एपिएफ सातौं उपाधिनजिक
-1745588508.jpeg&w=3840&q=75)
काठमाडौं। एपिएफ क्लब आठौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको पहिलो सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन एपिएफले पूर्वविजेता न्यु डायमन्डलाई २५–१७, २५–२२, २३–२५ र २५–२३ को सेटमा पराजित गर्यो।
एपिएफकी जसना महतो ‘प्लेयर अफ द म्याच’ घोषित भइन्। न्यु डायमन्ड छैटौं संस्करणको उपाधि विजेता हो भने बाँकी सबै संस्करणको उपाधि एपिएफले जितेको छ। फाइनलमा एपिएफको भेट नेपाल प्रहरीसंग हुनेछ।
शेरबहादुर खड्का स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रतियोगिताको दोश्रो सेमिफाइनलमा प्रहरीले नेपाल आर्मीलाई २५–६, २५–२२ र २५–२३ को सोझो सेटमा हरायो। प्रहरीकी पुनम चन्द ‘प्लेयर अफ द म्याच’ चुनिइन्। फाइनल शनिबार हुनेछ।
विजेताले नगद ४ लाख ९९ हजार, उपविजेताले २ लाख ५० हजार र तेश्रो हुनेले १ लाख २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन्। पहिलो पुरस्कार लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेड, दोश्रो पुरस्कार मार्वल टेक्नोप्लास्ट प्रा.लि. र तेश्रो पुरस्कार नेपाल एसबीआई बैंक लिमिटेडले प्रायोजन गर्ने छन्।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार नगद पुरस्कार प्रदान गरिनेछ भने विधागततर्फ उत्कृष्ट सेटर, डिफेन्स, सर्भर, लिबेरो, स्पाइकर र प्रशिक्षकलाई जनही २५ हजार दिइने छ। सर्वोत्कृष्ट खेलाडीको पुरस्कार मुक्तिनाथ विकास बैंक तथा विधागत उत्कृष्ट खेलाडीको पुरस्कार राष्ट्रिय वाणिज्य बैंकले प्रायोजन गरेका छन्। हरेक खेलको ‘प्लेयर अफ द म्याच’ ले १५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन्।











-1761130437587.jpg&w=3840&q=75)

-1761099128165.webp&w=3840&q=75)