बुधबार, कार्तिक १३, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

ऐतिहासिक जितमा निर्णायक जेलेस्पी

शुक्रबार, चैत ७, २०८१खेलपाटी संवाददाता
ऐतिहासिक जितमा निर्णायक जेलेस्पी
Classic Tech Internet Ad

काठमाडौं। विश्व फुटबलमा सिंगापुर नेपालभन्दा बलियो नै मानिन्छ। फिफा विश्व वरीयताले मात्रै होइन, विगतको नतिजाले पनि यही भन्छ। 

यसअघि खेलिएका तीन खेलमा नेपालले जित निकाल्नु त पर कै कुरा गोलसम्म गर्न सकेको थिएन। तर, चौथो भेटमा भने यी दुबै कुरा सम्भव भयो। यसको श्रेय भने २६ वर्षीय फरवार्ड जेलेस्पीजंघ कार्कीलाई कुनै हिचकिचाहटपूर्ण जान्छ।

उनकै निर्णायक गोलमा त हो नेपालले ३६ वर्षपछि सिंगापुरलाई पराजित गरेको। त्यो पनि उसैको मैदानमा। ‘सिंगापुरसँग जित्ने मेन्टालिटी लिएर खेलेका थियौं। प्रशिक्षणमा पनि यही मेन्टालिटी थियो। तर, मेरो गोलभन्दा पनि टिमवोर्क राम्रो भएर जित निस्किएको हो,’ उनले खेलपछि खुसी व्यक्त गर्दै भने।

नेपाल र सिंगापुर सन् १९८९ पछि आमुन्नेसामुन्ने भएका हुन्। ५ जुन १९८९ मा भएको पछिल्लो भेटमा सिंगापुरले नेपाललाई ७–० को नमिठो हार चखाएको थियो। 

त्यसअघि भएका दुई भेट (१९८२ र १९८९) मा भने नेपालले यति ठूलो हार बेहोरेको थिएन। त्यो हार (२–० र ३–०) भनेको एक हिसाबले चित्त बुझाउनलायक नै थियो।  

तर, यसपल्ट भने फिफा वरीयतामा आफूभन्दा १५ स्थान (१६०औं) रहेको सिंगापुरलाई नेपालले बदला लिन १२औं मिनेटमै जेलेस्पीले गरेको गोल नै काफी रह्यो। 

उनले मनीष डाँगीले उपलब्ध गराइदिएको पासमा गोल गर्दै ऐतिहासिक जित दिलाएका हुन्। ८ सेप्टेम्बर २०२३ मा म्यानमारविरुद्धको मैत्रीपूर्ण खेलमा डेब्यु गरेका जेलेस्पीले १२ अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन्। यो भने उनको तेस्रो अन्तर्राष्ट्रिय गोल हो।

टुसाल क्लबबाट सहिद स्मारक ‘बी’ डिभिजन लिग खेल्दै विभागीय टोली त्रिभुवन आर्मी क्लबमा उक्लिएका उनी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका संकटमोचक बन्दै आएका छन्। अझ ‘ब्याक टु ब्याक’ ऐतिहासिक जित दिलाउन त उनी पछिल्लो समय निर्णायक नै बनेका छन्।

यसअघि ११ जुन २०२४ मा साउदी अरबमा भएको विश्वकप छनोट २०२६ तथा एएफसी एसियन कप छनोट २०२७ अन्तर्गत यमनविरुद्ध पनि उनले नै गोल गरेका थिए। उक्त खेलमा अग्रता जोगाउन नसक्दा नेपाल २–२ को बराबरीमा रोकिएको थियो।

त्यसपछि अफगानिस्तानविरुद्धको २–१ को ऐतिहासिक जितमा पनि उनले नै सुरुआती गोल गरे। ताजिकिस्तानमा भएको उक्त मैत्रीपूर्ण खेलमा नेपालले १३ वर्षपछि अफगानिस्तानलाई पराजित गरेको थियो। यो खेलपश्चात् नेपाल पहिलोपल्ट सिंगापुरविरुद्ध मैदान उत्रिएको हो।

