हारबाट जोगियो वीरगञ्ज
बिहिबार, १४ चैत्र २०८१खेलपाटी संवाददाता

काठमाडौं। वीरगञ्ज युनाइटेड सहिद स्मारक ‘बी’ डिभिजन लिगमा हारबाट जोगिएको छ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा बिहीबार सम्पन्न खेलमा वीरगञ्जले श्री भगवती क्लबलाई १–१ को बराबरीमा रोकेको हो।
यो नतिजासँगै तीन खेलमा सात अंक जोडेको श्री भगवती शीर्ष स्थानमा उक्लिएको छ। समान खेलबाट पाँच अंकका साथ वीरगञ्ज चौथो स्थानमा छ।
श्री भगवतीका विक्रान्तनरसिंह राना गोल गरे। कृपाकान्त चौधरीले गोल गर्दै वीरगञ्जलाई खेलमा फर्काए।
३१औं मिनेटमा विक्रान्तको गोलमार्फत श्री भगवतीले सुरुआती अग्रता लिएको थियो। तर, इन्जुरी समयमा कृपाले गोल गर्दै वीरगञ्जलाई हारबाट जोगाए।









-1777729409687.jpeg&w=3840&q=75)
-1777729295941.jpeg&w=3840&q=75)

-1777647615809.jpeg&w=3840&q=75)
-1777639738077.jpeg&w=3840&q=75)