बिहिबार, असोज ३०, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

लगातार च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा डर्टमुन्ड

बिहिबार, फागुन २९, २०८१खेलपाटी संवाददाता
लगातार च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा डर्टमुन्ड
Classic Tech Internet Ad

काठमाडौं। बोरुसिया डर्टमुन्डले दोस्रो वर्ष लगातार च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा स्थान बनाएको छ।

बुधबार राति लिलेविरुद्धको अन्तिम १६ को दोस्रो लेगमा एम्रे कान र म्याक्सिमिलियन बायरले गोल गर्दै जर्मन क्लबलाई २–१ को जित दिलाए। समग्रमा ३–२ को जित हात पार्दै डर्टमुन्डले अन्तिम आठमा स्थान पक्का गर्‍यो।

अब डर्टमुन्डले सेमिफाइनल प्रवेश गर्न बार्सिलोनासँग प्रतिस्पर्धा गर्नेछ। ‘हामी निकै राहत महसुस गरिरहेका छौं। पहिलो हाफमा हामीले धेरै अवसर सिर्जना गर्‍यौं। टोलीले दोस्रो हाफमा पनि उच्च गतिमा खेल्दै जित सुनिश्चित गर्‍यो,’ खेलपछि डर्टमुन्डका मिडफिल्डर सेबास्टियन केहलले भने।

फ्रान्सेली क्लब लिले पहिलोपल्ट च्याम्पियन्स लिगको क्वार्टरफाइनल पुग्ने लक्ष्यसहित मैदानमा उत्रिएको थियो। तर, उक्त आशा समाप्त भयो। यसअघि रियल मड्रिड र एट्लेटिको मड्रिडजस्ता टोलीलाई हराउँदै अन्तिम १६ मा प्रवेश गरेको लिले अन्ततः डर्टमुन्डसँग पराजित हुन पुग्यो।

लिलेका मिडफिल्डर बेन्जामिन आन्द्रे निराश देखिए। ‘हामीले हाम्रो वास्तविक खेल देखाउन सकेनौं। हामी आत्तिएका थियौं, जुन गल्ती भयो,’ उनले भने।

लिलेले खेलको पाँचौं मिनेटमै जोनाथन डेविडको गोलमार्फत अग्रता लिएको थियो। इस्माइलीको कटब्याक पासमा डेविडले सजिलै गोल गरे। डर्टमुन्डका गोलकिपर ग्रेगर कोबेलले गल्ती गर्दै बल खुट्टाबीचबाट जान दिए।

डर्टमुन्डले पहिलो हाफमै केही अवसर सिर्जना गरेको थियो। पस्कल ग्रोसको प्रहारलाई लिलेका डिफेन्डर एलेक्ससान्द्रोले गोललाइनमै रोक्न सफल भए। तरऽ दोस्रो हाफमा डर्टमुन्ड आक्रामक देखियो।

५४औं मिनेटमा एम्रे कानले पेनाल्टीबाट गोल गर्दै खेल बराबरीमा ल्याए। ६५औं मिनेटमा म्याक्सिमिलियन बायरले उत्कृष्ट टर्न लिएर गोल गर्दै डर्टमुन्डलाई २–१ को अग्रता दिलाए। त्यसपछि डर्टमुन्डले खेलमा नियन्त्रण राख्दै उत्कृष्ट बचाउ गर्‍यो।

निक्को कोभाचको टोली (जो बुन्डेसलिगामा १०औं स्थानमा छ) ले लिलेलाई पुनः खेलमा फर्किन कुनै अवसर दिएन। अब डर्टमुन्डले बार्सिलोनासँग क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्नेछ, जसले थप रोमाञ्चक खेलको संकेत गर्छ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बार्सिलोनामा नै बस्ने भए डी जोङ

बार्सिलोनामा नै बस्ने भए डी जोङ

स्वदेश फर्किँदै नेपाली फुटबल टोली

स्वदेश फर्किँदै नेपाली फुटबल टोली

मेसीको नाममा  ‘मेसी कप’ हुने

मेसीको नाममा ‘मेसी कप’ हुने

Bajaj Pulsar Motorcycle Ad
विश्वकपमा छनोट हुने अन्तिम टोली बन्यो यूएई

विश्वकपमा छनोट हुने अन्तिम टोली बन्यो यूएई

विलियमसन लखनऊको रणनीतिक सल्लाहकार

विलियमसन लखनऊको रणनीतिक सल्लाहकार

बार्सिलोनामा नै बस्ने भए डी जोङ

बार्सिलोनामा नै बस्ने भए डी जोङ

आश्विनले गरे नेपाली टोलीको प्रशंसा

आश्विनले गरे नेपाली टोलीको प्रशंसा

स्वदेश फर्किँदै नेपाली फुटबल टोली

स्वदेश फर्किँदै नेपाली फुटबल टोली

मेसीको नाममा  ‘मेसी कप’ हुने

मेसीको नाममा ‘मेसी कप’ हुने

उपाधिनजिक नेपाल

उपाधिनजिक नेपाल

तेसोपल्ट विश्वकपमा पुग्यो नेपाल

तेसोपल्ट विश्वकपमा पुग्यो नेपाल