शुक्रबार, ०८ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

कुवेत बैठकमाथि जालझेल, अवैधानिक कमिटीबाट सदस्यता दिने प्रयास

बिहिबार, २९ फाल्गुण २०८१खेलपाटी संवाददाता
कुवेत बैठकमाथि जालझेल, अवैधानिक कमिटीबाट सदस्यता दिने प्रयास
Loading ad...
mustang rice ad

काठमाडौं । अवैधानिक कमिटीबाट नयाँ सदस्यता दिने गरी नेपाल ओलम्पिक कमिटीको साधारण सभा बैठक आह्वान गरिएको छ । 

नेपाल सरकारले अवैधानिक कमिटीको रुपमा कारबाही गरेको र अन्तराष्ट्रिय ओलम्पिक कमिटी आईओसीले समेत मान्यता नदिएको नेपाल ओलम्पिकको अवैधानिक कमिटीले चैत ७ गते ओलम्पिक भवन सातदोबाटोमा साधारण सभा बैठक आह्वान गरेको छ । 

अवैधानिक कमिटीका महासचिवको रुपमा राजीव श्रेष्ठले पत्र लेख्दै विशेष साधारण सभामा २७ संघलाई बोलाएका छन् । 

गत मंगलबार कुवेतमा ओसिए प्रतिनिधि सहितको बैठकले सदस्यता नपाएर अदालतमा मुद्धा दायर गरेका ५ खेल संघलाई साधारण सभाबाट सदस्यता दिने सहमती बनेको थियो । 

कुवेत बैठकको सहमतीको अपब्याख्या र जालझेल गर्दै जीवनराम श्रेष्ठ नेतृत्वको ओलम्पिकले नेपाल सरकार, सर्वोच्च अदालत, आईओसी र ओसिएले मान्यता नदिएको कमिटीबाट नयाँ सदस्यता दिने गरी साधारण सभा बैठक बोलाएको हो । 

ओलम्पिकको विधान संशोधन र निर्वाचनलाई अन्तराष्ट्रिय ओलम्पिक कमिटी र ओलम्पिक कमिटी अफ एसियाले मानेका छैनन् । नेपाल ओलम्पिकको विधान संशोधनदेखि निर्वाचन प्रकृयालाई आईओसी र ओसिएले मान्यता नदिएको बताएका थिए । त्यसपछि नेपाल ओलम्पिक कभिटीमा देखिएको विवाद समाधानका लागि आईओसी र ओसिएले सहजीकरणको प्रयास थालेका थिए ।

बैठकमा ५ खेल संघलाई १५ दिनभित्र साधारण सभा बैठक बोलाएर सदस्यता दिने सहमती बनेको थियो । तर विवादीत र अवैधानिक कमिटीबाट सदस्यता दिने गरी प्रकृयालाई अघि बढाउन खोजिएको छ ।

आईओसी र ओसिएलाई समेत विवादमा पार्ने गरी अवैधानिक प्रकृयाबाट निर्वाचन भएको कमिटीले नयाँ सदस्यता दिने गरी साधारण सभा बैठक बोलाएको हो । 

ओलम्पिकको अवैधानिक निर्वाचन प्रकृयालाई २७ मध्य ७ खेल संघले बहिष्कार गरेका थिए भने ओलम्पिकमा निर्वाचित भनिएका उपाध्यक्षद्धय प्रकारशमसेर राणा, अनिल शर्मा सहित सदस्यहरु राम अवाले, मनिष जोशी र जितेन्द्रबहादुर चन्दले अदालतको आदेश र सरकारको निर्देशन पालना गर्ने भन्दै पदबाट राजीनामा दिएका थिए । 

सरकारले अवैधानिक निर्वाचनबाट गठितत नेपाल ओलम्पिक कमिटी र सहभागी खेल संघहरुलाई कारबाही गरिसकेको छ । सोही अनुसार वैदेशिक भ्रमणमा रोकदेखि सरकारी सहयोग बन्द गर्नेसम्मको निर्णय गरिसकेको छ । अदालतमा समेत ओलम्पिकको विधान संशोधनदेखि निर्वाचन हुँदै अदालतको अवहेलनासम्मको मुद्धा विचाराधिन छ ।


 

Loading ad...
LiNing Ad
#नेपाल ओलम्पिक कमिटी

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
भूपू सैनिकलाई उपाधि

भूपू सैनिकलाई उपाधि

एन्फा निर्वाचन फेरि स्थगित

एन्फा निर्वाचन फेरि स्थगित

लिटिल एन्जल्सलाई लोयल्टी कप

लिटिल एन्जल्सलाई लोयल्टी कप

तेजस्वी कप अन्तरविद्यलय बास्केटबल आइतबारदेखि

तेजस्वी कप अन्तरविद्यलय बास्केटबल आइतबारदेखि

शब्द चिन्तन फाइनलमा, चापाकोट अयोग्य घोषित

शब्द चिन्तन फाइनलमा, चापाकोट अयोग्य घोषित

जय ट्रफीमा भीमको अर्धशतक

जय ट्रफीमा भीमको अर्धशतक

आफ्नै घाँटी निमोठेको अस्ट्रेलिया

आफ्नै घाँटी निमोठेको अस्ट्रेलिया

माडीले जित्यो पीएफसी इमर्जिङ् कप

माडीले जित्यो पीएफसी इमर्जिङ् कप