महिला टोलीको वरीयतामा चार स्थान सुधार
शुक्रबार, २३ फाल्गुण २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपाली राष्ट्रिय महिला टोलीको फिफा विश्व वरीयतामा सुधार भएको छ।
फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले चार स्थान सुधार गर्दै ९९औं स्थानमा आइपुगेको हो। नेपाल यसअघि १०३औं स्थानमा थियो।
नेपालले यसै महिना घरेलु मैदानमा इन्टरनेसनल वुमेन्स च्याम्पियनसिप खेलेको थियो।
लिग चरणमा कीर्गिस्तान र लेबनानालाई समान १–० ले पराजित गरेको नेपालले अर्को खेलमा वरीयतामा ४८औं स्थानमाथि रहेको म्यानमारलाई २–२ गोलको बराबरीमा रोकेको थियो।
तर, फाइनलमा भने म्यानमारसँग नेपाल २–० ले पराजित हुँदै १३औंपल्ट अन्तर्राष्ट्रिय प्रतियोगितामा उपविजेतामा सीमित भयो।









-1777808400835.jpeg&w=3840&q=75)



