बुदोकैदो फुल कनट्याक्ट कराते गौशालामा सुरु

गौशाला। महोत्तरीको गौशालास्थित कभर्डहलमा १८औं राष्ट्रिय बुदोकैदो फुल कनट्याक्ट कराते प्रतियोगिता सुरु भएको छ।
नेपाल बुदोकैदो फुल कनट्याक्ट संघको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन महोत्तरीको गौशाला नगरपालिकाका नगरप्रमुख डा. दीपेन्द्र महतोले गरेका थिए।
सात प्रदेशका तीन सय खेलाडीहरू सहभागी रहेको प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ आठ समूहका खेल समावेश गरिएको छ। शुक्रबारबाट सुरु भएको प्रतियोगितामा पुरुषतर्फ सेमिफाइनल समीकरण पूरा भएको छ।
३० केजी पुरुषतर्फ सेमिफाइनलमा सुदूरपश्चिम प्रदेशका किरण भण्डारीले बागमती अग्रिम सापकोटा तथा लुम्बिनीका अर्जुन थिङले सुदूरका राम विकसँग खेल्नेछ। ३५ केजी पुरुषतर्फ मधेस प्रदेशका ब्रह्मदेव महतोले मधेसकै सनराज अधिकारी तथा बागमतीका शैलेन्द्र तामाङले कोशीका जियान अधिकारीसँग खेल्नेछ।
४० केजी पुरुषतर्फ बागमतीका साजन वाइबाले सुदूरका खगेन्द्र विष्ट तथा बागमतीका दीपेश तामाङले सुदूरका दीपेश भट्टसँग खेल्नेछन्। ४५ केजी पुरुषतर्फ कर्णालीका दीपेन्द्र ऐरीले कोशीका शुलम लिम्बू तथा लुम्बिनीका संयोग थपलियाले सुदूरका बासुदेब खडायतको सामना गर्नेछन्।
५० केजी पुरुषतर्फ बागमतीका शशीप्रसाद विकले मधेशका साइन लुङ्गेली मगर तथा मधेसका पुष्पलाल श्रेष्ठले मधेसकै चन्दन शाह सँग खेल्ने। ५५ केजी पुरुषतर्फ क्वार्टरफाइनल खेलमा सुदूरका प्रकाश भण्डारीले कर्णलीका विवेक रोकायसँग, कोशीका अनमोल राईले केशीकै प्रेमबहादुर श्रेष्ठसँग र गण्डकीका विशाल दोङले सुदूरका निर्मल विकसँग खेल्नेछन्।
यस्तै पुरुष ६० केजी पुरुष खुला र महिलातर्फका खेलहरू शनिबार नै हुनेछ। प्रतियोगिताको समापन पनि शनिबारै हुने संघका वरिष्ठ तथा मुख्य जुरी केदारमान स्थापितले जानकारी दिए।






-1761998475071.jpg&w=3840&q=75)
-1761641224925.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)
-1763457989968.jpeg&w=3840&q=75)


-1763450218248.jpg&w=3840&q=75)



