फाइनल प्रवेश गर्न संकटा र एपिएफ भिड्दै
बुधबार, १३ चैत्र २०८१खेलपाटी संवाददाता

बुटवल। २३औं तिलोत्तमा गोल्डकपको पहिलो सेमिफाइनलमा विभागीय टोली एपिएफ र संकटा क्लब भिड्दै छन्।
यी दुईबीचको खेल देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा बुधबार हुने तय छ। अपरान्ह्र ४ बजे सुरु हुने खेल खेलपाटी टिभी (युट्युब) बाट प्रत्यक्ष प्रसारण हुनेछ।
एपिएफले पहिलो क्वार्टरफाइनलमा आयोजक रुपन्देही–११ लाई १–० ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो। संकटाले भने तेस्रो क्वार्टरफाइनलमा जर्जियन फुटबल क्लब कालिम्पोङ भारतलाई ४–० ले पाखा लगाउँदै एपिएफसँगको भेट पक्का गरेको हो। यी दुईबीचको विजेताले दोस्रो सेमिफाइनलको विजेतासँग खेल्ने छ।
दोस्रो सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेड र मच्छिन्द्र फुटबल क्लब भिड्ने छन्। यी दुईबीचको खेल बिहीबार हुनेछ।









-1777729409687.jpeg&w=3840&q=75)
-1777729295941.jpeg&w=3840&q=75)

-1777647615809.jpeg&w=3840&q=75)
-1777639738077.jpeg&w=3840&q=75)