काठमाडौं। नेपाल कबड्डी लिग (एनकेएल) मा बुधबार दुई खेल हुँदैर पहिलो खेलमा धनगढी वाइल्डक्याट्स र काठमाडौं माभरिक्स भिड्दैछन्। अर्को खेलमा भने जितविहीन पोखरा लेकर्सले अपराजित रहेको जनकपुर नाइट्सलाई चुनौती पेस गर्नेछ।
त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा साँझ ५:३० बजे हुने खेलमा धनगढी र काठमाडौं भिड्ने भएका हुन्। तेस्रो चरणको खेल सकिँदा काठमाडौं ११ अंकसहित दोस्रो स्थानमा छ।
तीन खेलबाट काठमाडौंले दुई जित र एक हार बेहोरेको छ। धनगढीले भने समान खेलबाट एक जित मात्रै हात पार्न सकेको छ। दुई खेलमा हार बेहोरेको धनगढी ६ अंकसहित चौथो स्थानमा छ।
जनकपुर भने शतप्रतिशत जितसहित शीर्ष स्थानमा छ। जनकपुर अपराजित रहने एक्लो टोली हो। जनकपुरले तीन खेलबाट १५ अंक पुर्याएको छ। पोखरा भने जितविहीन रहँदै पुछारमा छ। यद्यपि, उसको तीन अंक छ।