मंगलबार, ०१ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

बैंग्लोरको नयाँ नेतृत्वले नयाँ कथा लेख्ला?

सोमबार, ०४ चैत्र २०८१खेलपाटी संवाददाता
बैंग्लोरको नयाँ नेतृत्वले नयाँ कथा लेख्ला?
Classic Tech Internet Ad

काठमाडौं। रोयल च्यालेन्जर्स बैंग्लोरका लागि इन्डियन प्रिमियर लिग (आइपिएल) २०२४ का सुरुआती खेल निकै असहज बनेको थियो।

बैंग्लोरले सुरुआती आठमध्ये सात खेल हारेको थियो। तर, लगातार ६ खेल जित्दै प्लेअफमा स्थान बनायो। अन्तिम खेलमा चेन्नई सुपर किंग्सलाई नेट रन रेटमा पछि पार्दै बैंग्लोर एलिमिनेटरमा पुगेको थियो। तर, राजस्थान रोयल्ससँग पराजित भयो।

अहिलेसम्मको यात्रामा बैंग्लोरले अन्तर्राष्ट्रिय स्तरमा स्थापित खेलाडीलाई कप्तानी सुम्पिएको छ। तर, यसपल्ट बैंग्लोरले रजत पाटीदारमाथि बाजी लगाएको छ। उनले फाफ डु प्लेसिसको स्थान लिनेछन्, जसलाई फ्रेन्चाइजीले रिटेन गरेको थिएन।

सैयद मुश्ताक अली ट्रफी २०२४–२५ मा जम्मा ११ जना ब्याट्सम्यानले ३०० भन्दा बढी रन बनाए। तर, तीमध्ये सबैभन्दा छिटो रन बनाउने खेलाडी पाटीदार (१८६.०८) थिए जसले ६१.१४ को औसतमा ४२८ रन बनाए। उनी सिजनमा सर्वाधिक रन बनाउने खेलाडी पनि थिए। उनी सिजनमा सबैभन्दा धेरै २७ छक्का प्रहार गर्ने खेलाडी पनि हुन्।

दिनेश कार्तिक पनि उनीसँग ब्याटिङ मेन्टरको रूपमा जोडिएका छन्। पछिल्ला तीन सिजनमा उनले बैंग्लोरबाट खेलेका थिए। तर, उनले ढल्किदो उमेरसँगै सन्न्यास लिइसकेका छन्। ओमकार साल्वीलाई बलिङ प्रशिक्षकको रूपमा कोचिङ स्टाफमा थपिएको छ। कार्तिक फ्रेन्चाइजको कप्तान हुँदा साल्वी पनि कोलकाता नाइट राइडर्सका  हिस्सा थिए।

ज्याकब बेथेलले आफ्नो खेलबाट धेरै प्रभावित पारेका छन्। बेथेलसँग ठूला शट खेल्ने र बायाँ हाते स्पिन बलिङको विकल्प बन्ने क्षमता छ। यसका अलवा एक चुस्त फिल्डर पनि हुन्। त्यसैले उनी यस टोलीमा ग्लेन म्याक्सवेलको लागि एक उत्तम विकल्प हुन्। 

सन् २०२२ मा भएको यु–१९ विश्वकपको क्रममा उनले दक्षिण अफ्रिकाविरुद्ध ४२ बलमा ८८ रन बनाएका थिए। २०२३ मा टी–२० ब्लास्ट फाइनलमा उनको अद्भुत क्याच भाइरल भयो।

सन् २०२४ मा उनले १६ बलमा अविजित ५६ रन बनाउँदै बर्मिंघम बियर्सको इतिहासमा सबैभन्दा छिटो अर्धशतक बनाए। यस्तो अवस्थामा २०२५ मा बेथेलले के गर्छन् भनेर हेर्न बाँकी छ।

