शनिबार, १९ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

यमलको आलोचना

बुधबार, १३ चैत्र २०८१खेलपाटी संवाददाता
यमलको आलोचना
Loading ad...
mustang rice ad

काठमाडौं। स्पेनी युवा खेलाडी लामिन यमलले नेदरल्यान्ड्सका पूर्वखेलाडी राफाएल भान डेर वार्टको आलोचनाप्रति असन्तुष्टि जनाएका छन्।

यमलले आइतबार भएको नेसन्स लिगको क्वार्टरफाइनलमा नेदरल्यान्ड्सविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै स्पेनलाई जित दिलाएका थिए।

पेनाल्टी सुटआउटपछि १७ वर्षीय यमलले आफ्नो जर्सी हल्का तानेर भान डेर वार्टलाई जवाफ दिएका थिए। डच टेलिभिजनमा विश्लेश्कका रूपमा रहेका भान डेर वार्टले पहिलो लेगको २–२ बराबरीमा यमलको खेलभावनामा प्रश्न उठाएका थिए।

भान डेर वार्टले यमलमा प्रेरणा अभाव देखिएको भन्दै उनको खेल्ने शैलीमा बेपरवाहपना रहेको बताएका थिए। उनले यमलले जर्सी तल झारेर खेल्ने बानीलाई आलोचना गर्दै डच डिफेन्डर जोरेल हातोसँगको प्रतिस्पर्धामा उनी पराजित भएको दाबी गरेका थिए।

यमलका टिममेट निको विलियम्सले पनि खेलपछि सुटआउट जितको खुसीयालीमा यमलसँगै आफ्नो जर्सी तल झारेका थिए।

इन्स्टाग्राममा जवाफ
यमलले इन्स्टाग्राममा विलियम्ससँगको तस्बिरसहित भान डेर वार्टका तस्बिरहरू पोस्ट गर्दै हाँसोका इमोजी राखे। उनले लेखेका छन्, ‘जर्सी तल, एक गोल, एक मिस पेनाल्टी र सेमिफाइनलमा प्रवेश।’

उनको पोस्टमा स्पेनका खेलाडीहरूको उत्सव मनाइरहेको तस्बिरसमेत समावेश थियो। यस खेलमा यमलले अतिरिक्त समयमा गोल गरेका थिए। तर, पेनाल्टी सुटआउटमा स्पेनका लागि एक मात्र मिस गरे। स्पेनले ५–४ को जित निकाल्दै अन्तिम चारमा स्थान बनायो।

बार्सिलोनाका अर्का खेलाडी फेरान टोरेसले यामलको पोस्टमा समर्थन जनाउँदै कमेन्ट गरेका थिए। भान डेर वार्ट सन् २००८–१० मा रियल मड्रिडका खेलाडी थिए र २००० को दशकमा नेदरल्यान्ड्सका लागि १०० भन्दा बढी खेल खेलेका थिए। 

गत संस्करणको विजेता स्पेन लगातार दोस्रो नेसन्स लिग उपाधि जित्ने प्रयासमा छ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पोखरा महिला गोल्डकपको फाइनलमा आर्मी र पुलिस भिड्ने

पोखरा महिला गोल्डकपको फाइनलमा आर्मी र पुलिस भिड्ने

कोहलपुर गोल्डकप आजदेखि, दर्शकलाई निशुल्क प्रवेश

कोहलपुर गोल्डकप आजदेखि, दर्शकलाई निशुल्क प्रवेश

ओचोआले विश्वकपपछि सन्न्यास लिने

ओचोआले विश्वकपपछि सन्न्यास लिने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
संयोग र नविता च्याम्पियन

संयोग र नविता च्याम्पियन

चाँगुनारायण राष्ट्रिय ट्रेल रनमा राजन र सुनमाया पहिलो

चाँगुनारायण राष्ट्रिय ट्रेल रनमा राजन र सुनमाया पहिलो

पोखरा महिला गोल्डकपको फाइनलमा आर्मी र पुलिस भिड्ने

पोखरा महिला गोल्डकपको फाइनलमा आर्मी र पुलिस भिड्ने

हेल्प नेपाललाई हराउँदै रुकुम पश्चिमले जित्यो एनभीए भलिबल लिग

हेल्प नेपाललाई हराउँदै रुकुम पश्चिमले जित्यो एनभीए भलिबल लिग

कोहलपुर गोल्डकप आजदेखि, दर्शकलाई निशुल्क प्रवेश

कोहलपुर गोल्डकप आजदेखि, दर्शकलाई निशुल्क प्रवेश

प्रणव र आयुशमानको जोडी विजेता

प्रणव र आयुशमानको जोडी विजेता

नविता, वियंका, इभाना र योङगी सेमिफाइनलमा

नविता, वियंका, इभाना र योङगी सेमिफाइनलमा

युएईमाथि शतप्रतिशत जित

युएईमाथि शतप्रतिशत जित