नेपाली युवा टोलीले चीन युनानसँग मैत्रीपूर्ण खेल खेल्ने
बुधबार, माघ ९, २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपाली युवा टोलीले चीन युनान युवा फुटबल टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार उक्त मैत्रीपूर्ण खेलका लागि चीनको नेपालस्थित दूतावाससँग बुधबार समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको हो। खेल फेब्रुअरी १५ मा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने छ।
खेलको आयोजकको रूपमा एन्फाले आवश्यक सबै प्राविधिक सहयोग प्रदान गर्नेछ। युनान खेलकुद ब्यूरो र राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले दूतावाससँगको सहकार्यमा यस मैत्रीपूर्ण खेलमा मार्गनिर्देशकको रूपमा काम गर्नेछन्।








-1761130437587.jpg&w=3840&q=75)