उमेर छलकपटको आरोपमा दुई वर्षको प्रतिबन्ध लागेपछि रसिख दारले क्रिकेटबाट टाढा रहने जोखिमको सामना गर्नुपरेको थियो। तर, फर्कंदा उनको ढाडमा चोट लाग्यो। उनले जम्मू कश्मीरको आफ्नो राज्य टोलीमा पनि स्थान पाउन सकेनन्। 

उनलाई इरफान पठान र मुम्बई इन्डियन्सले परामर्श दिएका थिए। त्यसपश्चात उनी सन् २०१८ मा विक्री भएका थिए। गत सिजन दिल्ली क्यापिटल्सबाट उत्कृष्ट प्रदर्शन गरेपछि रसिक अब आफ्नो क्रिकेटलाई ट्रयाकमा फर्काउन तयार छन्। स्लो बल र भिन्नतासहितको बल खेल्न सक्नु उनको विशेषता हो।

चोटका कारण जोश हेजलवुडले बोर्डर–गावस्कर ट्रफीको अन्तिम दुई टेस्ट गुमाए र च्याम्पियन्स ट्रफीबाट पनि बाहिरिए। उखेल्न तयार भए पनि उनले अन्तिम पटक २०२३ मा बैंग्लोरबाट खेलेका थिए।

भारतमा भएको एकदिवसीय शृंखलाको क्रममा बेथेलको औंलामा पनि चोट लागेको थियो। यद्यपि, उनी चोटबाट राम्रोसँग निको भइरहेका छन् र सिजनको सुरुआतका लागि उपलब्ध हुने अपेक्षा गरिएको छ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

आइपीएल अक्सनमा ३ अर्ब ४४ करोड ७२ लाख खर्च, ग्रीन सबैभन्दा महँगा खेलाडी

आइपीएल अक्सनमा ३ अर्ब ४४ करोड ७२ लाख खर्च, ग्रीन सबैभन्दा महँगा खेलाडी

१९ वर्षमै कार्तिकले पाए २२ करोड रुपैयाँ

१९ वर्षमै कार्तिकले पाए २२ करोड रुपैयाँ

 ग्रीन बने आइपीएलमा बिक्ने सबैभन्दा महँगा विदेशी खेलाडी

ग्रीन बने आइपीएलमा बिक्ने सबैभन्दा महँगा विदेशी खेलाडी

Bajaj Pulsar Motorcycle Ad
आइपीएल अक्सनमा ३ अर्ब ४४ करोड ७२ लाख खर्च, ग्रीन सबैभन्दा महँगा खेलाडी

आइपीएल अक्सनमा ३ अर्ब ४४ करोड ७२ लाख खर्च, ग्रीन सबैभन्दा महँगा खेलाडी

पथरी–११ ट्राइब्रेकरमा विजयी

पथरी–११ ट्राइब्रेकरमा विजयी

१९ वर्षमै कार्तिकले पाए २२ करोड रुपैयाँ

१९ वर्षमै कार्तिकले पाए २२ करोड रुपैयाँ

 ग्रीन बने आइपीएलमा बिक्ने सबैभन्दा महँगा विदेशी खेलाडी

ग्रीन बने आइपीएलमा बिक्ने सबैभन्दा महँगा विदेशी खेलाडी

को हुन् २२ करोडमा चेन्नाईले किनेको वीर ?

को हुन् २२ करोडमा चेन्नाईले किनेको वीर ?

मेसीले मोदीलाई किन भेटेनन्?

मेसीले मोदीलाई किन भेटेनन्?

रेखासम्मिलित माजिया एफएएम महिला फुटबल लिगको उपाधिनजिक

रेखासम्मिलित माजिया एफएएम महिला फुटबल लिगको उपाधिनजिक

महिला तथा पुरुष सर्कल कबड्डी प्रतियोगिता खेल्ने नेपालको टोली घोषणा

महिला तथा पुरुष सर्कल कबड्डी प्रतियोगिता खेल्ने नेपालको टोली घोषणा