• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्य
  • गृहपृष्ठ
  • अन्य
एनकेएललाई ७५ लाखको प्रायोजन
खेलपाटी संवाददाता
बुधबार, माघ २, २०८१ खेलपाटी संवाददाता
एनकेएललाई ७५ लाखको प्रायोजन

काठमाडौं। एस्ट्रोनिक्स म्यानेजमेन्टले नेपाल कबड्डी लिग (एनकेएल) को लागि ‘टाइटल स्पोन्सर’ को रूपमा केबी सामलाई भित्र्याएको छ। फ्रेन्चाइज टिमको अवधारणामा आयोजित प्रतियोगिता अब ‘केबी साम नेपाल कबड्डी लिग’को नामले सञ्चालन हुनेछ।

नेपाली कबड्डीमा हालसम्मकै सबभन्दा ठूलो प्रतियोगिताको रूपमा केबी साम एनकेएलको पहिलो संस्करण दशरथ रंगशालास्थित कभर्डहलमा शुक्रबार सुरु हुँदैछ, जहाँ ६ सहरका ६ वटा टिमले राउन्ड रोकिन लिग र नकआउट चरण गरी माघ १८ गतेसम्म प्रतिस्पर्धा गर्नेछन्। यसै प्रतियोगिताको टाइटलस स्पन्सरको सम्झौता एक कार्यक्रमबिच बुधबार भयो।

टाइटल स्पन्सरको सम्झौता पत्रमा केबी साम एनकेएलको आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टका चेयरमेन अमितकुमार बेगानी र केबी सामका मार्केटिङ एन्ड सेल्सका प्रमुख रुपेश थापाले हस्ताक्षर गरे। एस्ट्रोनिक्स म्यानेजमेन्टले एनकेएलको लागि केबी साम आल्मुनियम उत्पादक कम्पनीसँग तीन वर्षे सम्झौता गरेको हो। 

सम्झौताअनुसार केबी सामले बार्षिक ७५ लाख रुपैयाँ एनकेएललाई दिनेछ। यो रकम नेपाली खेलकुद इतिहासकै चौथो ठूलो रकम हो। नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट, सहिद स्मारक ए डिभिजन लिग र सूर्य नेपाल गल्फ टुरपछिको सबभन्दा ठूलो प्रायोजन हो। वीरगन्जमा कारखाना रहेको केबी सामले २५ वर्षयता देशका सबै जिल्लामा आल्मुनियमको व्यवसाय गर्दै आएको छ।

एस्ट्रोनिक्स म्यानेजमेन्टका चेयरमेन बेगानीले भने, ‘यो पहिलो वर्ष हो, लगानीको वर्ष हो। नेपाललमा २५–३० हजारले कबड्डी खेल्छन्। हामीसँग उच्चस्तरका खेलाडी छन्। यसले नेपालमा कबड्डीको राम्रो सम्भावना भएको देखाउँछ। यसैका लागि केबी सामले साथ दिएको हो।’

केबी सामका मार्केटिङ एन्ड सेल्सका प्रमुख रुपेश थापाले भने, ‘पूर्व मेचीदेखि पश्चिम महाकलीसम्म केबी साम विस्तारित छ। कबड्डीमा गरिएको लगानीले कम्पनीको प्रवर्द्धनमा पनि साथ दिनेछ। त्यसैले एनकेएलमा स्पोन्सर गर्दा केबी साम र कबड्डी दुवैलाई फाइदा हुन्छ।’

‘नो योर गेम्स’ 
केबी साम एनकेएलको पूर्वसन्ध्यामा बुधबार नै नेपाल खेलकुद पत्रकार मञ्चले ‘नो योर गेम्स’ सञ्चालन गर्‍यो।
उक्त कार्यक्रममा एनकेएलका टेक्निकल डिरेक्टर प्रसाद रावले कबड्डीको प्राविधिक पक्ष, नियम र प्रचलनबारे जानकारी दिएका थिए। उनी भारतको प्रो कबड्डी लिग (केपिएल) का पनि टेक्निकल डिरेक्टर हुन्। त्यस्तै अखिल नेपाल कबड्डी संघका सचिव तर्कराज भट्टले नेपाली कबड्डीको अवस्थाबारे बताएका थिए।

नेपाली राष्ट्रिय पुरुष टिमका कप्तान घनश्याम रोकामगरसहित एनकेएलका केही खेलाडी प्रो कबड्डी लिगका अनुभवी छन्। उनले यो सिजनको प्रो कबड्डी लिग हरियणा स्टिलर्सबाट खेल्दै दुई साताअघि उपाधि जितेका थिए। एनकेएलमा स्वदेशी ६६ र विदेशी १८ खेलाडी छन्। थाइल्यान्ड र बंगलादेशका ६–६, श्रीलंकाका र केन्याका ३–३ जना छन्। हरेक टिममा स्वदेशी–विदेशी गरी १४ खेलाडी छन्।

एनकेएलको पहिलो सिजनमा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमाडौं माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स (बुटवल) र धनगढी वाइल्डक्याट्स सहभागि छन्। राउन्ड रोबिन लिगको शीर्ष चारमा रहने टिम नकआउट चरणमा प्रवेश गर्नेछन्, जहाँ इलिमिनेटर र क्वालिफायर खेल्दै फाइनल खेल्ने दुई टिमको टुंगो लाग्नेछ। उद्घाटन खेलमा काठमाडौं माभरिक्स र पोखरा लेकर्स भिड्नेछन्।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पदक विजेता टोलीलाई स्वागत
पदक विजेता टोलीलाई स्वागत
कोशीलाई हक्की उपाधि
कोशीलाई हक्की उपाधि
ग्रेस ओभरअल च्याम्पियन
ग्रेस ओभरअल च्याम्पियन
चेयरम्यान कप चेसमा बाँसबारी च्याम्पियन
चेयरम्यान कप चेसमा बाँसबारी च्याम्पियन
चेयरम्यान कप चेसमा ३१९ खेलाडीको चुनौती
चेयरम्यान कप चेसमा ३१९ खेलाडीको चुनौती
‘चेयरम्यान कप स्कुल चेस च्याम्पियनसिप’ बुधबारदेखि
‘चेयरम्यान कप स्कुल चेस च्याम्पियनसिप’ बुधबारदेखि
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
तेस्रो सुपर ओभरमा नेपाल पराजित
तेस्रो सुपर ओभरमा नेपाल पराजित
तेस्रो सुपर ओभरमा पुग्यो खेल
तेस्रो सुपर ओभरमा पुग्यो खेल
सेकेन्ड सुपर ओभरमा पुग्यो खेल !
सेकेन्ड सुपर ओभरमा पुग्यो खेल !
सुपर ओभरमा २० रनको लक्ष्य
सुपर ओभरमा २० रनको लक्ष्य
नेपाल र नेदरल्यान्ड्सबीचको खेल टाई
नेपाल र नेदरल्यान्ड्सबीचको खेल टाई
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP