• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्य
  • गृहपृष्ठ
  • अन्य
एनकेएल भोलिदेखि : सबै टिमको आ–आफ्नै लक्ष्य
खेलपाटी संवाददाता
बिहीबार, माघ ३, २०८१ खेलपाटी संवाददाता
एनकेएल भोलिदेखि : सबै टिमको आ–आफ्नै लक्ष्य

काठमाडौं। केबी साम नेपाल कबड्डी लिग (एनकेएल) को पहिलो संस्करण दशरथ रंगशालास्थित कभर्डहलमा शुक्रबार सुरु हुँदैछ, जहाँ ६ सहरका ६ टिमले प्रतिस्पर्धा गर्दैछन्।

प्रतियोगिताको पूर्वसन्ध्यामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा सबै टिमले कम्तीमा फाइनल पुग्ने दाबी गरेका छन्। धेरैको दाबी च्याम्पियन बन्ने नै छ। राउन्ड रोबिन लिगपछि नकआउट चरण हुँदै माघ १८ गतेसम्म सञ्चालन हुने एनकेएलमा आफ्नो टिमको योजना र लक्ष्यबारे प्रशिक्षक र मार्की खेलाडीले के भने त ?

विराटनगर ब्यान्डिट्स
लोकबहादुर विष्ट, प्रशिक्षक
– नेपालमै यस्तो प्रतियोगिता खेल्ने मौका पाएका छौं र यस्तोमा हाम्रो तयारी राम्रो भयो।  हामीसँग दुई विदेशी खेलाडी छन्, थाइल्यान्ड र बंगलादेशका। धेरैजसो राष्ट्रिय टिमबाट खेलेका नेपाली खेलाडी छन्। विदेशी खेलाडी वर्ल्डकप खेलेका पनि छन्। सबै राम्रो छ। फाइनलसम्म हामी जानसक्छौं भन्ने आशा राखेका छौं।

कल्याण भुजेल, मार्की
– नेपालमा राम्रो खेलाडी छ, जुन किसिमले एनकेएल ल्याएको छ, धेरै राम्रो छ, एस्ट्रोनिक्स म्यानेजमेन्टलाई धेरै धेरै धन्यवाद। हामी उत्कृष्ट गर्ने प्रयास गर्नेछौं। कहिले हामी आफ्नो खेल देखाउने भनेर उत्साहित छौं।

जनकपुर नाइट्स
पार्वती राई, प्रशिक्षक
– हामीले एनकेएलकै लागि तयारी गरेको लगभग एक महिना भयो। हाम्रो तर्फबाट जनकपुर नाइट्सले धडका तयारी गरेको छ। हामीसँग विदेशी चार जना खेलाडी छन्। थाइल्यान्ड र श्रीलंकाका दुई–दुई खेलाडी। प्रो कबड्डी खेलेका खेलाडीको साथ छ। जनकपुरले जसरी एनपिएल (नेपाल प्रिमियर लिग क्रिकेट) को उपाधि जित्यो, हामी पनि त्यसैगरी एनकेएल च्याम्पियन बन्न चाहन्छौं।

रामु टमाटा, मार्की
– हाम्रो टिम राम्रो छ। दाइभाइ सबैले तयारी गरेको छ। कप जित्ने हाम्रो लक्ष्य छ।

काठमाडौं माभरिक्स
सरोज सिंह, प्रशिक्षक
– हाम्रो टिममा प्रो कबड्डी लिग खेलेका दुई खेलाडी छन्, सबै राम्रै हुन्छ, राम्रै खेल्छौं। तयारी सबै राम्रो छ। थाइल्यान्डका दुई र बंगलादेशका एक खेलाडीको साथ छ। दुई खेलाडीले पिकेएल खेलेका छन्। 

घनश्याम रोकामगर, मार्की
– टिम सन्तुलित छ। राम्रो छ। हामी एनकेएलको उपाधि जित्न पुरै कोसिस गर्नेछौं।

