अर्जुन कुमाल प्रधानमन्त्री कपको उत्कृष्ट ब्याटर
शनिबार, चैत १५, २०८१खेलपाटी संवाददाता

काठमाडौं। अर्जुन कुमाल प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उत्कृष्ट ब्याटर घोषित भएका छन्।
गण्डकी प्रदेशबाट खेलिरहेका १९ वर्षीय कुमालले सर्वाधिक ३७४ रन बनाएका हुन्। उनले मधेश प्रदेशविरुद्ध शतक र लुम्बिनी प्रदेशविरुद्ध अर्धशतक प्रहार गरेका थिए।
नौ इनिङ्स खेलेका उनले ४१.५५ को औषत र ६८.३७ को स्ट्राइक रेटमा ३७४ रन बनाएका हुन्। उनले ४२ चौका र दुई छक्का प्रहार गरे। उनले एक थान मोटरसाइकल प्राप्त गरे।








-1762758084543.jpg&w=3840&q=75)





