• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्य
  • गृहपृष्ठ
  • अन्य
दोस्रो ई–स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिपमा ११ हजार खेलाडी दर्ता
खेलपाटी संवाददाता
आइतबार, माघ १३, २०८१ खेलपाटी संवाददाता
दोस्रो ई–स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिपमा ११ हजार खेलाडी दर्ता

काठमाडौं। दोस्रो ई–स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिपका लागि उल्लेख्य संख्यामा नाम दर्ता भएको छ। ई–स्पोर्ट्स संघ नेपाल (इशान) को आयोजना तथा नेपाल प्लेजको व्यवस्थापनमा च्याम्पियनसिप हुन लागेको हो।

च्याम्पियनसिपका विभिन्न ६ विधाका लागि ११ हजारभन्दा बढी खेलाडीले नाम दर्ता गराएको संघले जनाएको छ। च्याम्पियनसिपमा पब्जी मोबाइल, ई–फुटबल, मोबाइल लिजेन्ड्स, डोटा टु, भ्यालोरेन्ट र कस प्ले गरी ६ विधामा प्रतिस्पर्धा गराइनेछ। 

ई– फुटबलमा दुई हजार पाँच सय १९ जनाले नाम दर्ता गराएका छन्। यसै गरी पब्जी मोबाइलमा एक हजार ३९ टिम, मोबाइल लिजेन्ड्समा २८१ टिम, भारोलेरेन्टमा ६६ टिम, डोटा टु मा ५८ टिमले नाम दर्ता गराएका छन्। कसप्ले विधामा भने अझै दर्ता खुल्ला नै राखिएको छ। 

नेपाल प्लेजमा एमडी उज्जेनलाल श्रेष्ठले सबै विधामा गरेर ११ हजार पाँच सय भन्दा बढी खेलाडीले नाम दर्ता गराएको बताए। त्यसमा टिमको रूपमा गणना गर्दा भने चार हजारभन्दा बढी टिम हुनेछ। 

च्याम्पियनसिपको क्वालिफायर राउन्डका खेलहरू माघ १४ देखि १८ गतेसम्म (जनवरी २७–३१) सम्म हुनेछ। यसै गरी समूह चरण र प्लेअफका खेलहरू माघ २० देखि फागुन २ गतेसम्म (फेब्रुअरी २–१४) सम्म हुनेछ। क्वालिफायर र प्लेअफका खेलहरू अनलाइनमा हुनेछ भने अन्तिम चरणको खेल मात्र भौतिक रूपमा (ल्यान इभेन्ट) हुनेछ। 

च्याम्पियनसिपको अन्तिम चरणको खेल आगामी फागुन ८ देखि १० गतेसम्म भौतिक रूपमै त्रिपुरेश्वरस्थित दशरथ रंगशालको कभर्डहलमा आयोजना गरिने इशानले जनाएको छ। अन्तिम चरणमा पब्जीतर्फ १६ टिमले प्रतिस्पर्धा गर्नेछन्। पब्जीमा हरेक टिममा चार जना मुख्य खेलाडी हुनेछन् भने एक अतिरिक्त खेलाडी र एक म्यानेजर हुनेछन्। 

यसै गरी मोबाइल लिजेन्ड्समा दुई टिमले अन्तिम चरणमा प्रतिस्पर्धा छन्। यसमा हरेक टिममा पाँच जना खेलाडी हुनेछन् भने एक अतिरिक्त खेलाडी र एक म्यानेजर हुनेछन्। ई–फुटबलमा अन्तिम चरणमा ३२ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। यसै गरी डोटा टु र भ्यालोरेन्टमा चार–चार टिमले अन्तिम चरणमा प्रतिस्पर्धा गर्नेछन्। कस प्ले मा भने कुनै लिमिटेसन राखिएको छैन। उनीहरूले फेसन सो शैलीमा स्टेजमा डेमो देखाउनेछन्।