पोखरा लेकर्स 
विष्णुदत्त भट्ट, प्रशिक्षक
– तयारी राम्रै छ। राम्रो प्रदर्शन दिन सबै टिम लागिरहेका छन्। बंगबन्धु इन्टरनेसनल कप र वर्ल्ड च्याम्पियनसिपमा पदक ल्याएका हामीसँग छ। प्रो कबड्डी लिगका अनुभवी खेलाडी पनि छन्। समग्रमा हाम्रो टिम राम्रो छ।

प्रदीप मिजार, मार्की
– प्रो कबड्डी खेलेका खेलाडी र हाम्रा राष्ट्रिय खेलाडी पनि छन्। त्यसैले हाम्रो टिम राम्रो छ, सन्तुलित छ।

हिमालयन रेइडर्स (बुटवल)
सन्दीप पन्त, प्रशिक्षक
– हामी भारतको कोहलपुरमा प्रशिक्षण गरेर चार दिनअघि नेपाल आएका हौं। हामी यहाँ अभ्यस्त भइरहेका छौं। भारतमा सिकेको सीप यहाँ देखाउन चाहान्छौं।

गणेशबहादुर पार्की, मार्की
– भारतमा प्रो कबड्डीकै लेबलमा तयारी र ट्रेनिङ गरेर यहाँ (काठमाडौं) उत्रिँदै छौं। धेरै म्याच प्राक्टिस पनि गरेका छौं। म्याचको परिस्थितिअनुसारको म्याच प्राक्टिस गरेका छौं। हामी उपाधि जित्न चाहन्छौं।

धनगढी वाइल्डक्याट्स
पदमबहादुर विष्ट, मार्की
– एनकेएलको आयोजनाले हामी प्रशिक्षक र खेलाडी अति नै उत्साहित भएका छौं। टिम सन्तुलित छ। डिफेन्स राम्रो छ। अफेन्स पनि राम्रो छ। राष्ट्रिय खेलाडी राम्रो छ। विदेशी राम्रो छ। हाम्रा दुई खेलाडीसँग प्रो कबड्डी लिगको अनुभव छ। खेलाडीप्रति एकदमै खुसी छु। एक महिना भयो चमतीमा ट्रेनिङ गरेको। फिटनेस र स्ट्रेन्थ ट्रेनिङ रंगशालामा गरेका छौं।

महेश बोहरा, प्रशिक्षक
– हाम्रो तयारी, खेलाडीलगायत सबै राम्रो छ। राम्रो खेलेर फाइनलसम्म पुग्ने हाम्रो लक्ष्य छ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पदक विजेता टोलीलाई स्वागत
पदक विजेता टोलीलाई स्वागत
कोशीलाई हक्की उपाधि
कोशीलाई हक्की उपाधि
ग्रेस ओभरअल च्याम्पियन
ग्रेस ओभरअल च्याम्पियन
चेयरम्यान कप चेसमा बाँसबारी च्याम्पियन
चेयरम्यान कप चेसमा बाँसबारी च्याम्पियन
चेयरम्यान कप चेसमा ३१९ खेलाडीको चुनौती
चेयरम्यान कप चेसमा ३१९ खेलाडीको चुनौती
‘चेयरम्यान कप स्कुल चेस च्याम्पियनसिप’ बुधबारदेखि
‘चेयरम्यान कप स्कुल चेस च्याम्पियनसिप’ बुधबारदेखि
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
तेस्रो सुपर ओभरमा नेपाल पराजित
तेस्रो सुपर ओभरमा नेपाल पराजित
तेस्रो सुपर ओभरमा पुग्यो खेल
तेस्रो सुपर ओभरमा पुग्यो खेल
सेकेन्ड सुपर ओभरमा पुग्यो खेल !
सेकेन्ड सुपर ओभरमा पुग्यो खेल !
सुपर ओभरमा २० रनको लक्ष्य
सुपर ओभरमा २० रनको लक्ष्य
नेपाल र नेदरल्यान्ड्सबीचको खेल टाई
नेपाल र नेदरल्यान्ड्सबीचको खेल टाई
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP