राजस्थानको चल्न सकेनन् ब्याटर
बुधबार, १३ चैत्र २०८१खेलपाटी संवाददाता

काठमाडौं। ब्याटर चल्न नसक्दा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा कोलकाता नाइट्स राइडर्ससामु १५२ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।
बार्सपरा क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको राजस्थानले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १५१ रन बनाएको हो।
राजस्थानका धुर्व जुरेलले सर्वाधिक ३३ रन बनाए। २८ बल खेलेका उनले पाँच चौका प्रहार गरे। ओपनर यशस्वी जैसवालले २४ बलमा दुई चौका र दुई छक्कासहित २९ रन बनाए।
कप्तान रियान पराग २५ र जोफ्रा आर्चर १६ रनमा आउट हुँदा अन्य ब्याटर चल्न सकेनन्। कोलकाताका बैभव अरोरा, हर्षित राना, मोइन अली र वरुण चक्रवर्थीले समान दुई विकेट लिए।










-1775916660994.webp&w=3840&q=75)
-1775884046825.webp&w=3840&q=75)