च्याम्पियनसिपको कुल प्राइज पुल २५ लाख रहेको छ। जसबाट ६ विधाको विजेता तथा उपविजेता खेलाडीहरूलाई पुरस्कार प्रदान गरिनेछ। हरेक इभेन्टको पुरस्कार राशि फरक हुनेछ। जसमा पब्जी मोबाइल सबैभन्दा चर्चित विधाको रूपमा छ र यसमा कूल १० लाख १० हजार पुरस्कार राशि राखिएको छ। जसमा विजेताले नगद दुई लाख ५० हजार पाउनेछन्। यस्तै दोस्रोले एक लाख ८० हजार तथा तेस्रोले एक लाख २० हजार पाउनेछन् भने अन्तिम चरणमा प्रतिस्पर्धा गर्ने १६ वटै टिमले नगद पुरस्कार पाउनेछन्। यस विधामा एमभीपीले पनि नगद पुरस्कार पाउनेछन्। 

यस्तै मोबाइल लिजेन्ड्समा पाँच लाख २० हजार पुरस्कार राशि रहेको छ। जसमा विजेताले एक लाख ८२ हजार हात पार्नेछन् भने उपविजेताले एक लाख चार हजार पाउनेछन्। यसमा शीर्ष आठमा रहनेले नगद पुरस्कार प्राप्त गर्नेछन्। यस विधामा पनि एमभीपीले नगद पुरस्कार पाउनेछन्। 

भ्यालोरेन्टमा तीन लाख, ई–फुटबलमा दुई लाख १० हजार, डोटा टु मा दुई लाख र कस प्लेमा एक लाख ५० हजार पुरस्कार राशि रहेको आयोजकले जनाएको छ। भ्यालोरेन्ट र डोटा टु को विजेताले समान एक लाख पाँच हजार हात पार्नेछन् भने ई–फुटबलमा विजेताले ९० हजार र कस प्ले विजेताले ७० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। भ्यालोरेन्ट र डोटा टु मा पनि शीर्ष आठमा रहनेले नगद पुरस्कार पाउनेछन् भने ई–फुटबल र कसप्लेमामा शीर्ष चारमा रहनेले नगद पुरस्कार पाउनेछन्। मोस्ट पपुलर कसप्लेअरले पनि नगद पुरस्कार पाउनेछन्। 

पछिल्लो समय नेपालमा ई–स्पोर्ट्स खेलको गतिविधि बढिरहेको र नेसनल च्याम्पियनसिपको दोस्रो संस्करणमै ठूलो माहोल बनेको इशानका अध्यक्ष अञ्जन धमलाले बताए। अन्तिम चरणको खेललाई रोमाञ्चक र आकर्षक तरिकाले आयोजना गर्ने तयारी भइरहेको नेपाल प्लेजका एमडी उज्जेनलालले जानकारी दिए। 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पदक विजेता टोलीलाई स्वागत
पदक विजेता टोलीलाई स्वागत
कोशीलाई हक्की उपाधि
कोशीलाई हक्की उपाधि
ग्रेस ओभरअल च्याम्पियन
ग्रेस ओभरअल च्याम्पियन
चेयरम्यान कप चेसमा बाँसबारी च्याम्पियन
चेयरम्यान कप चेसमा बाँसबारी च्याम्पियन
चेयरम्यान कप चेसमा ३१९ खेलाडीको चुनौती
चेयरम्यान कप चेसमा ३१९ खेलाडीको चुनौती
‘चेयरम्यान कप स्कुल चेस च्याम्पियनसिप’ बुधबारदेखि
‘चेयरम्यान कप स्कुल चेस च्याम्पियनसिप’ बुधबारदेखि
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
जयस्नु र अर्नवलाई स्वर्ण
जयस्नु र अर्नवलाई स्वर्ण
पाँचपोखरी र मेलम्ची संयुक्त विजेता
पाँचपोखरी र मेलम्ची संयुक्त विजेता
प्राज्नालाई आरम्भको सम्मान
प्राज्नालाई आरम्भको सम्मान
एक पेनाल्टीले चकनाचुर भयो प्यालेस्टाइनको विश्वकप सपना
एक पेनाल्टीले चकनाचुर भयो प्यालेस्टाइनको विश्वकप सपना
लिग च्याम्पियन चर्च ब्वाइजसहित १६ क्लबले महिला फुटबल लिग छनोट खेल्ने
लिग च्याम्पियन चर्च ब्वाइजसहित १६ क्लबले महिला फुटबल लिग छनोट खेल्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP