बिहिबार, २६ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

एनकेएलले कबड्डीलाई व्यावसायिक बनाउने विश्वास

मंगलबार, ०१ माघ २०८१खेलपाटी संवाददाता
एनकेएलले कबड्डीलाई व्यावसायिक बनाउने विश्वास
Loading ad...
mustang rice ad

काठमाडौं। नेपाल कबड्डी लिग (एनकेएल) दशरथ रंगशालास्थित कभर्डहलमा शुक्रबार सुरु हुँदैछ। क्रिकेट, फुटबल र भलिबलपछाडि फ्रेन्चाइज टिमको अवधारणमा ल्याइएको एनकेएललाई लिएर यसका आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टका चेयमरेन अमितकुमार बेगानी निक्कै उत्साहित छन्।

कबड्डी, स्क्वास, ब्याडमिन्टन, टेबलटेनिसलगायत थुप्रै खेल खेलेको अनुभव सुनाउँदै बेगानीले भने, ‘सबै खेलको मिश्रण कबड्डीमा पाइन्छ, जुन छोटो–मीठो छ। हामीले नेपाली कबड्डीको स्तरबृद्धि नगरे आकर्षण बढ्दैन। विश्वस्तरमै पुर्याउनसक्नुपर्छ। त्यसैले एनकेएललाई स्तरीय बनाउन कुनैपनि सम्झौता नगरी लगानी गरेका छौं। यसले नेपाली कबड्डीलाई व्यावसायिक बनाउनेछ।’

क्रिकेट, फुटबल र भलिबलमा राम्रो भएजस्तै कबड्डीमा पनि एनकेएलले राम्रो पहिचान बनाउने बेगानीको विश्वास छ। कबड्डीको विकाससँगै देशको पहिचान र खेलाडीको भविष्यका लागि पनि एनकेएल आयोजनामा अगाडि बढेको उनी बताउँछन्। विराटनगरबाट उदाएको व्यावसायिक समूह ‘बेगानी ग्रुप’को नेतृत्व गरिरहेका उनले एनकेएलको पहिलो संस्करणमा तीन करोड रुपिया बढी लगानी हुने उल्लेख गर्दै लगानी फिर्ताभन्दा पनि खेलको विकासलाई जोड दिइएको बताए।

देशको तराई र पश्चिमी क्षेत्रमा लोकप्रिय रहेको खेल कबड्डीमा अनुसन्धान गरेपछि एनकेएलको तयारीमा जुटेको उल्लेख गर्दै उनले भने, ‘अनुसन्धान गर्दा नेपालमा २० हजार बढी खेलाडी पाइयो। कबड्डी काठमाडौंमा पनि खेल्छ, दक्षिण एसियामा भूगोल सुहाउँदो पनि छ। भारतमा क्रिकेटपछि सर्बाधिक हेरिने खेल कबड्डी नै हो। त्यसैले हाम्रा खेलाडीलाई त्यो स्तरमा पुर्याउने अवसर छ, जसले नेपाली टिमलाई मनैदेखि बलियो पार्नसक्छ।’

एनकेएल माघ ४ देखि १८ गतेसम्म सञ्चालन हुनेछ, जसमा ६ सहरका ६ टिले प्रतिस्पर्धा गर्दैछन्। सबै टिम बिक्री गरिएको पनि उनले बताए। प्रत्येक टिमको फ्रेन्चाइज शुल्क ३५ लाख भएको जानकारी दिएको छ। त्यस्तै, आयोजनामा तीन करोड रुपियाभन्दा बढी खर्च हुने एस्ट्रोनिक्स म्यानेजमेन्टका चेयमरेन बेगानीले बताए।

गत वर्ष नै एस्ट्रोनिक्स म्यानेजमेन्टले अखिल नेपाल कबड्डी संघसँग १० वर्षे सम्झौता गर्दै एनकेएल आयोजनाको अधिकार लिएको थियो। भारतका प्रो कबड्डीबाट प्राविधिक जनशक्ति ल्याएर एनकेएलमा नेपालीलाई तयार पारिएको छ। प्रो कबड्डी लिगबाट प्राविधिक निर्देशक, मेन्टर र ६ जना प्रशिक्षकले ट्रेनिङ दिइरहेका छन्।

नेपाली राष्ट्रिय पुरुष टिमका कप्तान घनश्याम रोका मगरसहित एनकेएलका केही खेलाडी प्रो कबड्डी लिगका अनुभवी छन्। उनले यो सिजनको प्रो कबड्डी लिग हरियणा स्टिलर्सबाट खेल्दै दुई साताअघि उपाधि जितेका थिए। एनकेएलमा स्वदेशी ६६ र बिदेशी १८ खेलाडी छन्। थाइल्यान्ड र बंगलादेशका ६–६, श्रीलंकाका र केन्याका ३–३ जना छन्। हरेक टिममा स्वदेशी–बिदेशी गरी १४ खेलाडी छन्।

एनकेएलको पहिलो सिजनमा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमाडौं माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स (बुटवल) र धनगढी वाइल्डक्याट्स सहभागि छन्। राउन्ड रोबिन लिगको शीर्ष चारमा रहने टिम नकआउट चरणमा प्रवेश गर्नेछन्, जहाँ इलिमिनेटर र क्वालिफायर खेल्दै फाइनल खेल्ने दुई टिमको टुंगो लाग्नेछ।

यसपाली एनकेलमा कुल १९ खेल हुनेछ। उद्घाटन खेलमा काठमाडौं माभरिक्स र पोखरा लेकर्स भिड्नेछन्।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

पाँच इङ्ग्लिस क्लबले च्याम्पियन्स लिग खेल्ने

पाँच इङ्ग्लिस क्लबले च्याम्पियन्स लिग खेल्ने

निरिह बार्सिलोना

निरिह बार्सिलोना

फक्रिँदै क्वारात्स्खेलिया

फक्रिँदै क्वारात्स्खेलिया

पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म :  फुटबल क्रेजको जीवन्त कथा

पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म : फुटबल क्रेजको जीवन्त कथा

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

मोरक्को गएका सात फुटबल खेलाडी बेपत्ता

मोरक्को गएका सात फुटबल खेलाडी बेपत्ता

नेपालले घरेलु मैदानमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डसँग खेल्ने

नेपालले घरेलु मैदानमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डसँग खेल्ने