै कारण उनलाई हटाइएको हो।










-1763385934768.jpeg&w=3840&q=75)


