मंगलबार, मंसिर ३, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

हेन्डरसन र रासफोर्ड इङ्ल्यान्डको टोलीमा

शनिबार, चैत १, २०८१खेलपाटी संवाददाता
हेन्डरसन र रासफोर्ड इङ्ल्यान्डको टोलीमा
Classic Tech Internet Ad

काठमाडौं। मुख्य प्रशिक्षक थोमस टुचेलले जोर्डन हेन्डरसन र मार्कस रासफोर्डलाई इङ्ल्यान्डको टोलीमा स्वागत गरेका छन्।

टुचेलले वेम्बली स्टेडियममा हुने अल्बानिया र लाट्भियाविरुद्धको विश्वकप छनोट खेलअघि आफ्नो पहिलो टोलीमा यी दुई खेलाडीलाई समावेश गरेका हुन्।

हेन्डरसन र रासफोर्ड दुवैलाई पूर्वप्रशिक्षक गेरेथ साउथगेटले गत वर्षको युरोपियन च्याम्पियनसिपमा टोलीमा समावेश गरेका थिएनन्। योसँगै यी दुई खेलाडीको अन्तर्राष्ट्रिय करिअर अन्योलमा परेको थियो।

तर, संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानडामा सन् २०२६ को विश्वकपका लागि यी दुई खेलाडी टोलीमा मुख्य दावेदार मानिएका छन्। ‘जोर्डन लगातार उपाधि जित्ने खेलाडी हुन्,’ टुचेलले अयाक्सका मिडफिल्डर हेन्डरसनको बारेमा भने, ‘उनले टिमलाई नेतृत्व र ऊर्जा प्रदान गर्छन्।’

३४ वर्षीय हेन्डरसनले लिभरपुललाई सन् २०१९ मा च्याम्पियन्स लिग र २०२० मा प्रिमियर लिग जित्न मद्दत गरे। सन् २०२३ मा उनी साउदी क्लब अल–इत्तिफाकमा गएका थिए। तर, त्यहाँ ६ महिना मात्रै टिके र अन्ततः अयाक्स फर्किए। उनको उद्देश्य युरोपियन फुटबल खेलिरहने र इङ्दल्यान्डको टोलीमा आफ्नो स्थान सुरक्षित गर्ने थियो।

‘जोर्डनमा हामीलाई चाहिने सबै गुण छ। उनले हाम्रो टिमको आदर्श प्रतिनिधित्व गर्छन्,’ टुचेलले वेम्बलीको पत्रकार सम्मेलनमा भने।

टुचेल रासफोर्डको हालको प्रदर्शनबाट पनि निकै प्रभावित देखिए। २७ वर्षीय फरवार्डले म्यानचेस्टर युनाइटेडमा अवसर पाएनन्। त्यसैले ऋणमा उनी एस्टन भिल्ला गएका थिए। भिल्लामा उनले उत्कृष्ट प्रदर्शन गरेका छन्।

‘मार्कसको प्रभाव एस्टन भिल्लामा ठूलो छ। उनको शारीरिक प्रभाव प्रभावशाली थियो। तर, सबैभन्दा महत्त्वपूर्ण कुरा उनले बलबिना पनि टिमलाई मद्दत पुर्‍याएका छन्। उनको वर्करेट, डिफेन्सिभ योगदान, काउन्टर–प्रेसिङ र ट्र्याकिङ ब्याक गर्ने शैली निकै प्रभावशाली छ,’ टुचेलले भने।

भिल्लाले बुधबार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिग क्वार्टरफाइनलमा स्थान बनाएको थियो। ‘हामीले उनलाई टोलीमा बोलाउनुपर्छ भन्ने महसुस गर्यौं,’  टुचेलले भने,‘हामी उनलाई उच्च स्तरमा राख्न चाहन्छौं, पुराना बानीमा फर्किनबाट रोक्न चाहन्छौं। यो क्याम्पमा हामी उनलाई राम्रोसँग बुझ्नेछौं र उनलाई यही स्तरमा निरन्तरता दिन उत्प्रेरित गर्नेछौं।’

रासफोर्ड यो सिजनको जनवरी स्थानान्तरण विन्डो बन्द हुनुभन्दा अघिल्लो दिन भिल्लामा अनुबन्ध भएका थिए। युनाइटेडका प्रशिक्षक रुबेन अमोरिमले रासफोर्डको प्रदर्शनप्रति प्रश्न उठाएका थिए।

इङ्ल्यान्डले आउँदो शुक्रबार अल्बानियालाई तथा तीन दिनपछि लाट्भियालाई वेम्बली स्टेडियममा सामना गर्नेछ। टुचेलले सन् २०२१ मा चेल्सीलाई च्याम्पियन्स लिग जिताएका थिए। इङ्ल्यान्डलाई उपाधि जिताउने लक्ष्यसहित उनी नियुक्त भएका छन्। इङ्ल्यान्डको एक मात्र विश्वकप सन् १९६६ मा जितेको थियो। साउथगेटको नेतृत्वमा इङ्ल्यान्डले सन् २०१८ को विश्वकपमा सेमिफाइनल र युरो २०२० फाइनलसम्म पुगेको थियो।
 

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपालको लगातार पाँचौं हार

नेपालको लगातार पाँचौं हार

लालीगुराँसले जित्यो प्रेसिडेन्ट लिग

लालीगुराँसले जित्यो प्रेसिडेन्ट लिग

पुनर्निर्माण यात्राको  परीक्षण क्षणमा नेपाल

पुनर्निर्माण यात्राको परीक्षण क्षणमा नेपाल

Bajaj Pulsar Motorcycle Ad
नेपालको लगातार पाँचौं हार

नेपालको लगातार पाँचौं हार

विराटनगरको सानदार जित

विराटनगरको सानदार जित

लालीगुराँसले जित्यो प्रेसिडेन्ट लिग

लालीगुराँसले जित्यो प्रेसिडेन्ट लिग

चितवनको रोमाञ्चक जित

चितवनको रोमाञ्चक जित

एसीसी यू–१९ प्रिमियर कप खेल्ने नेपालको टिम घोषणा

एसीसी यू–१९ प्रिमियर कप खेल्ने नेपालको टिम घोषणा

प्रियांक शतकबाट चुके, चितवनले पायो मध्यम लक्ष्य

प्रियांक शतकबाट चुके, चितवनले पायो मध्यम लक्ष्य

साफ फुटसल च्याम्पियनसिपमा सातै सदस्य राष्ट्रले सहभागिता जनाउने

साफ फुटसल च्याम्पियनसिपमा सातै सदस्य राष्ट्रले सहभागिता जनाउने

स्पोर्ट्स मेडिसिन एन्ड रिसर्च सेन्टरको लागि डा. सिंहको संयोजकत्वमा कार्यदल गठन

स्पोर्ट्स मेडिसिन एन्ड रिसर्च सेन्टरको लागि डा. सिंहको संयोजकत्वमा कार्यदल गठन