‘हामी जित्ने मेन्टालिटीका साथ प्रशिक्षण गर्छौं। जब विपक्षीविरुद्ध मैदान उत्रिन्छौं त्यहाँ त यो कुरा हुने भइहाल्यो,’ उनी सुनाउँछन्। नेपालले सिंगापुरसँग एएफसी एसियन कप छनोट २०२७ को तेस्रो चरणको तयारीस्वरूप यो मैत्रीपूर्ण खेल खेलेको हो।

लिग र कुनै अन्तर्राष्ट्रिय प्रतियोगिताबिना दुई हप्ताको तयारी गरेर सिंगापुर पुगेको नेपालको लक्ष्य मलेसियाविरुद्धको खेलअघि टोलीमा देखिएको कमिकजोरी पहिचहान र समाधान गर्ने हो। अब नेपालले मार्च २५ मा घरेलु टोली मलेसियासँग प्रतिस्पर्धा गर्ने तय छ। सिंगापुरसँग निस्किएको यो ऐतिहासिक नतिजाले नेपाली टोलीमा आत्मविश्वास थपिएको छ।

त्यसैले फिफा विश्व वरीयतामा ४३औं स्थानमाथि रहेको मलेसियाविरुद्ध पनि यही जोसका साथ खेल्ने जेलेस्पी बताउँछन्। ‘यही इफोर्ट र टिमवोर्क कायम रहन्छ। हामी यही जोसका साथ मलेसियाविरुद्ध मैदान उत्रिने छौं। आशा छ हामीले राम्रो प्रदर्शन गरेर जित निकाल्छौं,’ उनले भने।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पथरीशनिश्चरे गोल्डकपमा  ए डिभिजनका दुईसहित ८ टिम 

पथरीशनिश्चरे गोल्डकपमा ए डिभिजनका दुईसहित ८ टिम 

महिला खेलाडीलाई एन्फाले भोकै राखेको भन्दै खेलाडी संघको आपत्ति

महिला खेलाडीलाई एन्फाले भोकै राखेको भन्दै खेलाडी संघको आपत्ति

नेपालले आफ्नो ‘होम म्याच’ मलेसियामा खेल्ने

नेपालले आफ्नो ‘होम म्याच’ मलेसियामा खेल्ने

Bajaj Pulsar Motorcycle Ad
पथरीशनिश्चरे गोल्डकपमा  ए डिभिजनका दुईसहित ८ टिम 

पथरीशनिश्चरे गोल्डकपमा ए डिभिजनका दुईसहित ८ टिम 

शाईन रेसुङ्गा बैंकसँग जाेडियाे लुम्बिनी लायन्स

शाईन रेसुङ्गा बैंकसँग जाेडियाे लुम्बिनी लायन्स

महिला खेलाडीलाई एन्फाले भोकै राखेको भन्दै खेलाडी संघको आपत्ति

महिला खेलाडीलाई एन्फाले भोकै राखेको भन्दै खेलाडी संघको आपत्ति

नेपालले आफ्नो ‘होम म्याच’ मलेसियामा खेल्ने

नेपालले आफ्नो ‘होम म्याच’ मलेसियामा खेल्ने

दक्षिण एसियाली एथलेटिक्समा नेपाल तेस्रो

दक्षिण एसियाली एथलेटिक्समा नेपाल तेस्रो

नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिताको तयारी अन्तिम चरणमा

नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिताको तयारी अन्तिम चरणमा

कमजोर माल्दिभ्ससँग मात्रै नेपाल हाबी

कमजोर माल्दिभ्ससँग मात्रै नेपाल हाबी

एरिका र प्रशिक्षक कुशल सम्मानित

एरिका र प्रशिक्षक कुशल सम्मानित