काठमाडौं। त्रितराज दास प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उदीयमान खेलाडी घोषित भएका छन्।
विभागीय टोली त्रिभुवन आर्मी क्लबका ओपनर २२ वर्षीय दासले १० इनिङ्समा ३६५ रन बनाएका थिए। उनले यो संस्करण नै प्रधानमन्त्री कपमा डेब्यु गरेका हुन्।
उनले प्रतियोगितामा एक शतक र एक अर्धशतक प्रहार गरे। उनले ५० हजार रुपैयाँ प्राप्त गरे। उनी यो प्रतियोगिताका सर्वाधिक रनकर्ताको सूचीमा दोस्रो स्थानमा रहे।