सोमबार, २५ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

एसियन कप छनोटमा एन्फाको बेवास्ता

आइतबार, १८ फाल्गुण २०८१खेलपाटी संवाददाता
एसियन कप छनोटमा एन्फाको बेवास्ता
Loading ad...
mustang rice ad

काठमाडौं। एएफसी एसियन कप २०२७ को छनोट चैत २५ गतेदेखि सुरु हुँदैछ।

पहिलो लेग खेल घरेलु मैदानमा खेल्नुपर्ने भए पनि अखिल नेपाल फुटबल संघ (एन्फा)को उदासीनताका कारण मलेसियामा पुगेर नेपाल प्रतिस्पर्धा गर्न बाध्य छ।

विश्व फुटबल महासंघ (फिफा) को वरीयतामा नेपालभन्दा ४३ स्थान माथि रहेको मलेसियासँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले नेपाली टोलीका लागि यो खेल चुनौतीपूर्ण हुनेछ। तर, महत्त्वपूर्ण खेल नजिकिँदै गर्दा पनि एन्फाको तयारी भने शून्य प्रायः छ।

छनोटको पहिलो चरणको खेलका लागि अब जम्मा २४ दिन मात्र बाँकी छ। सामान्यतया यस्तो उच्चस्तरीय प्रतियोगिताका लागि टोलीले लामो समयदेखि तयारी गरिरहेको हुनुपर्ने हो।

तर, नेपाली फुटबल प्रशासकीय निकाय एन्फाको लापरबाहीका कारण राष्ट्रिय टोलीको तयारी अझैसम्म औपचारिक रूपमा सुरु भएको छैन। एन्फाले न त मुख्य प्रशिक्षक नियुक्त गरेको छ, न त बन्द प्रशिक्षण सुरु गर्ने तयारी नै गरेको छ।

एन्फाका प्रवक्ता सुरेश शाह भन्छन्, ‘हामी अन्तर्राष्ट्रिय अभ्यासकै अनुसरण गरिरहेका छौं। बन्द प्रशिक्षण बोलाउन ढिलो भएको छैन, छिट्टै बोलाउनेछौं।’

नेपालले पछिल्लो पटक विश्वकप/एसियन कप छनोटको अन्तिम खेल गत वर्ष जुनमा यमनविरुद्ध खेलेको थियो। उक्त खेल २–२ को बराबरीमा टुंगिएको थियो। त्यस खेलपछि इटालियन प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसको सम्झौता नवीकरण गर्न एन्फाले चासो देखाएन। त्यसयता मुख्य प्रशिक्षक पद रिक्त छ।

एन्फाले प्रशिक्षक नियुक्त गर्न नोभेम्बरमा आवेदन खुला गरेको थियो। तर, अझैसम्म कुनै निश्चित निर्णय भएको छैन। गत नोभेम्बरमै ताजिकिस्तानमा आयोजना भएको मैत्रीपूर्ण खेलमा ताजिकिस्तानविरुद्ध ४–० को हार बेहोरेको नेपालले अफगानिस्तानमाथि १३ वर्षपछि २–० को जित निकाल्न सफल भएको थियो।

उक्त खेलका लागि नवीन न्यौपानेलाई अन्तरिम प्रशिक्षकको रूपमा नियुक्त गरिएको थियो। तर, त्यसयता नेपाली राष्ट्रिय टोली कुनै औपचारिक खेलमा सहभागी नभएको पनि साढे तीन महिना बितिसकेको छ।

त्यसैले खेलाडीहरू जोखिम मोलेर विभिन्न गोल्डकप खेल्न बाध्य छन्। एएफसी एसियन कपजस्तो ठूलो प्रतियोगिता अगाडि यी खेलाडीलाई सुरक्षित राख्नुपर्ने हो।

सँगै राखेर प्रशिक्षण गराउनुपर्ने हो। ठूला टिमसँग जित निकाल्न ‘मेन्टालिटी’ तयार बनाउनुपर्ने हो। अझ रणनीति निर्माणमा काम गर्नुपर्ने हो। तर, एन्फाले यस्ता कुरामा चासो दिनै भ्याएको छैन।

अझ कतिसम्म भने खेलाडी संयमलाई प्रशिक्षण कहिलेदेखि सुरु हुन्छ अत्तोपत्तो छैन। यो अवस्थाले टोलीको समग्र तयारीलाई प्रभावित बनाउने निश्चित छ।

हाल अस्ट्रेलियाका प्रशिक्षक म्याट रसलाई नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक बनाउन लागिएको चर्चा छ। उनी डेढ महिनादेखि काठमाडौंको कोटेश्वरको होटेल बसिरहेका छन्। यद्यपि, उनको नियुक्तिको औपचारिक घोषणा हुन पनि अझै बाँकी नै छ।

