ललितले एकैदिन पाए दुईवटा मोटरसाइकल !
शनिबार, चैत १५, २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपाल पुलिस क्लबका स्पिनर ललितनारायण राजवंशीले एकैदिन दुईवटा मोटरसाइकल पाएका छन्।
प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा भिन्न दुई विधामा उत्कृष्ट हुँदै दुईवटा मोटरसाइकल पाएका हुन्।
उनी प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट बलर घोषित भएका भएका हुन्।
उनी प्रधानमन्त्री कपमा यस संस्करण सर्वाधिक विकेटकर्ता हुन्। उनले १० इनिङ्समा ८४.४ ओभर बलिङ गर्दै २३२ रन खर्चिएर ४१ विकेट लिएका थिए।








-1762758084543.jpg&w=3840&q=75)





