आइतबार, २० बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

गोर्खाली रग्बीलाई उपाधि

मंगलबार, ०२ बैशाख २०८२खेलपाटी संवाददाता
गोर्खाली रग्बीलाई उपाधि
Loading ad...
mustang rice ad

काठमाडौं। गोर्खाली रग्बी क्लब पाँचौ संस्करणको फिफ्टिन्स रग्बी च्याम्पियनसिपको विजेता बन्न सफल भएको छ।

मंगलबार भएको लिगको अन्तिम दिनको खेलमा नेपाल पुलिस क्लबलाई ५५–० ले पराजित गर्दै गोर्खाली रग्बीले उपाधि रक्षा गरेको हो। जितसँगै गोर्खालीले लिगको तीन वटै खेल जित्दै लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको थियो।

अर्को खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल एपीएफ क्लबलाई एक संघर्षपूर्ण खेलमा १९–७ ले पराजित गर्दै उपविजेता बन्न सफल भयो। गत वर्षको उपविजेता एपीएफ भने तेस्रो स्थानमा सीमित भयो। नेपाल पुलिस क्लबले भने प्रतियोगितामा अंक बटुल्न सकेन।

विजेता गोर्खाली रग्बीले नगद २ लाख २२ हजार २२२ रुपैयाँ प्राप्त गरे भने उपविजेता एपीएफले १ लाख ११ हजार १११ रुपैयाँ हात पार्‍यो। प्रतियोगिताको सर्वोकृष्ट खेलाडी गोर्खाली रग्बी क्लबका विजय खड्का घोषित भए। उनले १५ हजार प्राप्त गरे।

प्रतियोगिताको कठिन मानिएको दुई खेलमा एपीएफ र त्रिभुवन आर्मीलाई पराजित गरिसकेको गोर्खाली रग्बी क्लबका लागि खेल तुलनात्मक रूपमा सहज बन्न पुग्यो। एकपक्षीय खेलमा गोर्खालीले पहिलो हाफमा ४०–० को अग्रता लिइसकेको थियो।

गोर्खालीले पहिलो सेटमै वैकल्पिक खेलाडी राखेर मैदानमा उत्रिएको थियो। पहिलो पटक फिफ्टिन्स खेलिरहेको नेपाल पुलिस क्लबसँगको खेल सहज हुने अनुमान गरिएजस्तै नै खेलमा गोर्खाली सुरुआतदेखि नै हाबी हुन पुग्यो। दोस्रो हाफमा भने टोलीले १५ अंक थपेको थियो।

नेपाल पुलिसले कुनै स्कोर जोड्न सकेन। त्रिभुवन आर्मी र एपीएफबीचको खेल भने निकै प्रतिस्पर्धात्मक बनेको थियो। एपीएफले सुरुआतमा एक ट्राई र कन्भर्जनलाई सफल पारेर ७ अंक जोडेको थियो। सेनाले ५ अंक जोडेपछि पहिलो हाफ ७–५ को प्रतिस्पर्धात्मक स्थितिमा पुगेको थियो।

तर, दोस्रो हाफमा सेना खेलमा फर्कियो। दोस्रो हाफको सुरुआतमा लगातार सात अंक जोडेपछि आर्मीले खेलमा अग्रता बनायो र त्यसलाई अन्तिम समयसम्म कायम राख्यो। एपीएफले खेलमा फर्किने प्रयास सफल भएन। बरु खेल सकिनै लाग्दा आर्मीले अर्को एउटा ट्राई गरेर खेल १९–७ ले जित्न सफल भयो।

नेपाल रग्बी संघको आयोजनामा राउन्ड रोविन लिगको आधारमा सञ्चालन भएको खेलमा ३ विभागीय र गोर्खाली रग्बी गरी चार टोलीको सहभागिता रहेको थियो। यो प्रतियोगिताबाट दुई महिनापछि नेपाल र बंगलादेशबीच काठमाडौंमा हुने फिफ्टिन्स रग्बी श्रृंखलाको लागि खेलाडी छनोट गरिने नेपाल रग्बी संघले जनाएको छ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेपका २३ बोर्ड सदस्यको पद गयो

राखेपका २३ बोर्ड सदस्यको पद गयो

६ टिमले लिए ८४ खेलाडी

६ टिमले लिए ८४ खेलाडी

बिच कबड्डीमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

बिच कबड्डीमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
झापा–११ लाई हराउँदै रेडहर्स सेमिफाइनलमा

झापा–११ लाई हराउँदै रेडहर्स सेमिफाइनलमा

आर्मीलाई हराउँदै पुलिसले जित्यो पोखरा गोल्डकप

आर्मीलाई हराउँदै पुलिसले जित्यो पोखरा गोल्डकप

 पशुपति र हिलारी सेमिफाइनलमा

पशुपति र हिलारी सेमिफाइनलमा

प्रिमियर लिगमा फेरि फर्कियो इप्सविच टाउन

प्रिमियर लिगमा फेरि फर्कियो इप्सविच टाउन

अचानक उपाधि दौडमा अगाडि पुग्यो आर्सनल

अचानक उपाधि दौडमा अगाडि पुग्यो आर्सनल

सानदार लयमा एट्लेटिको

सानदार लयमा एट्लेटिको

रियलभन्दा १४ कदम अगाडि बार्सिलोना

रियलभन्दा १४ कदम अगाडि बार्सिलोना

मेसीको शतकीय खेलमा मियामी पराजित

मेसीको शतकीय खेलमा मियामी पराजित