फुलह्याममा फर्किए विलियन

काठमाडौं। ब्राजिली विंगर विलियन पुनः प्रिमियर लिग क्लब फुलह्याममा फर्किएका छन्।
फुलह्यामले बिहीबार ३६ वर्षीय विलियनलाई छोटो अवधिको सम्झौतामा अनुबन्ध गरेको घोषणा गरेको हो। उनी डिसेम्बरको अन्त्यमा ग्रीसको क्लब ओलम्पियाकोसबाट मुक्त भएका थिए।
विलियन तेस्रोपल्ट प्रिमियर लिगमा फर्किएका हुन्। उनले पहिलोपल्ट फुलह्यामको लागि २०२२–२३ सिजनमा खेलेका थिए। त्यसअघि उनले चेल्सी र आर्सनलबाट प्रिमियर लिगमा खेलिसकेका थिए। फुलह्यामसँग उनको एक सिजनको सम्झौता सकिएपछि उनी पुनः अर्को वर्षका लागि अनुबन्धित भए र २०२३–२४ सिजन खेले।
यो पछिल्लो सम्झौता अन्तर्राष्ट्रिय अनुमतिअन्तर्गत हुनेछ र सिजनको अन्त्यसम्म रहनेछ। विलियनले भने, ‘यो क्लबका लागि फेरि खेल्न पाउनु ठूलो अवसर हो। म मैदानमा उत्रिएर क्लबका लागि राम्रो प्रदर्शन गर्न पूर्ण रूपमा प्रेरित छु। म एकदम खुसी छु, मेरो परिवार पनि खुसी छ।’
फुलह्याम हाल प्रिमियर लिगको नवौं स्थानमा रहेको छ। क्लबका मुख्यप्रशिक्षक मार्को सिल्भाले हालै विंगर ह्यारी विल्सनलाई दीर्घकालीन चोटका कारण गुमाएका छन्।








-1761464835584.webp&w=3840&q=75)

-1761484988698.png&w=3840&q=75)
copy-1761474438174.jpg&w=3840&q=75)
-1761469666142.jpg&w=3840&q=75)
