मुल्लानपुरमा फेरिएला पञ्जाबको भाग्य?

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) मा मंगलबार मुल्लानपुरमा पञ्जाब किंग्स र कोलकाता नाइट राइडर्स भिड्दैछन्।
यो एउटा यस्तो मैदान हो, जुन अहिलेसम्म पञ्जाबका लागि घर कम र चुनौतीजस्तो बढी साबित भएको छ। सात खेलमा पञ्जाबले यस मैदानमा मात्र दुई जित हासिल गरेको छ। मंगलबार कोलकाताविरुद्ध उत्रिँदा पञ्जाबले यस तथ्यमा परिवर्तन गर्न सक्दो प्रयास गर्नेछन्।
यो श्रेयस अय्यरको लागि विशेष खेल हुनेछ। गत सिजनमा श्रेयसको कप्तानीमा कोलकाताले आइपिएल उपाधि जित्न सफल भएको थियो। अहिलेसम्म दुई टोलीबीच भएका खेललाई हेर्ने हो भने इतिहासको तराजुमा कोलकाता भारी देखिन्छ। कुल ३३ मध्ये कोलकाताले २१ खेल जितेको छ भने पञ्जाबले १२ मात्र। यद्यपि,पञ्जाबले पछिल्ला पाँचमध्ये तीन खेल जितेको छ।
सनराइजर्स हैदराबादविरुद्धको अघिल्लो खेलमा पञ्जाबलाई ठूलो धक्का लागेको थियो। लोकी फर्गुसन घाइते भए र आफ्नो ओभर पूरा गर्न सकेनन्। उनको अनुपस्थितिको प्रभाव पञ्जाबको बलिङमा स्पष्ट देखियो र हार बेहोर्नु पर्यो।
यदि फर्गुसन पूर्ण रूपमा फिट भएनन् भने टोली व्यवस्थापनले उनलाई जोखिममा पार्नुको सट्टा अफगानिस्तानका अलराउन्डर अजमतुल्लाह ओमारजाई वा भारतीय तीव्र गतिका बलर विजयकुमार वैशाखलाई मौका दिन सक्छ।
अर्कोतर्फ कोलकाता आत्मविश्वासले भरिपूर्ण देखिन्छ। टोलीले चेन्नई सुपर किंग्स विरुद्धको आफ्नो अन्तिम खेलमा सानदार जित दर्ता गरेको थियो। यद्यपि, मुल्लानपुरको पिचलाई ध्यानमा राख्दै टोलीले संयोजनको बारेमा महत्त्वपूर्ण निर्णय लिनुपर्ने हुन सक्छ। यस्तो अवस्थामा स्पेन्सर जोनसनको गति र मोइन अलीको स्पिनमध्ये एक छनोट गर्नुपर्नेछ।
मुल्लानपुरको पिच अहिलेसम्म टी-२० क्रिकेटमा ब्याट्सम्यानका लागि सहयोगी छ। तर, यहाँ टस जितेर पहिले ब्याटिङ गर्नु बढी फाइदाजनक साबित भएको छ। २०२३ देखि यस मैदानमा खेलिएका १६मध्ये पहिले ब्याटिङ गर्ने टोलीले ११ खेलमा जित हासिल गरेको छ।
पहिलो इनिङ्सको औसत स्कोर १७६/६ छ। जबकि रन रेट ८.८ छ। १६१ भन्दा कम स्कोरको रक्षा गरिएको छ। सबैभन्दा सफल रन चेस १७५ छ। १५ खेलमा २०० भन्दा बढी स्कोर चार पटक भएको छ र प्रति खेल औसत १४ छक्का प्रहार गरिएको छ।













-1765173906909.webp&w=3840&q=75)
-1765160769087.webp&w=3840&q=75)
-1765159359412.webp&w=3840&q=75)