बुधबार, २० फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

भारतीय फुटबलमा सास भर्न सुनीलको पुनरागमन

शनिबार, २४ फाल्गुण २०८१खेलपाटी संवाददाता
भारतीय फुटबलमा सास भर्न सुनीलको पुनरागमन
Loading ad...
mustang rice ad

काठमाडौं। १४० करोड जनसंख्या भएको भारत अझै पनि फुटबलमा किन पछाडि छ? यो एउटा सदाबहार प्रश्न हो। के सुनील क्षेत्रीको पुनरागमनले यो तथ्यलाई केही हदसम्म परिवर्तन गर्न सक्छ?

जुन ६, २०२४ मा भारतीय फुटबल टोलीका कप्तान सुनील ११ नम्बरको नीलो जर्सी लगाएर कुवेतविरुद्ध मैदान उत्रिएका थिए। कोलकातामा भइरहेको यो खेल २०२६ को विश्वकपको छनोट थियो।

भारतले कुवेतविरुद्धको पहिलो ‘अवे खेल’ १–० ले जितेको थियो। भारतका स्टार स्ट्राइकर सुनीलले घरेलु दर्शकलसामू त्योभन्दा उत्कृष्ट नतिजा दिलाउन आफ्नो सक्दो प्रयास गरे। तर, खेल गोलरहित बराबरीमा सकियो। दुई खेलपछि गोल अन्तरको आधारमा भारत १–० ले विजयी रह्यो।

खेलपछि पसिनाले भिजेका सुनीलले कोलकाता रंगशालामा उपस्थित ५९ हजार दर्शकलाई सम्मान गर्दै आफ्नो टाउको निहुराए र केही दिनपछि उनले सामाजिक सञ्जालमार्फत आफ्नो प्रिय खेलबाट बिदाइ लिएको घोषणा गरे।

उनले सन्न्यासको घोषणा गर्दै भनेका थिए, ‘मेरो भित्री आवाजले मलाई कुवेतविरुद्धको खेल अन्तिम अन्तर्राष्ट्रिय हुनुपर्छ भनेर भनिरहेको थियो।’ 

यसपछि भारतले अफगानिस्तान र कतारसँग हार बेहोर्नुपर्यो। अनि यसरी सन् १९५० पछि पहिलो पटक विश्वकपमा छनोट हुने सपना केवल एक सुस्केरा मात्र रह्यो।

लगभग एक वर्षपछि खेल प्रेमी र फुटबल जगतलाई चकित पार्दै सुनील राष्ट्रिय टोलीमा पुनरागमन गर्दैछन्, त्यो पनि ४० वर्षको उमेरमा। यो पुनरागमनमा स्पेनी पूर्वफुटबलर तथा भारतीय टोलीका प्रशिक्षक मानोलो मार्केजको भूमिका महत्त्वपूर्ण छ।

बिहीबार उनको पुनरागमनको घोषणा गर्दै मार्केजले भने, ‘भारतका सबैभन्दा धेरै क्याप खेल्ने खेलाडी मार्चमा नै अन्तर्राष्ट्रिय विन्डोको लागि फर्कनेछन्।’

भारतीय फुटबल संघको तर्फबाट जारी विज्ञप्तिमा मार्केजले एसियाली कपको लागि छनोट टोलीका लागि धेरै महत्त्वपूर्ण रहेको बताएका छन्। प्रतियोगिता र आगामी खेलको महत्त्वलाई ध्यानमा राख्दै आफूले सुनीलसँग राष्ट्रिय टोलीलाई बलियो बनाउनको लागि फर्कने बारेमा कुरा गरेको बताएका छन्।

‘उनी सहमत भए र त्यसैले हामीले उनलाई टोलीमा समावेश गर्यौं,’ उनले भने। 

भारतले एसिया कप छनोट खेलमा मार्च २५ मा बंगलादेशको सामना गर्नेछ। तर, त्यसअघि टोलीले मार्च १९ मा माल्दिभ्ससँग मैत्रीपूर्ण खेल खेल्नेछ।

फुटबलमा किन असफल भारत ?
१४० करोड जनसंख्या भएको भारतमा क्रिकेटप्रति ठूलो लगाव छ। कहिलेकाहीँ हक्की टोलीले अन्तर्राष्ट्रिय मञ्चमा राम्रो गर्दिन्छ। योसँगै माहौल हक्कीले तातिन्छ। तर, फुटबलको सन्दर्भमा यस्तो केही हुँदैन।

अन्तर्राष्ट्रिय फुटबल संघका पूर्वप्रमुख सेप ब्लाटरले एक पटक भारतलाई ‘फुटबल निद्रामा परेको विशाल राष्ट्र’ भनेर वर्णन गरेका थिए। भारतमा फुटबल दर्शकको संख्या ठूलो छ।

यी दर्शकले युरोपेली लिग र अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरू पनि पछ्याउँछन्। देशका धेरै भागहरूमा फुटबल पनि खेलिन्छ। तर, यसको बाबजुद पनि भारतमा फुटबलले क्रिकेट झैं छलाङ मारिहाल्छ भनेर आशा गर्ने ठाउँ अझैसम्म निर्माण भएको छैन।

