बिहिबार, २६ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

एनकेएल भोलिदेखि : सबै टिमको आ–आफ्नै लक्ष्य

बिहिबार, ०३ माघ २०८१खेलपाटी संवाददाता
एनकेएल भोलिदेखि : सबै टिमको आ–आफ्नै लक्ष्य
Loading ad...
mustang rice ad

काठमाडौं। केबी साम नेपाल कबड्डी लिग (एनकेएल) को पहिलो संस्करण दशरथ रंगशालास्थित कभर्डहलमा शुक्रबार सुरु हुँदैछ, जहाँ ६ सहरका ६ टिमले प्रतिस्पर्धा गर्दैछन्।

प्रतियोगिताको पूर्वसन्ध्यामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा सबै टिमले कम्तीमा फाइनल पुग्ने दाबी गरेका छन्। धेरैको दाबी च्याम्पियन बन्ने नै छ। राउन्ड रोबिन लिगपछि नकआउट चरण हुँदै माघ १८ गतेसम्म सञ्चालन हुने एनकेएलमा आफ्नो टिमको योजना र लक्ष्यबारे प्रशिक्षक र मार्की खेलाडीले के भने त ?

विराटनगर ब्यान्डिट्स
लोकबहादुर विष्ट, प्रशिक्षक
– नेपालमै यस्तो प्रतियोगिता खेल्ने मौका पाएका छौं र यस्तोमा हाम्रो तयारी राम्रो भयो।  हामीसँग दुई विदेशी खेलाडी छन्, थाइल्यान्ड र बंगलादेशका। धेरैजसो राष्ट्रिय टिमबाट खेलेका नेपाली खेलाडी छन्। विदेशी खेलाडी वर्ल्डकप खेलेका पनि छन्। सबै राम्रो छ। फाइनलसम्म हामी जानसक्छौं भन्ने आशा राखेका छौं।

कल्याण भुजेल, मार्की
– नेपालमा राम्रो खेलाडी छ, जुन किसिमले एनकेएल ल्याएको छ, धेरै राम्रो छ, एस्ट्रोनिक्स म्यानेजमेन्टलाई धेरै धेरै धन्यवाद। हामी उत्कृष्ट गर्ने प्रयास गर्नेछौं। कहिले हामी आफ्नो खेल देखाउने भनेर उत्साहित छौं।

जनकपुर नाइट्स
पार्वती राई, प्रशिक्षक
– हामीले एनकेएलकै लागि तयारी गरेको लगभग एक महिना भयो। हाम्रो तर्फबाट जनकपुर नाइट्सले धडका तयारी गरेको छ। हामीसँग विदेशी चार जना खेलाडी छन्। थाइल्यान्ड र श्रीलंकाका दुई–दुई खेलाडी। प्रो कबड्डी खेलेका खेलाडीको साथ छ। जनकपुरले जसरी एनपिएल (नेपाल प्रिमियर लिग क्रिकेट) को उपाधि जित्यो, हामी पनि त्यसैगरी एनकेएल च्याम्पियन बन्न चाहन्छौं।

रामु टमाटा, मार्की
– हाम्रो टिम राम्रो छ। दाइभाइ सबैले तयारी गरेको छ। कप जित्ने हाम्रो लक्ष्य छ।

काठमाडौं माभरिक्स
सरोज सिंह, प्रशिक्षक
– हाम्रो टिममा प्रो कबड्डी लिग खेलेका दुई खेलाडी छन्, सबै राम्रै हुन्छ, राम्रै खेल्छौं। तयारी सबै राम्रो छ। थाइल्यान्डका दुई र बंगलादेशका एक खेलाडीको साथ छ। दुई खेलाडीले पिकेएल खेलेका छन्। 

घनश्याम रोकामगर, मार्की
– टिम सन्तुलित छ। राम्रो छ। हामी एनकेएलको उपाधि जित्न पुरै कोसिस गर्नेछौं।

पोखरा लेकर्स 
विष्णुदत्त भट्ट, प्रशिक्षक
– तयारी राम्रै छ। राम्रो प्रदर्शन दिन सबै टिम लागिरहेका छन्। बंगबन्धु इन्टरनेसनल कप र वर्ल्ड च्याम्पियनसिपमा पदक ल्याएका हामीसँग छ। प्रो कबड्डी लिगका अनुभवी खेलाडी पनि छन्। समग्रमा हाम्रो टिम राम्रो छ।

प्रदीप मिजार, मार्की
– प्रो कबड्डी खेलेका खेलाडी र हाम्रा राष्ट्रिय खेलाडी पनि छन्। त्यसैले हाम्रो टिम राम्रो छ, सन्तुलित छ।

हिमालयन रेइडर्स (बुटवल)
सन्दीप पन्त, प्रशिक्षक
– हामी भारतको कोहलपुरमा प्रशिक्षण गरेर चार दिनअघि नेपाल आएका हौं। हामी यहाँ अभ्यस्त भइरहेका छौं। भारतमा सिकेको सीप यहाँ देखाउन चाहान्छौं।

गणेशबहादुर पार्की, मार्की
– भारतमा प्रो कबड्डीकै लेबलमा तयारी र ट्रेनिङ गरेर यहाँ (काठमाडौं) उत्रिँदै छौं। धेरै म्याच प्राक्टिस पनि गरेका छौं। म्याचको परिस्थितिअनुसारको म्याच प्राक्टिस गरेका छौं। हामी उपाधि जित्न चाहन्छौं।

धनगढी वाइल्डक्याट्स
पदमबहादुर विष्ट, मार्की
– एनकेएलको आयोजनाले हामी प्रशिक्षक र खेलाडी अति नै उत्साहित भएका छौं। टिम सन्तुलित छ। डिफेन्स राम्रो छ। अफेन्स पनि राम्रो छ। राष्ट्रिय खेलाडी राम्रो छ। विदेशी राम्रो छ। हाम्रा दुई खेलाडीसँग प्रो कबड्डी लिगको अनुभव छ। खेलाडीप्रति एकदमै खुसी छु। एक महिना भयो चमतीमा ट्रेनिङ गरेको। फिटनेस र स्ट्रेन्थ ट्रेनिङ रंगशालामा गरेका छौं।

महेश बोहरा, प्रशिक्षक
– हाम्रो तयारी, खेलाडीलगायत सबै राम्रो छ। राम्रो खेलेर फाइनलसम्म पुग्ने हाम्रो लक्ष्य छ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

पाँच इङ्ग्लिस क्लबले च्याम्पियन्स लिग खेल्ने

पाँच इङ्ग्लिस क्लबले च्याम्पियन्स लिग खेल्ने

निरिह बार्सिलोना

निरिह बार्सिलोना

फक्रिँदै क्वारात्स्खेलिया

फक्रिँदै क्वारात्स्खेलिया

पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म :  फुटबल क्रेजको जीवन्त कथा

पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म : फुटबल क्रेजको जीवन्त कथा

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

मोरक्को गएका सात फुटबल खेलाडी बेपत्ता

मोरक्को गएका सात फुटबल खेलाडी बेपत्ता

नेपालले घरेलु मैदानमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डसँग खेल्ने

नेपालले घरेलु मैदानमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डसँग खेल्ने