आइतबार, २२ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. पारा खेलकुद
Loading ad...
Bhat Bhateni Supermarket Ad

क्लबस्तरीय ह्विलचियर बास्केटबलमा १३ टोली

शनिबार, ०२ चैत्र २०८१खेलपाटी संवाददाता
क्लबस्तरीय ह्विलचियर बास्केटबलमा १३ टोली
Loading ad...
mustang rice ad

काठमाडौं। अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगितामा १३ टोलीले सहभागिता जनाउने भएका छन्।

नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइए) को आयोजनामा हुने प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा चैत ४ र ५ गते हुने तय छ।

संघले गोकर्णेश्वर नगरपालिका ६, नारायणटारमा शनिबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो।

संघका अनुसार दुई दिन चल्ने प्रतियोगितामा पुरुषतर्फ सात र महिलातर्फ ६ गरी १३ टोलीले सहभागिता जनाउने पक्का भएको हो। प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।

प्रतियोगिताका टेक्निकल हेड तथा कमिस्नर प्रेमसुन्दर होनाका अनुसार पुरुषतर्फ समूह ‘ए’ मा दुई विभागीय टोली एपिएफ र आर्मीसहित इस्पाइनल कट इन्जरी नेटवर्क नेपाल (एससिआइएनएन) र ह्विलचियर स्पोर्ट्स एसोसिएसन (डब्ल्युएसए) छन्। 

अर्को समूहमा बिआइए, नेपाल आदिवासी जनजाती अपांग संघ (एनआइडिए) र आयोजक टोली एनएससिआइए छन्। महिलातर्फ भने समूह ‘ए’ मा एससिआइएनएन, राष्ट्रिय आदिवासी अपांग महिला संघ नेपाल (निडवान) र आयोजक टोली एनएससिआइए छन्। अर्को समूहमा जावलाखेल ह्विलचियर स्पोर्ट्स क्लब (जिडब्युएससी), डब्ल्युएसए र बिआइए छन्।

लिग कम नकआउट आधारमा हुने प्रतियोगिताको पहिलो दिन १५ खेल हुनेछन्। यी सबै लिग चरणका खेल सकिएसँगै दोस्रो दिन सेमिफाइनल, फाइनल, तेस्रो र चौथो स्थानका लागि प्रतिस्पर्धा हुने टेक्निकल हेड होनाले जानकारी दिए। 

हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन्। सेमिफाइनल विजेताले फाइनलमा स्थान बनाउने छन्। ‘पराजित हुने दुई/दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्,’ उनले भने।

प्रतियोगिताको पहिलो खेलमा पुरुषतर्फ एपिएफ र एससिआइएनएन भिड्ने छन्। महिलातर्फ जावलाखेलले डब्ल्युएसएलाई चुनौती प्रस्तुत गर्नेछन्।

संघका अध्यक्ष देवी आचार्यका अनुसार महिला र पुरुष दुवै टिमको विजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। दोस्रोले ४० र तेस्रोले ३० हजार रुपैयाँ पाउने छन्। प्रतियोगिताको हाइ स्कोरर र सर्वोत्कृष्ट खेलाडीले समान तीन हजार रुपैयाँ प्राप्त गर्नेछन्। 

यस प्रतियोगितामा सहभागी हुने सबै खेलाडीलाई जर्सीसहित प्रतिदिन एक हजार रुपैयाँ दरले यातायात खर्च र खाना खाजासमेत उपलब्ध गराइने उनले जानकारी दिइन्।

यस प्रतियोगिता सम्पन्न गर्न १२ लाख २९ हजार रुपैयाँ लाग्ने आचार्यले जानकारी दिइन्। ‘मिति सर्दै जाँदा बल्लतल्ल ४ र ५ गते समय पाएका हौं। त्यसैले अनिश्चितता हुँदा तयारीका लागि पर्याप्त समय नै पाइनौं। छोटो समयमै विभिन्न निकायहरूमा आर्थिक सहयोग गर्न अनुरोध गरेका थियौं। तर, त्यसअनुसार सहयोग पाएनौं,’ उनले भनिन्।

उनका अनुसार युवा तथा खेलकुद मन्त्रालय बागमती प्रदेश र प्रदेश खेलकुद विकास परिषद्बाट मात्रै सहयोग प्राप्त भएको छ। हालसम्म १० लाख रुपैयाँ उठेको अध्यक्ष आचार्यले जानकारी दिइन्। यसपल्ट राखेपले भेन्यु उपलब्ध गराएको छ। यस्तै, नेपाल बास्केटबल संघ र एनएससिआइएले सहकार्य गर्नेछन्। 

पत्रकार सम्मेलनमा संघका अध्यक्ष आचार्य र टेक्निकल हेड होना, महासचिव राजु खड्का, उपाध्यक्ष सुन्दर राई, सचिव रवीन्द्र खड्का, वरिष्ठ सदस्य अनन्त राईलगायतको उपस्थिति थियो।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पारा एथेटिक्स टोली भारत प्रस्थान

पारा एथेटिक्स टोली भारत प्रस्थान

नेगी विश्व तेक्वान्दोबाट ‘बेस्ट कोच अफ द ईयर’

नेगी विश्व तेक्वान्दोबाट ‘बेस्ट कोच अफ द ईयर’

रेनु र नेगी सम्मानित

रेनु र नेगी सम्मानित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
मञ्जुश्री ट्रेल रेस अप्रिल १७ देखि

मञ्जुश्री ट्रेल रेस अप्रिल १७ देखि

चेर्कीले किन लगाए लिभरपुलको जर्सी ?

चेर्कीले किन लगाए लिभरपुलको जर्सी ?

ओस्कारले ३४ वर्षको उमेरमा लिए सन्न्यास

ओस्कारले ३४ वर्षको उमेरमा लिए सन्न्यास

मियामीलाई मेसीले जोगाउन सकेनन्

मियामीलाई मेसीले जोगाउन सकेनन्

लिभरपुललाई हराउँदै सिटी सेमिफाइनलमा

लिभरपुललाई हराउँदै सिटी सेमिफाइनलमा

चाँडै मैदान फर्किने छैनन् बेकर

चाँडै मैदान फर्किने छैनन् बेकर

फेरि हार्‍यो चेन्नई

फेरि हार्‍यो चेन्नई

बंगलादेशलाई  दोस्रो पटक उपाधि

बंगलादेशलाई दोस्रो पटक उपाधि