शनिबार, मंसिर ७, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Bhat Bhateni Supermarket Ad

उपाधिका लागि भिड्दै जनकपुर र काठमान्डु

शुक्रबार, माघ १८, २०८१खेलपाटी संवाददाता
उपाधिका लागि भिड्दै जनकपुर र काठमान्डु
Classic Tech Internet Ad

काठमाडौं। नेपाल कबड्डी लिग (एनकेएल) को फाइनलमा शुक्रबार जनकपुर नाइट्स र काठमान्डु माभरिक्स भिड्दैछन्। खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा साँझ ६: ३० बजे सुरु हुनेछ।

जनकपुर पूरा प्रतियोगितामै उत्कृष्ट लयमा रहेको छ। उसले चार जित र एक बराबरीसँगै लिग चरणमा शीर्षस्थान हासिल गरेको थियो। त्यसस्तै क्वालिफायर १ मा विराटनगर ब्यान्डिट्सलाई पराजित गर्दै उपाधिनजिक पुगेको हो।

यता, काठमान्डु तीन जित, एक बराबरी र एक हारको नतिजासँगै लिगमा तेस्रो भएको थियो। त्यसपछि इलिमिनेटरमा धनगढी वाइल्डक्याट्स र क्वालिफायर २ मा विराटनगरलाई पन्छाउँदै फाइनलमा उभिएको हो। 

यी दुई टिमबिच लिगमा पनि प्रतिस्पर्धा भएको थियो, जहाँ नतिजाले दुवै टिमलाई जित्न दिएन, हार्‍यो भन्न पनि मिलेन। मतलब स्कोर ३९–३९ को बराबरीमै खेल सकियो। यो एनकेएलमा जनकपुर जितबाट वञ्चित भएको एक मात्र खेल पनि हो त्यो। त्यसैले काठमान्डुलाई हराउने अभियानलाई फाइनलमा पूर्णता दिएर जनकपुर एनकेएलको उपाधि जित्न आतुर छ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा काठमान्डुका कप्तान घनश्यामले भने, ‘जनकपुर निक्कै राम्रो टिम हो। तर, हामी राम्रो खेल्दै एनकेएल च्याम्पियन बन्न चाहान्छौं।’ हरियाणा स्टिलर्सबाट पिकेएल च्याम्पियन भएका उनी राष्ट्रिय टिमका समेत कप्तान हुन्। काठमान्डुका प्रशिक्षक सरोजकुमार सिंहले पनि मिहिनेत गर्दै आफ्नो टिम उपाधि जित्न तयार रहेको बताए।

जनकपुरका प्रशिक्षक पार्वती राईले ‘हाम्रो टिमले अहिलेसम्म राम्रो खेलिरहेका छौं। अब बाँकी एक खेल पनि राम्रो खेल्दै च्याम्पियन ट्रफी उचाल्न चाहन्छौं।’ उनी एनकेएलका ६ टिमका प्रशिक्षकमध्ये एक्ली महिला हुन्। राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत कबड्डीका मुख्य प्रशिक्षक रहेकी पार्वती राईकै नेतृत्वमा नेपाली महिला टिमले १९ औं एसियाली खेलकुद २०२२ मा ऐतिहासिक कांस्यपदक जितेको थियो।

जनकपुरका कप्तान रामु टमटाले पनि आफ्नो टिम राम्रो लयमा भएकोले फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्ने कोसिस गर्ने बताए। 

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

 एनपीएलमा अवैध सट्टेबाजीको छायाँ, रोयल्सको जर्सीमा ‘बाजी स्पोर्ट्स’

एनपीएलमा अवैध सट्टेबाजीको छायाँ, रोयल्सको जर्सीमा ‘बाजी स्पोर्ट्स’

 महिला कबड्डी विश्वकपमा नेपालको तेस्रो जित

महिला कबड्डी विश्वकपमा नेपालको तेस्रो जित

एनपीएलमा सट्टेबाजी मौलाउँदै

एनपीएलमा सट्टेबाजी मौलाउँदै

Bajaj Pulsar Motorcycle Ad
लुम्बिनीलाई पुरानो हिसाब चुकाउने अवसर

लुम्बिनीलाई पुरानो हिसाब चुकाउने अवसर

मैदान फर्किन तयार एलिसन

मैदान फर्किन तयार एलिसन

विश्व कराते च्याम्पियनसिपमा एरिका र सानुमायाले चुनौती पेस गर्ने

विश्व कराते च्याम्पियनसिपमा एरिका र सानुमायाले चुनौती पेस गर्ने

सुदूरपश्चिमको लगातार दोस्रो जित

सुदूरपश्चिमको लगातार दोस्रो जित

खेल्न सक्लिन् त साम्बा?

खेल्न सक्लिन् त साम्बा?

रुपन्देही यु–१४ इन्टर स्कुल फुटबलः सेमीफाइनल समीकरण पूरा

रुपन्देही यु–१४ इन्टर स्कुल फुटबलः सेमीफाइनल समीकरण पूरा

एन्फाले ‘ए’ डिभिजन क्लब र खेलाडी संघलाई बैठकमा बोलायो

एन्फाले ‘ए’ डिभिजन क्लब र खेलाडी संघलाई बैठकमा बोलायो

 एनपीएलमा अवैध सट्टेबाजीको छायाँ, रोयल्सको जर्सीमा ‘बाजी स्पोर्ट्स’

एनपीएलमा अवैध सट्टेबाजीको छायाँ, रोयल्सको जर्सीमा ‘बाजी स्पोर्ट्स’