यसको एउटा प्रमुख कारण भारतीय फुटबल टोलीको खराब प्रदर्शन हो। सन् १९६० को दशकसम्म भारतलाई एसियाको महान् टोलीहरूमध्ये एकमा गनिन्थ्यो। भारतले सन् १९५१ र १९६२ को एसियाली खेलकुदमा फुटबलतर्फ स्वर्ण पदक जितेको थियो।

टोली सन् १९५६ को ओलम्पिकमा चौथो स्थानमा रह्यो। तर, त्यसपछि भारतीय फुटबल निरन्तर ओरालो लाग्दै गयो। भारतीय क्लब फुटबलमा चर्को राजनीतिक प्रभाव छ। टोलीले प्रतिभाशाली खेलाडीलाई बिरलै मौका दिने गरेका छन्।

यो कुरा धेरै उदाहरणहरूद्वारा प्रमाणित गर्न सकिन्छ। भारतीय राष्ट्रिय फुटबल टोलीको अवस्था पनि त्यस्तै छ। फुटबल राजनीतिज्ञको पकडमा छ। यसको उदाहरण सन् २०२२ मा भएको फुटबल महासंघको चुनावबाट पनि बुझ्न सकिन्छ। संघको ८५ वर्षे इतिहासमा कल्याण चौबे खेलाडी रहेर अध्यक्ष बन्ने पहिलो व्यक्ति बने।

त्यतिन्जेलसम्म कहिल्यै फुटबल नखेलेकाले भारतमा यो खेललाई विकास गर्ने मुद्दा बोकेर हिँडेका थिए। उदाहरणका लागि महाराष्ट्रका दिग्गज नेता प्रफुल्ल पटेल।

सन् २०२० मा आफ्नो तेस्रो कार्यकाल पूरा भए पनि एनसिपी (अजित पवार गुट) का अनुभवी नेता पटेलले अध्यक्ष पद त्याग्न अस्वीकार गरे। पछि अदालतको हस्तक्षेप र फिफाको निलम्बन पछि पटेलले पदबाट राजीनामा दिन परेको थियो।

भारतीय फुटबल टोलीलाई १९९० को दशकको भारतीय क्रिकेट टोलीसँग तुलना गर्न सकिन्छ। त्यति बेला टोलीमा खेलाडी छनोट गर्दिन राजनीतिज्ञ र पहुँचवालाको सिफारिसहरू आएको रिपोर्ट समाचार माध्यममा छ्यापछ्याप्ती थियो। तर, सन् १९९६ पछि भारतीय क्रिकेट प्रशासनमा धेरै परिवर्तन आए र संरचनामा निष्पक्षता तथा व्यावसायिक मानसिकता देखा पर्न थाल्यो।

परिणामस्वरूप साना सहर र नयाँ क्षेत्रका खेलाडीहरू टोलीमा पर्न थाले र प्रतिभाहरूले उचित अवसर पाउन थाले। त्यस बेलादेखि भारतीय क्रिकेटको छवि पनि परिवर्तन हुन थाल्यो र प्रवर्द्धनको बाँकी काम बजारले गर्‍यो।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

रोनाल्डो केही समय मैदान बाहिर रहने

रोनाल्डो केही समय मैदान बाहिर रहने

लिभरपुलमाथि वुल्भको सनसनीपूर्ण जित

लिभरपुलमाथि वुल्भको सनसनीपूर्ण जित

१३ वर्षपछि पहिलो पटक फाइनलमा एट्लेटिको

१३ वर्षपछि पहिलो पटक फाइनलमा एट्लेटिको

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
रोनाल्डो केही समय मैदान बाहिर रहने

रोनाल्डो केही समय मैदान बाहिर रहने

लिभरपुलमाथि वुल्भको सनसनीपूर्ण जित

लिभरपुलमाथि वुल्भको सनसनीपूर्ण जित

१३ वर्षपछि पहिलो पटक फाइनलमा एट्लेटिको

१३ वर्षपछि पहिलो पटक फाइनलमा एट्लेटिको

बैंग्लुरुले आईपीएलका ५ खेल घरेलु मैदानमा खेल्ने

बैंग्लुरुले आईपीएलका ५ खेल घरेलु मैदानमा खेल्ने

डेब्यु खेलमै बंगलादेश पराजित

डेब्यु खेलमै बंगलादेश पराजित

धर्बेन्द्रको कप्तानीमा नेपालले साफ यु–२० च्याम्पियनसिप खेल्ने

धर्बेन्द्रको कप्तानीमा नेपालले साफ यु–२० च्याम्पियनसिप खेल्ने

मध्यपूर्वमा तनाव बढ्दा नेपालमा तय भएको लिग २ का खेल अन्यौलमा !

मध्यपूर्वमा तनाव बढ्दा नेपालमा तय भएको लिग २ का खेल अन्यौलमा !

नेयमारबिना विश्वकपमा मज्जा हुन् !

नेयमारबिना विश्वकपमा मज्जा हुन् !