• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
गोर्खाली रग्बी सेभेन्स भोलिदेखि  आयोजकसहित सातवटा टिमको सहभागिता रहने 
खेलपाटी संवाददाता
बिहीबार, फागुन १५, २०८१ खेलपाटी संवाददाता
गोर्खाली रग्बी सेभेन्स भोलिदेखि 

चितवन । गोर्खाली रग्बी सेभेन्स पुरूष राष्ट्रिय रग्बी प्रतियोगिता भोलि शुक्रबारदेखि चितवनमा आयोजना हुने भएको छ ।

गोर्खाली रग्बी क्लबको आयोजना र नेपाल रग्बी संघको प्राविधिक सहयोगमा भरतपुर ७ कृष्णपुरस्थित खेलकुद मैदानमा दुईदिने रग्बी प्रतियोगिता हुने भएको छ । 

प्रतियोगिताको आतिथ्यता साझेदार स्थानीय अङ्कुरम् एकेडेमीमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गरेर आयोजकले प्रतियोगिताबारे जानकारी गराइएको हो । 

आयोजकका अनुसार २०७४ सालदेखि संघले आयोजना गरेको विभिन्न राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्दै आए पनि यसपटक भने आफै प्रतियोगिता सञ्चालन गर्न लागेको क्लवका अध्यक्ष हरेराम कार्कीले जानकारी दिए । 

चितवनमा दोस्रोपटक आयोजना गरिएको यस प्रतियोगितामा प्रथम हुने समूहलाई दुई लाख, दोस्रो हुने समूहलाई एक लाख रूपैयाँ र सर्वोत्कृष्ट खेलाडीलाई ट्रफी र इटालियन सुट प्रदान गरिने रग्बी संघ चितवनका अध्यक्ष सुमन पौडेलले जानकारी दिए । 

प्रतियोगितामा कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, मधेस प्रदेश तथा आयोजक क्लबको एक-एक समूह र नेपाल आर्मी र सशस्त्र प्रहरीको एक÷एक गरी जम्मा सातवटा समूहको सहभागिता रहेको छ । प्रतियोगिताको उद्घाटन भरतपुर महानगरका नगरप्रमुख रेनु दाहालले गर्ने कार्यक्रम तय भएको आयोजकले जानकारी दिएको छ ।  

सहभागी हरेक टोलीले पाँच जनासम्म विदेशी खेलाडी राख्न पाउने प्रावधान राखिए पनि यस प्रतियोगितामा कर्णाली प्रदेशको समूहमा तीन जना र आयोजक समूहमा दुई जना विदेशी खेलाडी सहभागी रहने जानकारी दिइएको छ । 

क्लबले ‘खेलसँगै पर्यटन’को अवधारणाअनुसार आगामी वर्ष विदेशी टिमसहितको प्रतियोगिता गर्ने तयारी गरेको र यसवर्षको प्रतियोगिता पनि विश्व रग्बीको नियमअनुसार नै सञ्चालन गरिने बताएको छ ।

प्रत्येक खेलको समयावधि १४ मिनेटको रहने तथा ७ मिनेटमा हाफ भएपछि दुई मिनेटको ब्रेक हुने गोर्खाली रग्बी क्लबका उपाध्यक्ष कृष्ण थापाले जानकारी दिए । उनले एउटा समूहमा १२ जना रहने भए पनि प्रत्येक टिमबाट सात÷सात जना खेलाडीले स्पर्धा गर्ने उल्लेख गरे ।  

खेल तालिकाअनुसार पोल ‘ए’ मा सशस्त्र प्रहरी बलको एपीएफ टोली, नेपाल आर्मीको टोली, मधेश प्रदेश र लुम्बिनी प्रदेश रहेका छन् भने पोल ‘बी’मा गण्डकी प्रदेश, आयोजक गोर्खाली रग्बी क्लब र कर्णाली प्रदेश रहेका छन् । 

प्रतियोगिताको हस्पिटालिटी पार्टनर अङ्कुरम् एकेडेमी, मेडिकल पार्टनर चितवन मेडिकल कलेज, ट्राभल पार्टनर होलीडे ट्रिप नेपाल, क्लोथिङ पार्टनर थ्रेड गार्मेन्ट इमाडोल र इन्टरनेट पार्टनरमा ट्रेड माइन्ड नेटवर्क चितवन रहेको छ ।

त्यसैगरी सहयोगी संस्थाहरुमा एलआइसी कर्पोरेसन (नेपाल), राइट पाथ करियर काउन्सलिङ्ग काठमाडौँ, एसिटी एजुकेशन एण्ड भिसाा सर्भिसे चितवन, एभिन्यु एजुकेशन कन्सल्टेन्सिी काठमाडौँ तथा माइती रिसोर्ट कीर्तिपुर रहेको छ ।
 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
लिग च्याम्पियन चर्च ब्वाइजसहित १६ क्लबले महिला फुटबल लिग छनोट खेल्ने
लिग च्याम्पियन चर्च ब्वाइजसहित १६ क्लबले महिला फुटबल लिग छनोट खेल्ने
टेलले अब टोटनह्यामबाटै खेल्ने
टेलले अब टोटनह्यामबाटै खेल्ने
बलियो नेदरल्यान्ड्सलाई नेपालको चुनौती
बलियो नेदरल्यान्ड्सलाई नेपालको चुनौती
प्रभावशाली बायर्न
प्रभावशाली बायर्न
पिएसजीको सानदार सुरुआत
पिएसजीको सानदार सुरुआत
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP