लिभरपुललाई हराएको प्लेमाउथले सिटीसँग खेल्ने
मंगलबार, माघ २९, २०८१खेलपाटी संवाददाता

काठमाडौं। प्लेमाउथले एफए कपको पाँचौं चरणमा प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीसँग खेल्ने भएको छ।
डिभिजन टूको पुछारमा रहेको प्लेमाउथले आइतबार प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुललाई १–० ले हराउँदै सबैलाई चकित बनाएको थियो।
अब मार्च १ मा पेप ग्वार्डिओलाको टोली सिटीसँग अर्को कठिन चुनौती सामना गर्नुपर्नेछ। यो खेल सिटीको घरेलु मैदान इतिहाद स्टेडियममा हुनेछ।
गत संस्करणको विजेता म्यानचेस्टर युनाइटेडले पाँचौं चरणमा फुलह्यामसँग आफ्नै मैदानमा खेल्नेछ।