काठमाडौं। स्पिनर ललितनारायण राजवंशी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उत्कृष्ट बलर घोषित भएका छन्।
नेपाल पुलिस क्लबबाट खेलिरहेका उनले सर्वाधिक ४१ विकेट लिएका हुन्।
१० इनिङ्समा उनले ८४.१ ओभर बलिङ गर्दै २३२ रन खर्चिए। उनले दुईपल्ट चार र पाँचपल्ट पाँच विकेट लिएका थिए। उनले एक थान मोटरसाइकल प्राप्त गरे।