बिहिबार, १५ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Bhat Bhateni Supermarket Ad

जनकपुरको लगातार दोस्रो जित

सोमबार, ०७ माघ २०८१खेलपाटी संवाददाता
जनकपुरको लगातार दोस्रो जित
mustang rice ad

काठमाडौं। रेडमा उत्कृष्ट प्रदर्शन गर्दै जनकपुर नाइट्सले नेपाल कबड्डी लिग (एनकेएल)मा लगातार दोस्रो जित हात पारेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगबार सम्पन्न खेलमा जनकपुरले धनगढी वाइल्डक्याट्सलाई ३७–३१ ले पराजित गरेको हो। जितसँगै जनकपुरले १० अंकसहित शीर्ष स्थानमा उक्लिएको छ। समान खेल खेलेको धनगढीको एक अंक छ।

पहिलो खेलमा जनकपुरले हिमालयन रेइडर्सलाई ३५-२४ ले हराएको थियो। धनगढी भने पहिलो खेलमा विराटनगर ब्यान्डिट्ससँग ४६-३४ ले पराजित भएको थियो।  

जनकपुरले रेडबाट २४, ट्याकलबाट ९ अलआउटबाट चार र बोनस पोइन्टबाट ६ अंक जोडेको हो। धनगढील भने रेडबाट २७, ट्याकलबाट चार र बोनसबाट ११ अंक जोड्यो।

सुरुआती समयमा धनगढीले पनि जनकपुरलाई दबाबमा राखेको थियो। तर, ट्याकलमा कमजोर हुँदा धनगढी पहिलो हाफमै दुईपल्ट अलआउट हुन पुग्यो। जनकपुरले भने ट्याकलमा सानदार प्रदर्शन गर्दै ६ अंक जोड्यो। धनगढीले भने दुई अंक मात्रै जोड्न सकेको थियो। 

रेडमा दुवैले समान ६ अंक जोडे पनि एक्स्ट्रा पोइन्ट जनकपुरले बढी पायो। योसँगै जनकपुपरले पहिलो हाफमै सात अंक अग्रता लिन सफल भयो। पहिलो हाफमा २१–१३ मा सकिएको थियो। 

दोस्रो हाफमा धनगढीले १८ र जनकपुरले १६ पोइन्ट जोडेको थियो। दोस्रो हाफको सुरुआतमै धनगढी एकपल्ट अलआउटनजिक पुगिसकेको थियो। तर, विदेशी खेलाडी एनसिन अरफातले रेडमा दुई जनालाई आउट गराउँदै धनगढीलाई बचाए। तर, त्यसको दुई मिनेटपछि नै अहङ्गमा पोल्वाथाहलाई ट्याकल गर्दै जनकपुरले अलआउट बनाइ छाडे। योसँगै जनकपुर स्कोर २९–१९ बनाउँदै १० अंकको अग्रता लिन सफल भयो।

त्यसपछि धनगढी खेलमा फर्किन सके। जनकपुरले दोस्रो हाफमा पनि दुईपल्ट अलआउट बनाएको थियो। धनगढीले दोस्रो हाफमा १८ अंक जोड्दै पुनरागमन गर्ने प्रयास गरेको थियो। उसले रेड र ट्याकलमा पनि सुधार गर्दै १२ अंक जोड्यो। जनकपुरले रेड र ट्याकलबाट एक अंक मात्रै बढी जोडेको थियो। बोनस पोइन्टबाट ६ अंक जोड्दा पनि धनगढीले अग्रता उल्टाउन सकेन र लगातार दोस्रो खेलमा पराजय बेहोर्न पुग्यो।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

साग अर्को वर्ष पाकिस्तानमा आयोजना हुने

साग अर्को वर्ष पाकिस्तानमा आयोजना हुने

राष्ट्रिय कबड्‌डी प्रतियोगितामा आर्मीसँगै लुम्बिनी र मधेशको दोहोरो जित

राष्ट्रिय कबड्‌डी प्रतियोगितामा आर्मीसँगै लुम्बिनी र मधेशको दोहोरो जित

चेस पजल सोल्भिङ कन्टेस्टमा २१ जनाको प्रतिस्पर्धा

चेस पजल सोल्भिङ कन्टेस्टमा २१ जनाको प्रतिस्पर्धा

Bajaj Pulsar Motorcycle Ad
आर्मीले तेस्रो स्थानका लागि खेल्ने पक्का

आर्मीले तेस्रो स्थानका लागि खेल्ने पक्का

संकटालाई हराउँदै तेस्रो स्थानमा उक्लियो एनआरटी

संकटालाई हराउँदै तेस्रो स्थानमा उक्लियो एनआरटी

पुलिसको फाइनल पुग्ने सम्भावना कायमै

पुलिसको फाइनल पुग्ने सम्भावना कायमै

 एपीएफलाई पराजित गर्दै थाइल्यान्ड क्विन्स तेस्रो

एपीएफलाई पराजित गर्दै थाइल्यान्ड क्विन्स तेस्रो

साफ यु–१९ महिला च्याम्पियनसिपको टिकटदर २०० र ५००

साफ यु–१९ महिला च्याम्पियनसिपको टिकटदर २०० र ५००

सेमिफाइनलमा शिभाली

सेमिफाइनलमा शिभाली

निरुताले थाइल्यान्ड क्विन्सविरुद्ध नखेल्ने

निरुताले थाइल्यान्ड क्विन्सविरुद्ध नखेल्ने

रियलविरुद्ध गोलकिपरको ऐतिहासिक गोल !

रियलविरुद्ध गोलकिपरको ऐतिहासिक गोल !