एन्फाले कुनै पनि फुटबल गतिविधि सञ्चालन गर्न नसक्दा उनले अहिलेसम्म राष्ट्रिय टोलीका खेलाडीहरूको खेल प्रत्यक्ष रूपमा हेर्न पाएका छैनन्। युवा खेलाडीहरूको छनोट प्रक्रियामा समेत उनी सहभागी हुन पाएका छैनन्।

प्रशिक्षक रसले अहिले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पदाधिकारीसँग भेटघाट गर्दैमा समय बिताइरहेका छन्। उनको प्रशिक्षकीय अनुभवलाई नेपाली टोलीको वर्तमान अवस्थासँग अनुकूल बनाउने वातावरण निर्माण गर्न एन्फाले कुनै विशेष प्रयास गरेको देखिँदैन।

तर, प्रवक्ता शाह भने केही पोजिसन मात्रै ‘ग्याप’ भएको र अन्य खेलाडीले निरन्तर खेलिरहेको कारण आत्तिन नपर्ने दाबी गर्छन्। ‘रस नै मुख्य प्रशिक्षक हो। घोषणा हुन बाँकी भए पनि खेल हेरिरहेका छन्। हाम्रा खेलाडी पनि खेलविहीन छैनन्, गोल्डकप खेलिरहेका छन्,’ उनी भन्छन्, ‘अझ कतिपय खेलाडी सँगै टिमबाट खेलिरहेका छन्। तालमेल मिलाउन समस्या छैन। बाँकी रहेको ग्याप तीन हप्ताको समयमा बन्द प्रशिक्षणबाट भरिन्छ।’

नेपाली युवा टोलीले गत फागुन ३ गते दशरथ रंगशालमा चीनको चीनको युनान युथ फुटबल टोलीसँग मैत्रीपूर्ण फुटबल खेलेको थियो। उक्त खेलबाट केही युवा खेलाडीलाई राष्ट्रिय टोलीमा उकाल्ने योजना एन्फाको रहेको प्रशिक्षक राजेश शाहीले सुनाएका थिए।

तर, उक्त खेलपश्चात् युवा खेलाडीले बर्सोदेखि खेलिरहेका खेलाडीसँग सँगै खेल्ने अवसर पाएका छैनन्। त्यसमाथि आफ्नो स्तर प्रशिक्षक रसलाई यी खेलाडीको विगतका खेलबारे अनविज्ञ छन्।

यी खेलाडीले पनि आफ्नो क्षमता देखाउने मौका पाएका छैन। त्यसैले राष्ट्रिय टोली भताभुङ्ङ हुने स्थितिमा छ। अब पनि एन्फाले बेलैमा नसोचे त्यसको प्रत्यक्ष असर नतिजामा पर्नसक्ने देखिन्छ। 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

विभागीय डर्बीमा आर्मी हाबी

विभागीय डर्बीमा आर्मी हाबी

प्लानिङसँग एपीएफले गुमायो २ अंक

प्लानिङसँग एपीएफले गुमायो २ अंक

राखेपले रोक्यो चैत्र १३ गते तय भएको  एन्फा निर्वाचन

राखेपले रोक्यो चैत्र १३ गते तय भएको एन्फा निर्वाचन

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
विभागीय डर्बीमा आर्मी हाबी

विभागीय डर्बीमा आर्मी हाबी

प्लानिङसँग एपीएफले गुमायो २ अंक

प्लानिङसँग एपीएफले गुमायो २ अंक

राखेपले रोक्यो चैत्र १३ गते तय भएको  एन्फा निर्वाचन

राखेपले रोक्यो चैत्र १३ गते तय भएको एन्फा निर्वाचन

उर्जनले दिए एन्फाविरुद्ध बोलेमा राम्रो नहुने धम्की !

उर्जनले दिए एन्फाविरुद्ध बोलेमा राम्रो नहुने धम्की !

 मेसी बार्सिलोनामा फर्किन चाहन्थे !

मेसी बार्सिलोनामा फर्किन चाहन्थे !

भारतले तेस्रोपल्ट जित्यो विश्वकप

भारतले तेस्रोपल्ट जित्यो विश्वकप

प्रशिक्षक संघले भन्यो– एन्फामा अराजक समूह आए

प्रशिक्षक संघले भन्यो– एन्फामा अराजक समूह आए

न्युजिल्यान्डलाई भारतको विशाल लक्ष्य

न्युजिल्यान्डलाई भारतको विशाल लक्ष्य